आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल किन्ने निर्णय

सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल किन्ने निर्णय

राजनीति, समाचार
सरकारले बंगलादेशबाट रासायनिक मल किन्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बैगलादेशबाट जीटूजी प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल किन्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए। सरकारले यसअघि धानका लागि भन्दै बंगलादेशबाट पैँचोमा मल ल्याउने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बंगलादेशी समकक्षी शेख हसिना वाजेदसँग सो विषयमा कुरा पनि गरेका थिए। बंगलादेश पनि त्यतिबेला तयार भएको थियो। तर, हालसम्म पनि पैंचोको मल भने आउन सकेन। पैँचोको मल दिन बंगलादेशले आनाकानी गरेपछि खरिद गर्ने निर्णय गरिएको हो। यो सिजन किसानले धानका लागि मल पाउन नसक्दा यो वर्ष धानको उत्पादन नै घट्ने प्रक्षेपण गरिएको छ। उता अब गहुँका लागि पनि मल आवश्यक पर्नेबेला भइसक्दा पनि मलको अभाव हुने देखिएपछि सरकारले जीटूजी प्रक्रियामार्फत मल किन्ने निर्णय गरेको हो। ...
काठमाडौँ महानगरपालिकाले कसैलाई भोकै पर्न दिदैन : बिध्या सुन्दर शाक्य

काठमाडौँ महानगरपालिकाले कसैलाई भोकै पर्न दिदैन : बिध्या सुन्दर शाक्य

राजनीति
कात्तिक २४ काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ गरिखानेहरुको सपनाको सहर भएको भएको बताएका छन  । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदैँ उनले यस्तो बताएका हुन्। ‘सडकमा कसैले पनि मागि खानुपर्ने अवस्था आयो भने उनीहरु सबैलाई व्यवस्थापन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको हो,’ शाक्यले भने , ‘हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने कोसिस गरिरहेका छौँ । यस्तो अवस्थामा एकले अर्कालाई दोषारोपण गरेर भन्दा पनि सबै मिलेर अघि बढ्नुपर्छ । यो सबैको दायित्व पनि हो ।’ शाक्यले खुलामञ्चमा निशुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै त्यसलाई व्यवस्थापन गरेरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गरेका थिए । ‘मेरो जानकारी अनुसार करीब आधा दर्जन संस्थाले त्यहाँ निशुल्क खाना खुवाइरहेका छन्,’ उनले भने, ‘सबैले एक...
राष्ट्रपति विद्यादेवी भण्डारी  र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका राष्ट्रपति जो बाइडन र उपराष्ट्रपतिमा  कमला ह्यारिसलाई बधाई ज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका राष्ट्रपति जो बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिसलाई बधाई ज्ञापन

राजनीति, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा चयन भएका डेमोक्रेटिक पार्टीका नेता जो बाइडन र उपराष्ट्रपतिमा चयन भएकी कमला ह्यारिसलाई बधाई ज्ञापन गरेकी छन्। आइतबार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले बाइडन र ह्यारिसको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकामा बाइडन र ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन् । ...
काठमाडौं क्षेत्र नं ५ का नेकपा नेता र जनप्रतिनिधिलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशन

काठमाडौं क्षेत्र नं ५ का नेकपा नेता र जनप्रतिनिधिलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशन

राजनीति
कात्तिक २४ काठमाडौं । काठमाडौं क्षेत्र नं ५ का नेता र जनप्रतिनिधिलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले क्षेत्रको भौतिक पूर्वाधार निर्माण ,सांस्कृतिक प्रवर्धन र संगठन विस्तारमा सक्रिय भएर लाग्न निर्देशन दिएका छन। काठमाडौं महानगरपालिका,बुढानिलकण्ठ र टोखा नगरपालिकाका १५ वटा वडा रहेको काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले सो क्षेत्रको प्रतिनिधित्व गर्ने प्रदेस सभा सदस्य ,बागमती प्रदेस कमिटी सदस्य ,नेकपा काठमाडौं जिल्ला कमिटि सदस्य ,नगर कमिटी सदस्य र जनप्रतिनिधिहरु संग भएको छलफलमा सो निर्देशन दिएका हुन। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेकपा काठमाडौंका अध्यक्ष कृष्ण राई ,प्रदेस सभा सदस्यहरु नारायण सिलवाल ,दिपक निरौला ,सिता अधिकारी ,सिता लामा ,नेकपा प्रदेस कमिटी सदस्य शिव कुमारी खनाल ,नगर प्रमुख ,उपप्रमुख लगायत काठमाडौं क्षेत्र नं ५ का ...
देशलाई संघीयताको खाँचो नै थिएन, द्वन्द्व व्यवस्थापनका लागि मानिदिएको मात्रै हो :गोकुल बाँस्कोटा

