आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्छौ: माधव नेपाल

लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्छौ: माधव नेपाल

राजनीति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको बताएका छन्। शनिबार दाङको घोराहीमा प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतन्त्र रक्षाको लागि लामो समयदेखि संघर्षरत नेपाली कांग्रेस अब फेरि लोकतन्त्र जोगाउने जिम्मेवारीमा अग्रसर हुने आशा व्यक्त गरे। ‘लोकतन्त्र जोगाउने जिम्मेवारी फेरि पनि कांग्रेस र हाम्रो काँधमा आएको छ ,’ नेपालले भने, ‘त्यसका लागि कांग्रेससँग कुरा भइसकेको छ र अन्य दलसँग पनि संयुक्त आन्दोलनको लागि वार्ताको तयारी भइरहेको छ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि सकारात्मक माहोल बनेको भन्दै नेकपा अध्यक्ष नेपाललले प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरु...
नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

राजनीति, समाचार
नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो । सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरिसकेका छन् । पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो । पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको थियो । सोही अनुसार यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा‍ विरोध प्रदर्शन गरिसकेको छ । तर सभापति देउवाले चुनाबमा जानु पर्ने र वरिष्ठ नेता रामचन्द्...
सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न

सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न

राजनीति, समाचार
सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय आयोगको बैठकमा सिमानाका बारेमा छलफल भएको र त्यससम्बन्धमा बाँकी रहेको खण्डको काम शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँदिल्लीमा आज भएको बैठकमा दुई मुलुकबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि, प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदनको प्रस्तुतीकरण, हवाई प्रवेश मार्ग, कोभिड–१९ विरुद्धको खोप, सीमा तथा सिमाना व्यवस्थापन, सम्पर्क सञ्जाल र आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, शिक्षा तथा संस्कृतिसहित द्विपक्षीय सम्बन्धका समग्र पक्षको समीक्षा भएको थियो । कोभिड–१९का कारण उत्पन्न चुनौतीको दुवै देशले निकट समन्वयमा रहेर सामना गरेकामा संयुक्त आयोगले सराहना गर...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज बस्दै

राजनीति, समाचार
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक शुक्रवार (आज) पनि बस्दैछ । बिहीवारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि लगातार आन्दोलनमा उत्रिएको नेकपाले आज बस्ने बैठकपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने बताइएको छ । ...
बेरोजगारी समस्याका कारण युवाहरू निराश बन्दै

बेरोजगारी समस्याका कारण युवाहरू निराश बन्दै

राजनीति, समाचार
डा.डिआर उपाध्याय/ बेरोजगारी समस्याका कारण युवाहरू निराश बन्दै अहिले देशमा बेरोजगारी समस्या बढदै गएको छ । यो हाम्रो देशको लागी चुनौतिको बिषय हो । जबसम्म देशमा बेरोजगारी समस्या समाधान हुदैन तबसम्म देशमा दिगो शान्ति कायम हुन सक्दैन । यो यथार्थ कुरा हो । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार छन् । कैयौँ युवायुवतीहरु देशको भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । यो उनीहरुको रहर होइन बाध्यता हो । शिक्षित युवाहरु विकसित राष्ट्रहरुमा छरिएर रहेका छन् भने कम पढेलेखेका युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् ।विशेष गरेर ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । कृषि उत्पादन घट्दो छ ।अधिकांश युवायुवती रोजीरोटीको लागी विदेश पलायन छन् भने केही शहर पसेका छन् । त्यसकारण गाउँमा वृद्धवृद्धा मात्र बाँकी छन् । कोही बिरामी पर्दा अस्पताल पु–याउने र मर्दा लास उठाउँने युवाहरुको गाउँमा...
‘आजको मितिमा माधव नेपाल हाम्रो पार्टीको एक नम्बर अध्यक्ष हो,’ नेकपा अध्यक्ष प्रचण्ड

‘आजको मितिमा माधव नेपाल हाम्रो पार्टीको एक नम्बर अध्यक्ष हो,’ नेकपा अध्यक्ष प्रचण्ड

राजनीति, समाचार
 नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल पार्टीको पहिलो अध्यक्ष रहेको बताएका छन् । ‘आजको मितिमा माधव नेपाल हाम्रो पार्टीको एक नम्बर अध्यक्ष हो,’ आज काठमाडौंमा आफ्ना पक्षका नेतारकार्यकर्तासँग प्रचण्डले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन गएको भन्दै टिप्पणी गर्ने गरेका थिए । त्यसतर्फ संकेत गर्दै प्रचण्डले माधव नेपाल एक नम्बर अध्यक्ष भएको बताएका छन् । ...
भ्रष्टाचारमा लिप्त हुन सक्ने सम्भावना बढ्यो

