आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

अब मुलुकलाई सही दिशा दिन दुरदर्शी नेताको खाँचो

अब मुलुकलाई सही दिशा दिन दुरदर्शी नेताको खाँचो

राजनीति, समाचार
डा.डिआर उपाध्याय हाम्रो देश संघीय लोकतान्त्रिक राज्य प्रणालीमा रुपान्तरित भएको धेरै समय भइसक्दा पनि अभ्यासकै रूपमा छ । अहिले प्रतिनिधिसभा भंग भएकोले देशको राजनीतिक अवस्था अन्योलमा छ । प्रचण्ड –माधव समूह र ओली समूहका बीच आपसी जुहारी चलिरहेको छ । यतिबेला दुई खेमा बिच आरोप प्रत्यारोपको राजनीतिक शृंखला चलेको छ । दुई समूह बिचको यो झगडाले देशको भाग्य र भविष्य नै अध्यारो तर्फ धकेलिएको छ । यतिबेला देशमा विकास, समृद्धि र सुशासन कायम भै देशलाई अग्रगति दिनु पर्दथ्यो । तर जनताको भावना विपरित अहिले जुन किसिमका गतिविधि भैरहेका छन् यी सबै राष्ट्रहित विपरित छन् । राष्ट्रलाई सर्वोपरि ठानी काम गर्न सक्ने दुरदर्शी नेताको अभावले यस्ता समस्याहरु उत्पन्न भैरहेका छन् । अब मुलुकलाई सही दिशा दिन दुरदर्शी नेताको खाँचो परेको छ । दुरदर्शी भनेको भोलीको कुरा देख्ने स्पष्ट दृष्टिकोण भएको नेता हो । अहिलेको युगले त...
संवाद, सहमति र सहकार्य नै समस्याको समाधान

संवाद, सहमति र सहकार्य नै समस्याको समाधान

राजनीति, समाचार
-डा.डिआर उपाध्याय देशमा चरम राजनीतिक अस्थिरता छाएको छ । राजनीतिक अस्थिरताले अव के हुन्छ केहि भन्न सकिने अवस्था छैन । वैशाखमा दुई चरणको निर्वाचन मिति सार्वजनिक भएको छ । तर निर्वाचन घोषित मितिमा हुन्छ या हुदैन त्यो पनि किटान गरेर भन्न सकिने अवस्था छैन । लोकतन्त्रमा निर्वाचन हुन नसके संवैधानिक संकट आउन सक्ने खतरा पनि उत्तिकै छ । त्यसैले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन अनिवार्य सर्त हो । ओली समूह बाहेक अरु दलहरुले ससद पुनस्थापनाको माग अघि सारेर आन्दोलनमा छन् । समस्याको समाधान आन्दोलन होइन, संवाद, सहमति र सहकार्य नै समस्याको समाधान हो । राजनीतिक दलहरु समस्या बल्झाउने भन्दा पनि समस्या समाधान गर्ने बाटो तर्फ अग्रसर हुन जरुरी छ । नेपाली जनताले लामो समयदेखि राजनीति दल र तिनका नेताहरुको बानी व्यवहार,आचरण र कार्यशैली नियाल्दै आएका छन् । दल र तिनका नेताहरु आफू सत्तामा हुँदा सबै कुरा ठिक देख्छन् ज...
नेकपा दुई खेमामा विभाजित भएपछि चुनाव कांग्रेसको लागि ठुलो अवसर

