बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

मनोरन्जन

मञ्जु थापाको ‘माया मुरी मुरी’ सार्वजनिक (भिडियो)

मञ्जु थापाको ‘माया मुरी मुरी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
मञ्जु थापाको स्वरमा रहेको गीत ‘माया मुरी मुरी…’ सार्वजनिक भएको छ । उद्धव प्याकुरेलको शब्द, विक्रम थापाको सङ्गीत र सन्दिप कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/75ZNVTuB6Ps जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा समृद्धि पौडल र सञ्जय विकलाई फिचरिङ गरिएको छ । भिडियोमा दीपेन बस्नेतको छायाँकन र सम्पादन छ । गीतमा मुरीका मुरी माया गर्ने मान्छेले कतै धुरी चढाएर खसाल्ने पो हो कि भन्ने शंका व्यक्त गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । ...
नील पुन तथा एलिनाको ‘निर्मोही मायालु’को भिडियो सार्वजनिक (भिडियो)

नील पुन तथा एलिनाको ‘निर्मोही मायालु’को भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
एलिना चौहान र नील पुनः को स्वर समावेश म्युजिक भिडियो ‘निर्मोही मायालु’ सार्वजनिक भएको छ । शुक्रबार दिउँसो युट्युव रिलिज गरिएको उक्त गीतमा शब्द र संगीत पनि पुनः को नै छ । संगीत निर्माणको काम किरण माइकल घिमिरेले गरेका छन् । https://youtu.be/VMcRqiJm80U गीतको भिडियोमा मोडल द्वय सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् भने मानवी श्रेष्ठ, सोनी पुनः र रीमा पाइजालाई सहायक भुमिकामा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको छ भने सम्पादन विकास दाहालले गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई सुरेन्द्र थापाले निर्माण गरेका हुन् । ...
‘ब्राइट इभेन्ट फेसन शो’ भव्य रुपमा सम्पन्न

‘ब्राइट इभेन्ट फेसन शो’ भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं-  भदौ । ब्राइट इभेन्ट म्यानेजमेन्टले शनिवार राजधानीको पेप्सीकोलस्थित इन्टरनेसनल डान्स एकेडेमी एण्ड फिल्मक परिसरमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न गरेको छ । चर्चित फेशन कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेको उक्त फेशन शोमा नेपाल अधिराज्यभरबाट छानिएका चर्चित महिला तथा पुरुष मोडलहरु आकर्षक पहिरनमा स्टेजमा उत्रिएका थिए । अभिनेता, मोडल तथा कोरियोग्राफर एसराज गराचको कोरियोग्राफी रहेको उक्त फेसन शो मा जनकपुर, सिराह, रौतहट, विरगञ्ज, विराटनगर, दोलखा, काठमाडौं तथा भक्तपुरका गरि करिव ५० मोडलहरुले र्याम्प शो गरेका थिए । विश्वव्यापी स्वास्थ्य संकटको अवस्थामा विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड अनुरुप सम्पन्न उक्त फेसन शो का आयोजक राजन बुढाथोकीले कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्ने व्यक्ति, संघ,संस्था एवं मोडलहरुलाई धन्यवाद दिदै आगामी दिनमा थप उत्कृष्ट शो हरु आयोजना गर्दै ल...
नायक श्रीदेव भट्टराई निर्देशक खरेलको चलचित्रमा विषेश भुमिकामा देखिदै

नायक श्रीदेव भट्टराई निर्देशक खरेलको चलचित्रमा विषेश भुमिकामा देखिदै

मनोरन्जन, समाचार
चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा विषेश भुमिकामा नायक श्रीदेव भट्टराइलाई अनुबन्धीत गरेका छन् ।  यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, नायक संजित भण्डारी लगायतका कलाकारहरु अनुबन्धित गरिसकेका निर्देशक खरेलले विषेश भुमिाकामा नायक भट्टराईलाई अनुबन्धीत गरेका छन् । पिम नेपालको प्रस्तुति रहने चलचित्रका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल समेत कलाकारको रुपमा छानिएकोे निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए । चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चाँडै छायाँकन सुरु गरिने चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पगेक...
मुना रोक्काको सन्देशमुलक तीज गीत ‘अहिलेको तीजमा’ सार्वजनिक(भिडियो)

