आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

‘भाग्य भित्र जीवन’ लिएर आए फुलारा (भिडियो)

‘भाग्य भित्र जीवन’ लिएर आए फुलारा (भिडियो)

मनोरन्जन, समाचार
युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘भाग्य भित्र जीवन’ सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वर, बाबुल गिरीको सङ्गीत तथा सङ्गीत संयोजन र दिनेश राजवाहकको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रामजी लामिछानेको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । निकै मार्मिक यो सार्वजनिक गीतमा एकल नारीका विभिन्न आरोह अवरोहलाई चित्रित गरिएको छ । गीतको भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माणमा बनेको हो । भिडियोमा रुपा मानन्धरको शृंगार, सुमन कार्कीको छायांकन, वन्देप्रसादको सम्पादन रहेको छ । फुलाराका यसअघि ‘जुनसरी बिलाई गयौं…’, ‘कस्तो भाइरस आयो…’, ‘हमेशा…’ जस्ता गीत लोकप्रिय रहेका छन् । यस्तै उहाँका ‘नफापेको मान्छे’ (उपन्यास), ‘टुहुरो कुण्डली’ (उपन्यास), ‘नेपाली भाषा...
विश्वकिर्तिमानी डा. उपाध्यायको कीर्तिमान माथि कीर्तिमान, थप २१ सहित ८० विश्व कीर्तिमान

विश्वकिर्तिमानी डा. उपाध्यायको कीर्तिमान माथि कीर्तिमान, थप २१ सहित ८० विश्व कीर्तिमान

मनोरन्जन, समाचार
डा. डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमान सहित ८० विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा एक विशेष सामारोहबीच उहाँलाई थप २१ विश्व कीर्तिमान प्रदान गरिएको हो । २१ विश्व कीर्तिमान हस्तान्तरण समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अतिथिहरू गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठलगायतले उपाध्यायलाई विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको थियो । यसअघि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गर्नुभएको थियो । सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा सङ्गीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्दै ‘यसरी एकैदिन फरक २१ विधामा दश ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पह...
चलचित्र “प्रेमगन्ज”को सम्पादन शुरु,लगानी दुई करोड पुग्यो

चलचित्र “प्रेमगन्ज”को सम्पादन शुरु,लगानी दुई करोड पुग्यो

मनोरन्जन, समाचार
चलचित्र “प्रेमगन्ज”को धमाधम सम्पादन भइरहेको छ । गत बर्ष बैशाख देखि सुरु भएको चलचित्रको छायांकन यहि मंसिर एक गते समाप्त भएको थियो । पहिलो लकडाउन सकिए संगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्तगित भएको थियो । देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र त झनै बेजोग भयो । प्रदर्शन हुन तयार चलचित्र रोकिए , सुटिङमा जान तयार चलचित्र पनि रोकिए । तर प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो । लकडाउनका कारण सबै प्राबिधिक कलाकार काम बिहिन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो । यो दोश्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राबिधिक माथी दुईकरोड लगानी गर्यो । अर्थात यसले कुनै न कुनै रुममा चलचित्र क्षेत्रमा आबद्ध कलाकार प्राबिधिकलाई राहत प्रदान गर्यो । छायांकनमा दुई करोड लगानी भएको चलचित्र प्र...
एमएसएन एक्सिलेन्स अवार्ड २०२१ दुवईमा भब्य रुपमा सम्पन्न

एमएसएन एक्सिलेन्स अवार्ड २०२१ दुवईमा भब्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
दुवई- दुवईमा एमएसएन एक्सिलेन्स अवार्ड भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम मोडल सङ्स नेपालको आयोजनामा सम्पन्न भएको हो ।  उक्त अवार्ड  सो कार्यक्रमको इन एशोसियसन पार्टनरमा जनसवाल राष्ट्रिय दैनिक र राज्य दैनिक  र बाईटस पाण्डा रहेका थिए । कार्यक्रम एनआरएनए एनसिसि युएईका पुर्व अध्यक्ष समेत रहेका नेपाली समाज युएईका निवर्तमान अध्यक्ष, एनआरएनए आईसिसि मध्यपुर्व संयोजक(आर सि) तथा एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एबं बरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) को प्रमुख आतिथ्यता तथा ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुर्त्दाह बकर र एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा इन एशोसियट पार्टनर तर्फ नेपालबाट जनसवाल राष्ट्रिय दैनिक,जनसवाल डट कम तथा अर्थ रोजगार टेलीभिजनका सम्पादक तथा अध्यक्ष रामजी बगाले र नेपाल टेलिभिजन...
‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’ बाट सुरु बन्यजन्तु संरक्षण र्‍यालीमा ‘द फेस’ मोडलहरु

‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’ बाट सुरु बन्यजन्तु संरक्षण र्‍यालीमा ‘द फेस’ मोडलहरु

