एमसिसीमा सहजीकरण गर्छु : खतिवडा
कात्तिक २८ काठमाडौं । पूर्व अर्थमन्त्री एवं अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले आफू राजदूत भएपछि अहिले विवादित अवस्थामा रहेको अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ (एमसिसी) कार्यान्वयनमा सहजीकरण गर्ने बताएका छन् ।
संसदीय सुनुवाइ समितिमा बिहीबार सांसदले सोधेका प्रश्नको जबाफ दिने क्रममा खतिवडाले यस्तो बताएका हुन् । समितिमा सत्तासीन नेकपाका सांसदले सोधेका प्रश्नको जबाफ दिने क्रममा खतिवडाले पहिला आफू अर्थमन्त्रीका रुपमा एमसिसी संसद्बाट पास गराउने निर्णायक भूमिकामा रहेको तर अहिले भूमिका परिवर्तन भएको बताए ।
‘हिजो म अर्थमन्त्री थिएँ। एमसिसीलाई पास गराउनुपर्छ भन्नेमा थिएँ । अर्थमन्त्रीका हिसाबले मेरो पनि निर्णायक भूमिका हुन्थ्यो। अब राजदूत भएपछि परराष्ट्र मन्त्रालयले जे निर्देशन दिन्छ, त्यो पालना गर्ने ठाउँमा हुनेछु,’ उनले भने ।
उनले आफ्ना निजी विचार के...