नेकपा दुई खेमामा विभाजित भएपछि चुनाव कांग्रेसको लागि ठुलो अवसर

राजनीति, समाचार
डा.डिआर उपाध्याय/ सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादको कारण प्रतिनिधिसभा विघटन भयो । संसद विघटनपछि मुलुकको राजनीति अन्योलमा परेको छ । मुलुकको राजनीतिले कहिले निकास पाउँछ भन्ने यकिन छैन । सरकारले अघि सारेको विकास र समृद्धिको नारा पनि अधुरो रहने संभावना देखिएको छ । विकास समृद्धि र सुशासन सरकारका कार्यभार हुन्। तर नेकपा दुई खेमामा विभाजित भएपछि यी कार्यभार पुरा नहुने संकेत देखिएको छ । सुरुका दिनमा नेकपा नेतृत्वको सरकार प्रति आम जनतामा एक प्रकारको आशा थियो । अहिले आशा निराशामा परिणत भएको छ ।देशमा विकास समृद्धि र सुशासन कायम होला भनेर जनताले केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म नेकपालाई बहुमत दिएका थिए । अहिले माथिबाट तलसम्म विभाजनको दिशामा नेकपा गएको छ । जसले गर्दा तिनै तहका सरकारमा विकास निर्माणका काम प्रभावित भएका छन् । अहिले नेताका अहम् र आकांक्षाको टकरावले सिंगो मुलुक ...
प्रतिनिधिसभा विघटनविरुद्ध  रिटमा संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने

राजनीति, समाचार
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु हुनेछ। उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ १ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो । गत १० पुस गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सर...
के कुनै नेताको सनकले मुलुकलाई अन्योलमा धकेल्न मिल्छ ?

के कुनै नेताको सनकले मुलुकलाई अन्योलमा धकेल्न मिल्छ ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय/ मुलुक राजनीतिक अस्थिरता तर्फ जाने खतरा बढेर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको प्रावधान प्रयोग गरी प्रतिनिधि सभा विघटन गरेपछि यो अवस्था सृजना भएको हो । मुलुकको राजनीतिक अवस्था बिग्रियो । अहिलेको गतिविधिले राजनीति संकट निम्त्याउँदै छ । सरकार गठनको सुरुवातबाटै सत्तारुढ दलभित्र खटपट हुन थालेको थियो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहार र कार्यशैलीमा दम्भ र अहङ्कार बढेकोले बिभाजनको रेखा कोरिएको हो । ओलीले आफ्नै ढिपी छोडेनन् । प्रचण्डले ओलीलाई ‘साइज’मा ल्याउने कसरत गरे । जसले गर्दा अन्ततः सत्तारुढ दल नेकपा दुई खेमामा विभाजन हुने अवस्थामा पुग्यो । नेतृत्वको अहङ्कार र सर्वसत्तावादी चिन्तनले नेकपालाई सिद्धायो । अध्यक्षद्वय एक अर्काप्रति कटाक्ष गर्दै हिँड्ने अवस्थामा पुगे । प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशले नयाँ ज...
प्रधानमन्त्री ओलीको प्रश्न-‘निर्वाचनबाट किन डराउने?’

प्रधानमन्त्री ओलीको प्रश्न-‘निर्वाचनबाट किन डराउने?’

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गरे। आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उनले भने, “मैले हँसाएँ भनेर किन पीर? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर? रुवाउन खोजेका थियौँ। सक्दैनौँ। दिइने छैन ।” प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश...
निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : पूर्वप्रधानमन्त्री भट्टराई

निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : पूर्वप्रधानमन्त्री भट्टराई

राजनीति
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचनले मात्र समस्याको समाधान नहुने बताएका छन् । गोरखा सदरमुकाममा शुक्रवार पत्रकार भेटघाट कार्यक्रममा उनले अघिल्लो संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिँदा बहुमतको सरकार पनि ५ वर्ष टिक्न नसकेकाले स्थिर सरकारका लागि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको दाबी गरे । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्षसमेत रहेका भएका पूर्वप्रधानमन्त्री डा भट्टराईले सर्वोच्च अदालतले संसद् विघटनलाई खारेज गरिदिए समस्याको समाधान सजिलो ढङ्गले हुने बताए । संविधान निर्माणका क्रममा यस्ता खालका समस्याको समाधानका लागि संविधानमा नै संवैधानिक अदालतको व्यवस्था गर्नुपर्छ भन्ने पक्षमा आफूहरुको अडान भए पनि अहिलेको संविधानमा त्यस्तो व्यवस्था गर्न नसकिएकाले अहिले अभाव खड्किएको डा भट्टराईको भनाइ थियो । उनले अहिलेको समस्या समाधान...
प्रचण्ड–दाहाल समूहलाई केपी ओलीको आह्वान, ‘सूर्य चिन्ह चाहिने भए पार्टीमा फर्कनुस्’