मनोरन्जन, समाचार
काठमाडौं । ‘यु क्यान फ्लाई’ को आयोजनामा राजधानीमा संचालित ‘द फेस’का प्रतिस्पर्धी मोडलहरु चितवनमा बन्यजन्तु संरक्षणको निम्ति एक र्‍यालीमा सहभागी भएका छन । ‘द फेस’ मोडलहरू आ-आफ्नै रचनात्मक नारासहित प्लेकार्ड बोकेर वन्यजन्तु संरक्षण र्‍यालीमा सहभागी भएका थिए । नेपाली युवाहरूमाझ वन्यजन्तु संरक्षणको आवश्यकता र त्यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उद्देश्यसहित नयाँ दृष्टिकोण सहित फेसनलाई सामाजिक अभियानमा जोड्दै प्रदर्शन गरेको ‘द फेस’ का आयोजक संम्शाद शाहले जनाए । ‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिटबाट र्‍यालीलाई कार्यक्रम संयोजक सुप्रिया थापाले झण्डा देखाएर शुभारम्भ गरेकी थिईन । नारायणी नदीमा पुगेर समापन भएको उक्त र्‍यालीको मुख्य उद्देश्य वन्यजन्तु संरक्षण र वन क्षेत्र बढाउन चेतना जगाउनु रहेको थियो । लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’का संचालक देवेन्द्र लोहनीसंगको सहकार्यमा ...
५० देश सहभागी नेपाल कल्चरल ईन्टरनेशनल फिल्म फेस्टिवल काठमाडौंमा सम्पन्न

५० देश सहभागी नेपाल कल्चरल ईन्टरनेशनल फिल्म फेस्टिवल काठमाडौंमा सम्पन्न

मनोरन्जन, समाचार
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय चलचित्र क्षेत्रसंग जोड्ने एवं नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले आयोजना गरिएको उक्त चलचित्र महोत्सवमा विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवं एनिमेशन, लघुचलचित्रहरुले प्रतिस्पर्धाका लागिसहभागीता जनाएका थिए ।नेपाल कल्चरल फिल्मी सेन्टरको आयोजनामा मंसीर १५ देखी १७ गते सम्म तीन दिन नेपाल पर्यटन विकास वोर्ड र चलचित्र विकास बोर्डमा संचालन भएको कार्यक्रममा सहभागीता जनाएका विभिन्न चलचित्रहरुको प्रर्दशनी गरिएको नेपाल कल्चरल फिल्मी सेन्टरका अध्यक्ष एवं फेष्टिवलका निर्देशक सन्तोष सुवेदीले वताएका थिए ।महोत्सवको पहिलो दिन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तथा संस्थाका संरक्षक नेपाल आर्मीका पूर्व सेनाप...
वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठको नेतृत्वमा नृत्य निर्देशक संघ नेपाल

वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठको नेतृत्वमा नृत्य निर्देशक संघ नेपाल

मनोरन्जन, समाचार
नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ पून निर्वाचित हुनुभएको छ ।नृत्य निर्देशक संघ नेपालको हिजो सम्पन्न पांचौं साधारण सभा तथा दोस्रो केन्द्रीय अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्षमा प्रदिपमान श्रेष्ठ,उपाध्यक्षमा शम्भु शाही,महिला उपाध्यक्षमा भावना कार्की,महासचिवमा नृपध्वज खत्री (निरिप),सचिवमा ऋषिकेश श्रेष्ठ,कोषाध्यक्षमा शारदा सोती शर्मासह सचिवमा रवि राना मगर,सह कोषाध्यक्षमा केशव कोईराला तथा अन्य बोर्ड सदस्यमाप्रमिला कर्की ढकाल,बुद्ध लामा, सृजना श्रेष्ठ तथा सिर्जना राजबहाक निर्वाचित हुनुभएको थियो । नेपाल संङ्गीत तथा चलचित्र बिद्यालय गौशालामा शनिवार सम्पन्न भएको नृत्य निर्देशक संघ नेपालमा आवद्ध बिभिन्न प्रदेश ,जिल्ला ,नगर कमिटीका अध्यक्ष सहितका प्रतिनिधि र संघ का बिभिन्न बिभागका संयोजकको उपस्थिति रहेको थियो । बरिष्ठ अधिवक्ता ,संघका कानूनी सल...
तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलमा कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड

तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलमा कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड

मनोरन्जन, समाचार
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै  महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड हात पारेका थिए । त्यस्तै अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म  द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन...
किर्तिमानी डा.उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक

किर्तिमानी डा.उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक

मनोरन्जन, समाचार
विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक लाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैहुनुन्छ । यसपटक उहाँले सार्वजनिक गरेको गीति कवितामा संगीतका विभिन्न तालहरू (क्लासिकल बीट) सम्बन्धी गीति कविता, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता र जनावरहरूको नाम समेटिएको गीति कविता रहेका छन् भने प्रत्येक एकबारमा आधा आधा कड समेटिएको गीत, आफ्ना गीत भलिबलमा, मुमेन्टोमा आफ्ना १०९ गीत र अंग्रेजी नयाँ वर्षको क्यालनेडरमा आफ्ना १०९ प्रकाशित गरी सार्वजनिक गर्नुभएको छ । सो अवसरमा गायक त...
नेपाली नायक श्रीदेव भट्टराईलाई दुवईमा ‘विशेष नायक सम्मान’

नेपाली नायक श्रीदेव भट्टराईलाई दुवईमा ‘विशेष नायक सम्मान’

मनोरन्जन, समाचार
काठमाडौं। नायक श्रीदेव भट्टराई लाई महत्वपूर्ण चलचित्र सम्मान मिलेको छ । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त सम्मान प्राप्त गरेका हुन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । सो अवसरमा ईभेन्ट डाईरेक्टर सोनीत राज ढुंगेल,दुवईमा वसेर मनोरन्जन क्षेत्रमा सक्रिय मोडल आशिष पुरुष,ईनास युएईका अध्यक्ष एमडि बोहोरालाई समेत सम्मान गरिएको थियो । कलाकारिताको क्षेत्रमा करीब दुई दसकको लामो अनुभव साथै चलचित्रको छेत्र, देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप भट्टराईलाइ नेपालबाट उक्त सम्मानको लागि छनौटमा प...