मुना रोक्काको सन्देशमुलक तीज गीत ‘अहिलेको तीजमा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौं, भाद्र २३ | तीज आउन अब केही दिन मात्र बाँकी छ । आजभोली जताततै नेपाली नारिहरुको महान चाड तीज लागेको छ । कोरोना महामारीका कारण कम भएको तीज गीतहरु यसपाली भने केही बढेको छ । https://youtu.be/qVo4zkrKiXA स्वास्थ्य मापदण्डको उचित पालना गर्दै अग्रज कलाकार, संगीतकार भिमलाल महर्जनद्वारा संगीतबद्ध तीज गीत बजारमा सार्वजनिक गरिएको छ । ‘अहिलेको तीजमा’बोल रहेको सन्देशमुलक गीतमा गायिका मुना रोक्का र समुहको स्वर रहेको छ भने शब्द दिपक प्रेमी एरेन्ज सुरज माली मिक्सिङ महेश्वरमान राजभण्डारीको रहेको छ । अहिलेको तीजमा घरमै बसौ, सावधानी अपनाऔँ, सुरक्षित तरिकाले तीज मनाऔ भन्ने सन्देश रहेको गीतको म्युजिक भिडियोमा खुशी अधिकारी, रेखा स्त्री, सुस्मिता लामा, भगवती बुढाथोकी लगायतको जोडदार अभिनय तथा नृत्य देख्न सकिन्छ । सनराईज फिल्मी संसार कलंकीको दोश्रो प्रस्तुति अशोक खडकाको निर्माणमा तयार पारीएको भ...
भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” को भिडियो सार्वजनिक (भिडियो)

भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” को भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ। ‘हामी खस क्षेत्री’ भिडियोलाई महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) कै आफ्नै अफिसियल युट्युव च्यानल रेस्लर यूनिका मार्फत सार्बजनिक गरिएको हो। https://youtu.be/rmOLiOpOMU4 महिला रेस्लर खेलाडी भगवती खड्का (यूनिका) को ’हामी खस क्षेत्री’ राष्ट्रिय गीतमा नेपालको एकीकरणमा क्षेत्री समुदायले पुर्याएको योगदानलाई गीतमा समावेश गरिएको छ। जसमा जीबि क्षेत्री को शब्द तथा विकाश चौधरीको संगीत संयोजन रेहेको ’हामी खस क्षेत्री’ भिडियोमा सञ्जय हमालको एरेञ्ज तथा वीरवहादुर थारुको सम्पादन रहेको छ। ...
माइकल स्टेअप एण्ड आर्टस् एकेडेमीद्वारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान

माइकल स्टेअप एण्ड आर्टस् एकेडेमीद्वारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान

मनोरन्जन, समाचार
‘माइकल स्टेअप एण्ड आर्टस् एकेडेमी’ले तीजको अवसर पारेर तीन दर्जन भन्दा बढी कलाकर्मीलाई सम्मान गरेको छ । काठमाडौंको डिल्लीबजारमा अवस्थित एकेडेमी’ले हरितालिका तीजको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा गायक, गायिका, मोडल, निर्देशक, छायांकार, पत्रकार लगायतलाई सम्मान गरेको हो । कार्यक्रमका विशेष अतिथी गायक सीताराम पोख्रेल र देबेन्द्र शाहले कलाकर्मीहरूलाई सम्मान पत्रबाट सम्मानित गर्नुभएको थियो । सम्मानित हुनेहरूमा गायिका रचना रिमाल, एलिना चौहान, मोडलहरू आकाश श्रेष्ठ, पुष्प खड्का, प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा, स्मारिका-समारिका ढकाल, निर्देशक सुव्रतराज आचार्य, निशान घिमिरे, कलाकारहरू राज कटुवाल, नरेन खड्का लगायतका रहनुभएको छ । साथै, कार्यक्रमका विशेष अतिथीहरू डा. कृष्णहिर बराल, डा. डीआर उपाध्याय, गायक सीताराम पोेख्रेल, देबेन्द्र शाहलाई पनि सम्मानित गरिएको थियो । एकेडेमीका अध्यक्ष म...
गीतकार लोकराज अधिकारीको “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)