प्रचण्ड–दाहाल समूहलाई केपी ओलीको आह्वान, ‘सूर्य चिन्ह चाहिने भए पार्टीमा फर्कनुस्’

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह चाहिने भए पुनः पार्टीमा फर्कन प्रचण्ड–दाहाल नेकपाको समूहलाई आह्वान गरेका छन् । आज काठमाडौंमा आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले प्रचण्ड–नेपाल समूहलाई सूर्य चिह्नबाट मेरै हो भनेर दाबी गर्ने अधिकार नभएको समेत बताए । ‘हिजो सूर्य चिह्नमा चुनाव लड्न सहमति गरेर तोड्ने काम गर्ने,’ ओलीले भने, ‘तपाईंलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्, बैठकमा आउनुस् ।’साथै उनले आफूले जनता हँसाउन खोज्दा पनि प्रचण्ड–नेपाल समूहलाई पीर परेको टिप्पणी गरेका छन् । ‘मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । अनि मैले हँसाए भनेर पीर परेको छ । जोक्करै रहेछ । हसारै खत्तम पार्‍यो भन्छन् । नेपाली जनता हाँसेकोमा किन पीर परेको होला अचम्म लाग्छ’, ओलीले भने । उनले अब नेपाली जनता रुवाउन नदिने पनि दाबी गरे । ...
प्रचण्डमुक्त कम्युनिस्ट पार्टी आवश्यकः प्रभु साह

प्रचण्डमुक्त कम्युनिस्ट पार्टी आवश्यकः प्रभु साह

राजनीति
सहरी विकास मन्त्री प्रभु साहले प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र देश बनाउन आवश्यक रहेको बताएका छन्। प्रचण्डमा अन्तर्घात गर्ने प्रवृत्ति रहेको बताउँदै उनले कम्युनिस्ट आन्दाेलन सफल बनाउन प्रचण्डमुक्त पार्टी हुनुपर्ने आवश्यकता रहेकाे छ। शनिवार काठमाडौँकाे एक पार्टी प्यालेसमा प्रदेश १ अगुवा कार्यकता भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। ‘प्रचण्डले माओवादी मुभमेन्ट त बेच्दै बेच्दै आउनुभो, यदि कम्युनिस्ट आन्दोलनलाई सफल पार्ने र नेपाललाई समृद्धितिर लाने हो भने प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र नेपाल बनाउन आवश्यक छ' उनले भने। पूर्वमाओवादीहरू प्रधानमन्त्री केपी शर्मा ‌ओलीसँगै रहेको दाबी पनि उनले गरे। ...
मैले न्यायाधीशहरुलाई भेटेको पनि छैन, चिनेको पनि छैन : ओली

मैले न्यायाधीशहरुलाई भेटेको पनि छैन, चिनेको पनि छैन : ओली

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्चका न्यायाधीशलाई नभेटेको दाबी गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली पक्षको प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सर्वोच्चका कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गरेका हुन । उनले न्यायाधीशहरुलाई चिन्दा पनि नचिनेको बाताउँदै सर्वोच्च अदालतमाथि आक्रमण भएको आरोप समेत लगाए ।प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म संसद विघटनको मुद्दामा रहेका कुनै पनि न्यायाधीशहरुलाई नभेटेको बताएका हुन । प्रधानमन्त्री ओलीले भने,’ती नाम गरेका न्यायाधीशहरुलाई कहिले पनि भेटेको छैन। यसपटक मात्र होइन कहिले पनि।’आफूले संसदविघटनको मुद्दा हेरिरहेका अधिकांश न्यायाधीशहरुलाई चिन्दा पनि नचिनेको दाबी गरे । प्रधानमन्त्री ओलीले आफूले प्रतिनिधिसभा विघटन गर्दा संविधानको धारा उल्लेख नगरिएको भन्दै विवाद झिक्न खोजिएको समेत आरो...