बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

कोरोना संक्रमणका कारण पूर्व मन्त्री विश्वकर्माको अवस्था गम्भीर

कात्तिक १६ काठमाडौं । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको भेण्टिलेटरमा राखेर उपचार थालिएको छ ।

दुई साताअघि संक्रमण पुष्टि भएका विश्वकर्मालाई शुरुमा उपचारार्थ वीर अस्पतालमा भर्ना गरिएको थियो ।तर,धेरै दिनसम्म पनि स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि धापासीस्थित ग्राण्डी अस्पताल लगिएको छ ।

यसबीच निमोनियासमेत देखिएपछि हिजोदेखि भेण्टिलेटरमा राखिएको छ ।प्रतिनिधि सभाका पूर्व सांसद विश्वकर्मा यसअघि मन्त्री बनेका थिए ।उनी काँग्रेस निकट नेपाल दलित संघका अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *