आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै:डा.डिआर उपाध्याय

जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै:डा.डिआर उपाध्याय

राजनीति, समाचार
जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक बिवाद सतहमा छ । यो संकटको समयमा पनि सत्तारुढ दल नेकपाले देश र जनता प्रतिको जिम्मेवारी बोध देखाउन सकेन । नेकपामा पटकपटक सहमति हुने र भत्कने क्रम दोहोरिँदै आएको छ । खासै अनौठो मान्नु पर्ने बिषय छैन । नेकपामा पछिल्लो समय राजदूत नियुक्ति, मन्त्री नियुक्ति, भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँगको भेट, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव, आदि विषयमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच मतभेद छ । जुन कारणले गर्दा यतिखेर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर संकटमा छ । यसको कारक व्यक्तिवाद, अहंकार, आवेग र आक्रोश हो । त्यसैले आम जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै गएको छ । मुलुक कोरोना भाइरस कोभिड–१९ महामारीको संकटमा परिरहेको छ । यसले भयावह रूप लिइरह...
सरकारी सञ्चार माध्यामलाई नयाँ सोचका साथ अगाडी बढाउछौ : संचारमन्त्री पार्वत गुरुङ

सरकारी सञ्चार माध्यामलाई नयाँ सोचका साथ अगाडी बढाउछौ : संचारमन्त्री पार्वत गुरुङ

राजनीति
कात्तिक २० काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चार माध्यामलाई नयाँ सोचका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन  ।सरकारका प्रवक्ता समेत रहनु भएका संचारमन्त्री गुरुङले सरकारी सञ्चार माध्यमहरुमा देखिएका कमीकमजोरी पत्ता लगाई नयाँ सोचका साथ अघि बढाउन ती संचारगृहहरुको अनुगमनको कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि स्पष्ट पारेका थिए  । बुधबार अपरान्ह गोरखापत्र संस्थानको अनुगमन गर्ने क्रममा उनले गोरखापत्र संस्थानलाई संचार केन्द्रको रुपमा स्थापित गराउने गरी कार्य योजना बनाउन संस्थानमा कार्यरत विभागीय प्रमुखहरुलाई आग्रह गरेका थिए । ‘सबैलाई सुःखी र खुसी बनाउने उद्देश्यका साथ एक सय १८ वर्ष अघि स्थापना भएको गोरखापत्र संस्थानलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प अनुसार अघि बढाउन आवश्यक छ,’ मन्त्री गुरुङले भने ,‘त्यसका लागि गोरखापत्र संस्थानमा क...
मन्त्रीहरुलाई प्रधानमन्त्रीले भने : सरकारविरुद्ध फेरि षड्यन्त्र भयो, सामना गर्न तयार होऔं

मन्त्रीहरुलाई प्रधानमन्त्रीले भने : सरकारविरुद्ध फेरि षड्यन्त्र भयो, सामना गर्न तयार होऔं

राजनीति
कात्तिक २० काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वार्ता भएपनि के-के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन । दुई अध्यक्षले पार्टीभित्र देखिएको संकट निवारणका लागि छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर आजको छलफलले कुनै निष्कर्ष भने निकालेको छैन । आजको छलफलमा पनि अध्यक्ष प्रचण्डले भेटमा प्रचण्डले सचिवालय बैठक राख्नुपर्ने अडान दोहोर्‍याएका थिए । बैठक बोलाउन ओली सकारात्मक भएको एक नेताले बताए । दुई अध्यक्षबीचको भेटअघि आजै मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा संकट आउन लागेको भन्दै त्यसको सामानाका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिएका छन्। ...
वार्ताका लागि अब बालुवाटार छिर्दिनँ : प्रचण्ड

वार्ताका लागि अब बालुवाटार छिर्दिनँ : प्रचण्ड

राजनीति
कात्तिक २० काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद झनै बढेको छ ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले अब वार्ताकै लागि भनेर वालुवाटार नआउने बताएका हुन् । ओलीसँगको छलफलपछि बाहिरिएका उनले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताएका स्रोतको भनाइ छ । ।प्रचण्डसँगको कुराकानीपछि एक नेताले भने, “उहाँले अब वार्ताका लागि बालुवाटार छिर्दिन भन्नुभएको छ ।” पार्टी विवाद उत्कर्षमा पुगिरहेको बेला ओली र प्रचण्ड छलफलमा बसेका थिए । तर कुनै निष्कर्ष निस्कन नसकेको एक नेताले जानकारी दिए ।यसैबीच प्रचण्ड र नेता नेपालले कानून व्यवसायीसँग छलफल गरेका छन् ।प्रधानमन्त्रीले चाल्नसक्ने सम्भावित कदमबारे छलफल भएको स्रोतको भनाइ छ । ...
नेकपा अध्यक्षद्धयबीच बालुवाटारमा छलफल

