सहरी विकास मन्त्री प्रभु साहले प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र देश बनाउन आवश्यक रहेको बताएका छन्। प्रचण्डमा अन्तर्घात गर्ने प्रवृत्ति रहेको बताउँदै उनले कम्युनिस्ट आन्दाेलन सफल बनाउन प्रचण्डमुक्त पार्टी हुनुपर्ने आवश्यकता रहेकाे छ।
शनिवार काठमाडौँकाे एक पार्टी प्यालेसमा प्रदेश १ अगुवा कार्यकता भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।
‘प्रचण्डले माओवादी मुभमेन्ट त बेच्दै बेच्दै आउनुभो, यदि कम्युनिस्ट आन्दोलनलाई सफल पार्ने र नेपाललाई समृद्धितिर लाने हो भने प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र नेपाल बनाउन आवश्यक छ’ उनले भने।
पूर्वमाओवादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहेको दाबी पनि उनले गरे।