गीतकार लोकराज अधिकारीको “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
बाबुको मुख हेर्ने दिन नजिकिदै गर्दा प्रसिद्द गीतकार लोकराज अधिकारीको नया गीत ‘भन्नुहुन्थ्यो बा’ले’ सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकीको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेकोे उक्त गीत र भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । ‘कुशे औँशी’ अर्थात ‘बुवाको मुख हेर्ने दिन’ नजिकिँदै गर्दा सम्पूर्ण बुवाहरुप्रति समर्पण गर्दै ‘भन्नु हुन्थ्यो बा’ ले’ बोलको गीत सार्वजिनक गरेको गीतकार अधिकारीले जानकारी दिए । गीतकार अधिकारी र गायक बुढाथोकीका बुवा प्रती ट्रीब्युट गरिएको गीत सार्वजनिक भए लगत्तै गीत बारे आफ्नो प्रतिकृया दिँदै गायक बुढाथोकीले भने, ‘यो धर्तिमा सबै थोक घरी-घरी मिल्न सक्छ । तर जन्म दिने आमा-बा कसैगरि पाइँदैन । हामीले बा’का अर्ति उपदेश र मार्ग दर्शन लाई जीवनमा थोरै मात्र लागू गर्न सके जीवन सार्थक हुन्छ । गीतकार लोकराज अधिकारीले आफुले सयौँ गीत रचना गरेको भए पनि यो...
प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि

प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि

मनोरन्जन, समाचार
ग्लोकल प्रालि आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२१’ को उपाधि प्राञ्जल चालिसेले जितेका छन् । वाई वाई ग्लोकल टिन हिरो सातौं संस्करणको उपाधी टेक्नोप्रेनर प्राञ्जल चालिसेले जितेका हुन् । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा बुधबार अनलाइन कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल २०२१ को घोषणा गरिएको हो । वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीमा युट्युबर अनुराग चापागाईं, सामाजिक उद्यमी दीपक सुतिहार, वन्यजन्तु संरक्षणवादी खुस्बु भण्डारी, सामाजिक अभियन्ता नेहा गुरुङ, र टेक्नोप्रेनर प्राञ्जल चालिसे पुगेका थिए । प्राञ्जलले दृष्टि नेपालको आविष्कार गरी दृष्टि विहिन समुदायलाई मुद्रा बिल पहिचान र नगद लेनदेनमा मद्दत गरिरहेका छन । त्यसैगरी उनले कृषि समाचार र प्रामाणिक स्रोतहरु बाट जानकारी प्रदान गर्ने एक मोबाइल एप निर्माण गरेका छन् जसबाट किसानहरुला...
स्नेहा तामाङ भईन ‘मिस ग्लोरियस नेपाल,२०२१’

स्नेहा तामाङ भईन ‘मिस ग्लोरियस नेपाल,२०२१’

मनोरन्जन, समाचार
काठमाडौँ — भाद्र १८, २०७८। 'मिस ग्लोरियस नेपाल,२०२१' मा स्नेहा तामाङ विजेता बनेकी छिन् । म्युजिक सिटि हलमा सम्पन्न प्रतियोगितामा अन्य २१ प्रतियोगीहरुलाई पछि पार्दै स्नेहाले बिजेताको ताज पहिरिएकी हुन । प्रतियोगितामा अश्मिता क्षेत्रीले फष्ट रनरअपको ताज हातपारीन । उनले विधागत तर्फ ग्लोबल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङमार्फत सर्वाधिक भोट प्राप्त गरी ‘पब्लिक चोइस' अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । उनले ग्लोवल अनलाईन पे र आयोजकको तर्फबाट थाईल्याण्ड भ्रमणको टिकेट समेत प्राप्त गरिन । त्यस्तै, सेकेण्ड रनरअपको ताज आयुष्मा गुरुङ्ले जित्दा थर्ड रनरअप सन्ध्या कुँवर घोषित भइन् । प्रतियोगिताको ब्राण्ड एम्बासडरमा एन्जल बन्सामनी चयन भईन भने अर्गनाईजर चोईस र ब्युटी विथ ब्रेन क्रमशः याङ्छेन डोल्कर शेर्पा र प्रगती थापा मगर घोषित भए। प्रियारानी लामाले संचालन गरेको उक्त प्रतियोगिताको निर्णायकमा सनिश शाक...