देशलाई संघीयताको खाँचो नै थिएन, द्वन्द्व व्यवस्थापनका लागि मानिदिएको मात्रै हो :गोकुल बाँस्कोटा

राजनीति
कात्तिक २४ काठमाडौं । पूर्व मन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोकुल बाँस्कोटाले देशलाई संघीयता आवश्यक नै नभएको टीप्पणी गरेका छन् । उनले द्वन्द्व व्यवस्थापनका लागि मात्रै संघीयता ‘मानिदिनु परेको’ पनि जिकिर गरेका छन् । माइक्रो ब्लकिङ साइट ट्वीटरमा एक सन्देश लेख्दै पूर्वमन्त्री बाँस्कोटाले भनेका छन्, ‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम । यसमा चाहिँ के प्रतिगमन भएछ हँ ? प्रदेशहरु खारेज भएको छ छैन । द्वन्द्व व्यवस्थापनको लागि मानिदिनु परेको न हो, देशलाई खाँचो त थिएन संघीयता । लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तरवार घुमाउने भएछन् । कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिएका बाँस्कोटाले सरकारले गरेको पछिल्लो निर्णयको बचाउ गर्दै देशलाई संघीयता आवश्यक नरहेको टिप्पणी गरेका हुन् । केही...
पार्टी कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो:डा.डिआर उपाध्याय

पार्टी कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो:डा.डिआर उपाध्याय

राजनीति, समाचार
वामपन्थी पार्टीको भविष्य के होला ? लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेपालका वामपन्थीको प्रमुख भूमिका रहँदै आएको छ । नेपाली जनताले प्रमुख दुई पार्टी नेपाली कांग्रेस र वामपन्थी शक्तिलाई पालैपालो सत्ताको बागडोर सुम्पिँदै आएका छन् । दुई वामपन्थी पार्टीबीच तालमेल भएर गत आमनिर्वाचनमा सफलता प्राप्त गरे । त्यस पछि दुई पाटी बीच पाटी एकीकरण भयो । तर अहिले आएर पाटी एकीकरण प्रक्रिया भावनात्मक रुपमा नभएको देखिएको छ । दुवै पक्षमा इमानदारीता देखिएको छैन । जनतालाई झुक्याउने र भोट बटुलेर सरकारमा जाने बाहेक अरु केहि काम हुन सकेन । पछिल्लो समयमा नेपालका हरेक निर्वाचनमा वामपन्थीको नै बहुमत आउने गरेको छ । तर वामपन्थी मिल्न सक्दैन । नेपालका वामपन्थी धेरै चिरामा बिभाजित छन । वामपन्थीहरु हामी सर्वहाराको नेतृत्व गछौ भनेर कहिल्यै थाक्दैनन् । सर्वहाराका नेताहरू सत्ता, शक्ति र सम्पत्तिमा लिप्त हुन पुगेका छन । य...
मन्त्रीले नै कागज गराई दिएको एक वर्षमा पनि उखु किसानले पाएनन् ३० करोड बक्यौता