भ्रष्टाचारमा लिप्त हुन सक्ने सम्भावना बढ्यो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय यतिबेला नेपालको राजनीतिमा केही अन्योलता देखिएको छ । अहिले देशका विभिन्न ठाउँमा दैनिकजसो जुलुस, सभा र सम्मेलन भइरहेका छन्। आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा त भएको छ । तर निर्वाचन हुने वा संसद पुनस्थापना हुने भन्ने विषयमा बहस चलिरहेको छ । प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी परेको रिटमा सर्वोच्चको फैसलापछि मुलुकले निकास पाउने देखिन्छ । हालको राजनीतिक परिस्थितिका कारण आम नागरिकमा राजनीति प्रति वितृष्णा उत्पन्न भएको छ । राजनीतिप्रति वितृष्णा पैदा भइरहेको अवस्थामा कर्मचारीतन्त्रले आम नागरिकमा आशा जगाउने खालका काम गर्न सक्नु पर्छ । कर्मचारी संंयन्त्रलाई स्थायी सरकारको रूपमा लिने गरिएको छ । नेपालको प्रशासनसंयन्त्रले आम नागरिकलाई बिना झन्झट प्रभावकारी सेवा प्रवाह दिन सक्नु पर्छ । तर अहिलेको चुनौतीपूर्ण अवस्थामा प्रशासनसंयन्त्र आ–आफ्नो स्वार्थ भन्दा माथि उठ्न सक्नुपर्छ ...
आज प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा  सुनुवाइ हुँदै

आज प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

राजनीति, समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने निर्णय आज हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने १३ जनामध्ये ११ जनाले बृहत पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएकोमा कार्कीले इजलासमा नबस्ने घोषणा गरेका छन् प्रधानन्यायाधीश जबराले आजको इजलासमा कार्कीको ठाउँमा अर्का न्यायाधीश तोक्ने सर्वोच्च अदालतले जनाएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेका अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ । यही १० पुस गते अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित ...
संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प :(राप्रपा)का अध्यक्ष कमल थापा

संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प :(राप्रपा)का अध्यक्ष कमल थापा

राजनीति, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा भाग लिंदै उनले पत्रकारसँग कुराकानी गर्दै संसद् विघटन भइसकेकाले राजनीतिक सङ्कट समाधानका लागि ताजा जनादेश नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको बताएका हुन्। ‘‘राजनीतिक दृष्टिकोणका हिसाबले वर्तमान राजनीतिक समस्या समाधान, भ्रष्टाचार र धर्म परिवर्तनजस्ता समस्याको समाधानका लागि पनि निर्वाचनमा जानु उपयुक्त हुन्छ”, उनले भने, “राप्रपाको राजनीतिक दृष्टिकोण र आधिकारिक धारणा पनि यही हो ।” अध्यक्ष थापाले संसद् विघटनपछि अहिले सडकमा पक्ष विपक्षमा भइरहेको विरोधको कार्यक्रम उपयुक्त नभएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटनको भ...
निर्वाचनसँग सम्बन्धित तयारीका कार्यक्रमहरु रोक्न नसकिने :निर्वाचन आयोग

निर्वाचनसँग सम्बन्धित तयारीका कार्यक्रमहरु रोक्न नसकिने :निर्वाचन आयोग

राजनीति, समाचार
निर्वाचन आयोगले प्रतिनिधि सभाको मध्यावधि निर्वाचनसँग सम्बन्धित तयारीका कार्यक्रमहरु रोक्न नसकिने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटनसँग घोषणा भएको चुनावको मितिअनुसार नै तयारी अगाडि बढाइएको पनि आयोगले जानकारी दिएको छ । संसद विघटन पछि विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले सोमबार आयोगमै पुगेर निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आग्रह गरेको थियो । निर्वाचनसम्बन्धी कार्यक्रम रोक्नका लागि आग्रह गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल सोमबार निर्वाचन आयोग पुगेका थिए । प्रचण्ड–नेपाल पक्षका नेता कृष्णभक्त पोखरेलका अनुसार संसद विघटनविरुद्धका मुद्दा अहिले अदालतमा विचाराधीन रहेकाले अदालतले मुद्दाको टुंगो नलगाउँदासम्म निर्वाचनका कार्यक्रम राक्न आग्रह गरिएको थियो । ‘संसद विघटन गर्न...