नेकपा अध्यक्षद्धयबीच बालुवाटारमा छलफल

राजनीति
कात्तिक २० काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहिबार करिब १ घण्टा छलफल भएको छ। पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला पाँच दिनपछि ओली–प्रचण्डबीच छलफल भएको हो।प्रधानमन्त्री ओलीसँग छलफलका लागि बिहीबार बिहान साढे ११ मा प्रचण्ड बालुवाटार गएका हुन्। आजको भेटमा के के बिषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन। तर, प्रधानमन्त्रीको सचिवालयले करिब १ घण्टा भेटघाट भएको पुष्टि गरेको छ। यसअघि शनिबारको भेटमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै आइतबार अध्यक्ष प्रचण्डले बहुमत सचिवालय सदस्यलाई ब्रिफिङ गरेपछि दुई अध्यक्षबिच शक्ति संघर्ष चर्किएको थियो। ओलीले बुधबार प्रदेश १ का आफू निकट नेताहरूसँग जनताको बहुदलीय जनवादको बहस सुरु गर्न निर्देशन दिएका थिए। बुधबार नै प्रधानमन्त्रीले एक कार्यक्रममा...
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

राजनीति
कात्तिक २० काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बस्ने भएको छ ।आज दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो । आजको बैठकमा पूर्व निर्धारित एजेण्डाहरु, आगामी १४ औँ महाधिवेशन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवा समक्ष बुझाएको १६ बुँदे विरोधपत्रका बारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए । यसअघि सोमवार पदाधिकारी बैठक बसेको थियो । मंगलवार पुनः बैठक बस्ने भनिएपनि पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवम् सांसद सूर्य बहादुर केसीको निधनका कारण विषयहरुमा प्रवेश नगरी शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको थियो । गत असोज १२ गते पौडेल समूहले सभापति देउवाको पछिल्ला कदमहरुको विरोध गर्दै आरोपपत्र दर्ता गराएका थिए । यसैबीच भोली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । भोलिको बैठकका ...
वामदेवको संवैधानिक नियुक्ति ‘होल्ड’ मा

वामदेवको संवैधानिक नियुक्ति ‘होल्ड’ मा

राजनीति
कात्तिक २० काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको छ । गौतमको मुद्दा तत्काल किनारा नलाग्दा संवैधानिक नियुक्ति रोकिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति ‘होल्ड’ मा परेको हो । सर्वोच्चको प्रारम्भिक सुनुवाइले गौतमलाई राष्ट्रिय सभामा मनोनयनको विषयमा संवैधानिक प्रश्न उठाएपछि संवैधानिक नियुक्ति ‘होल्ड’ भएको हो । १६ असोजदेखि संवैधानिक इजलासमा हेर्दाहेर्दैमा रहेको सो मुद्दा एक महिनादेखि स्थगन भएको छ । सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना भाइरस संक्रमणको कारण नियमित प्रक्रियाका मुद्दा प्रभावित हुँदै आएको छ । गौतमको सांसद पदसम्बन्धी विवादमा पहिलो दिन रिट निवेदक पक्षका कानुन व्यवसायी र महान्य...
देश बर्बादीतिर जान्छ, त्यसैले म राजिनामा दिन्न : प्रधानमन्त्री ओली

देश बर्बादीतिर जान्छ, त्यसैले म राजिनामा दिन्न : प्रधानमन्त्री ओली

राजनीति
कात्तिक १९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने प्रष्ट पारेका छन्।बुधबार त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतर्फ धकेल्नु भएको बताए। पार्टीभित्रैबाट दबाब बढिरहेको भनिएका बेला प्रधानमन्त्री ओलीको पछिल्लो धारणा सार्वजनिक भएको हो। उनले भने ‘तपाईँहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ? मेरो लागि होइन देशको लागि, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन्। बेकारको कुरा हो भन्ने सोच्छु।’ जनताको व्यापक समर्थन र आवश्यकताले आफू आएकोले राजीनामा नदिने बताउदै उनले भने ‘के अहिले मैले राजीनामा दिन मिल्छ? मैले राजीनामा दिन...
नेकपा भित्रको बिवादमा सत्ता स्वार्थको राजनीति:डा. डीआर उपाध्याय

नेकपा भित्रको बिवादमा सत्ता स्वार्थको राजनीति:डा. डीआर उपाध्याय

राजनीति, समाचार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रको बिवाद भनेको स्वार्थको बिवाद हो । आ-आफनो स्वार्थ पुरा हुँदा बित्तिकै हाम्रा कमरेडहरू मिलिहाल्नु हुन्छ । यो बिवादमा सत्ता स्वार्थको राजनीति छ । अहिले जनताको आखाँमा छारो हाल्ने काम भएको छ । अहिले एकले अर्कोलाई दोष देखाएर स्वार्थको लडाइँ चलिरहेको छ । यो लडाइँ कति लामो समयसम्म चल्ने हो यसै भन्न त सकिदैन । कमरेडहरू, तपाईहरूको लडाईले जनताको बिश्वासको डोरी नचुडियोस् । गत आम निर्वाचनमा जनताले ठूलो बिश्वास गरेर तपाईहरूलाई बहुमत दिए । त्यो कुरा अहिले आएर बिर्सनु हुन्छ भने भन्नु केही छैन । तपाईहरूको दुई पार्टी मिलेको देखेर जनताले बहुमत दिएका हुन । दुई पार्टी बेग्ला बेग्लै चुनाव लडनु भएको भए जनताको यो बिश्वास पक्कै पाउनु हुने थिएन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको यो स्वार्थको लडाइँले कसैलाई फा...
पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शाेक

पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शाेक

राजनीति, समाचार
 पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी जीवन संगीनी सीता महराको निधन भएको छ। दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६:२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। उनी माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन्। सीता महरा वि.सं. २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी थिइन्। कृष्णबहादुर महरासँगै २०३५ सालमा उनकाे विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्। ...