मन्त्रीले नै कागज गराई दिएको एक वर्षमा पनि उखु किसानले पाएनन् ३० करोड बक्यौता

राजनीति
कात्तिक २४ काठमाडौं । उद्योगीबाट उखुको भुक्तानी पाउन गत वर्ष काठमाडौं र सर्लाहीमा आन्दोलन गरेपछि सरकारबाट भुक्तानीको प्रतिबद्धता पाएका किसानले एक वर्षसम्म पनि रकम पाउन सकेका छैनन् । गत वर्ष बिक्री गरेको मात्रै होइन, त्यसअघिको समेत उखुको पैसा समयमै भुक्तानी नपाएका किसान बक्यौता उठाइदिन सरकारको सहयोग माग्दै पुनः काठमाडौं आएका छन् । उनीहरूले आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर तत्काल बक्यौता भुक्तानी नपाए छठपछि काठमाडौंकेन्द्रित आन्दोलन थाल्ने चेतावनी दिएका छन् । सर्लाहीको उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायका अनुसार दुईवटा मिलबाट किसानको करिब ३० करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ । सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलको २४ करोड र गोडैता नगरपालिका, बगदहमा रहेको महालक्ष्मी सुगर मिलको ६ करोड रुपैयाँ बक्यौता रहेको रायले बताए । यसमध्ये अन्नप...
ओली आक्रामक, प्रचण्ड रक्षात्मक

ओली आक्रामक, प्रचण्ड रक्षात्मक

राजनीति
कात्तिक २४ काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्ने–नबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठक नबोलाउने अडान लिएसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच नेताले अध्यक्ष ओलीलाई लिखितरुपमा नै पत्र बुझाएर तत्काल बैठक बोलाउन माग गरेका छन् । सचिवालयका बहुमत सदस्यले लिखितरुपमा नै बैठकको माग गरेपछि ओलीले पूर्व एमालेका नेताहरुलाई एकै ठाउँमा ल्याउने गृहकार्य अगाडि बढाएका छन् । प्रचण्डसँग सम्बन्धमा दरार आएपछि यसअघि दुई पटक वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टै भेटवार्ता गरेका ओलीले आइतबार पुनः नेपालसहित चार नेतासँग भेटवार्ता गरेका छन् । ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए । ती ...
मङ्सिर २ गतेदेखि काठमाडौँका कुनै पनि सार्वजनिक स्थलमा निःशुल्क भोजन नगराइने

मङ्सिर २ गतेदेखि काठमाडौँका कुनै पनि सार्वजनिक स्थलमा निःशुल्क भोजन नगराइने

राजनीति
खुलामञ्चलगायत काठमाडौँका कुनै पनि सार्वजनिकस्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ। खुला स्थानबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा आज कामपा र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका दाताबीचको छलफलपछि यस्तो सहमति भएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मानिसलाई एकै ठाउँमा भेला गर्नुभन्दा आवश्यक भएका ठाउँमा सानो समूहमा भोजनको व्यवस्था गर्नुपर्ने बताए। प्रमुख शाक्यले बन्दाबन्दीका समयमा महानगरले एक लाख ५० हजार परिवारलाई राहतस्वरुप राशन वितरण र दुई लाख ५० हजार व्यक्तिलाई निःशुल्क भोजन गराएको पनि स्मरण गराए। “दाताहरुले खाना खुवाएकामा हाम्रो विरोध होइन, खाना खानेहरुको स्वास्थ्य सुरक्षासम्बन्धी चासो भने अवश्य हो, खुला मञ्चको साटो पार्टी प्यालेसतिर व्यवस्था गरौँ। यसका लागि आवश्यक पर्ने थप खर्च कामपा पनि व्यहोर्न तयार छ”, प्रमुख शाक्य...
नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज बस्ने

नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज बस्ने

राजनीति, समाचार
 प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न बिहीबार बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बैठक आज पनि बस्ने भएको हो। बैठक देउवा निवास बुढानीलकण्ठमा आज मध्यान्ह साढे १२ बजे बस्नेछ। बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठनको निर्णय फिर्ता नहुने बताएका थिए। विभाग बाहेक अन्य विवादित मुद्दामा छलफल गर्न सकिने देउवाको भनाइ थियो। विधानतः २८ हुनुपर्ने विभागलाई ४७ पुर्या इएको छ। २० विभागका प्रमुख र सदस्यले देउवाले मनोनयन गरिसकेका छन्। बिहीबारको बैठकबाट पनि आफूहरु आशावादी नभएको वरिष्ठ नेता पौडेल पक्षले जनाएको छ। पौडेल पक्षले पेश गरेको १६ बुँदेमा बिहीबार छलफल भए पनि संस्थापन पक्ष विगतको निर्णयको बचाउमै देखिएको थियो। ...