आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

‘लक्का जवान’को ट्रेलर सार्वजनिक वैशाख २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा

‘लक्का जवान’को ट्रेलर सार्वजनिक वैशाख २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा

मनोरन्जन, समाचार
काठमाडौँ – महामारीका कारण रोकिएको प्रतिक्षित चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ  । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको ‘लक्का जवान’ ओएसआर डिजिटल युट्यब च्यानलबाट रिलिज भएको छ ।   ट्रेलर रिलिजसंगै लक्का जवान टिम प्रदर्शनको प्रचार प्रसारमा तिव्र रुपमा लाग्ने भएको छ । पहिले नै सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र कोरोनाको कहरका कारण रोकिएको थियो । https://youtu.be/8BmoLPdSFFo केही गीत सार्वजनिकको अलवा प्रचार प्रसार समेत गरेर पनि सार्वजनिक स्थगित भएको चलचित्र ‘लक्का जवान’मा मदनकृष्ण श्रेष्ठ,किरण केसी, सरोज खनाल, स्व.जयनन्द लामा,दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको छ । पहिला नै दुई गीत सार्वजनिक गरिसकेको चलचित्र वैशाख २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । किरण ...
राजेश महर्जनको चलचित्र ‘स्टुडेन्ट’ निर्माण हुँदै

राजेश महर्जनको चलचित्र ‘स्टुडेन्ट’ निर्माण हुँदै

मनोरन्जन, समाचार
काठमाण्डौँ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा प्राविधिकको रुपमा कार्यरत र हाल सेन्सर बोर्डका सदस्य, राष्ट्रिय चलचित्र कलाकार संघका केन्द्रिय सदस्य तथा चलचित्र प्रदर्शन अनुगमन प्रतिनिधि राजेश महर्जन हाल निर्माताको रुपमा प्रस्तुत भईरहेका छन । आफ्नो तीन दशकको लामो अनुभव पछी उनले हाल निर्माताको रुपमा आफ्नो पहिलो नेपाली चलचित्र ‘स्टुडेन्ट’को घोषणा सहित छाँयाकनको कार्य पनि शुरु गरिसकेको जानकारी गराउनु भयो । राज सिने आर्ट्सको निर्माण तथा महर्जनकै प्रस्तुती रहेको यस् चलचित्रलाई राम कृष्ण बजगाईले निर्देशान् गर्दै छन भने नृत्य निर्देशन वरिष्ठ नृत्य निर्देशक कमल राइको रहने छ । २३ वर्ष अघी नेपाली चलचित्र ‘माईली’मा रहेको चर्चित गीत ‘बांझो खेतमा छडके सलाम’ बोलको गीतलाई रिमेक गरी यस् चलचित्रमा आवद्ध गराइएको र हालै छांयाकन पनि सम्पन्न गरिएको जानकारी पनि निर्माता महर्जनले गराउनु भयो । रिमेकमा वरिष्ठ ...
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न

राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न

मनोरन्जन, समाचार
काठमाण्डौ – नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो पाँचौं संस्करणको कार्यक्रम हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका गीतहरु सहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड प्रदान गरिएको पिम नेपालकी महासचिव एवं कार्यक्रम संयोजक कमला जोशीले बताएकि छन् । त्यसैगरी यस वर्षको रजत सम्मानबाट वरिष्ठ गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” सम्मानित भएका छन् । रंग पत्रकारितामा लामो समय कलम चलाएका बरिष्ठ पत्रकार कृष्ण भट्टराईलाई पिम नेपाल कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने लामो समय देखी मानव अधिकारका क्...
प्रताप दासको ‘आउ न आउ’ मा नायक संजित र मोडल चन्दा(भिडियो)

प्रताप दासको ‘आउ न आउ’ मा नायक संजित र मोडल चन्दा(भिडियो)

मनोरन्जन, समाचार
चर्चित गायक प्रताप दासको स्वरमा ‘आउ न आउ’ बोलको गीतको भिडियो एक कार्यक्रमका वीच बालुवाटारस्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा सार्वजनिक भएको छ । टाईम्स स्क्वाएरका संचालक एवं युवा व्यबसायी राजन ढकालले बोधी एचडी यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरेका हुन । संचारकर्मी,भिडियोका कलाकार तथा प्राविधिकहरुको उपस्थितीमा उक्त भिडियो सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=Yc4C7QkL6AU अहिलेका व्यस्त एवं चकलेटी नायकको उपमा पाएका नायक संजित भण्डारी तथा मोडल चन्दा कुईकेल फिचर्ड भिडियोलाई फेशन फोटोग्राफीमा लोकप्रियता हासिल गरेका र पछिल्लो पटक निर्देशनमा सक्रिय कुुवेर तामाङ्गको निर्देशनमा तयार भएको हो । नायक भण्डारीका केहि चलचित्र प्रदर्शनको क्रममा रहेका छन भने र छायांकन हुदै गरेको चलचित्र संख्या पनि उतिकै रहका छन । सिन्धुली तथा धुलीखेलको रमणीय स्थानहरुमा छायांकन भएको भिडियो ...
गीतकार प्रकाश सापकोटाको ‘नौलाख तारा’ सार्वजनिक(भिडियो)

गीतकार प्रकाश सापकोटाको ‘नौलाख तारा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गीतकार प्रकाश सापकोटाको शव्दमा गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ । पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको अभिनय छ । https://www.youtube.com/watch?v=hs7IWSZtNE4 भिडियोमा बालकलाकार सायरा भट्टराई समेत देखिएकी छन् । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ । ...
निम अवार्डको पाँचौ संस्करणमा महर्जन, भट्टराई, शर्मा लगायतका श्रष्ठाहरु सम्मानित हुँदै

निम अवार्डको पाँचौ संस्करणमा महर्जन, भट्टराई, शर्मा लगायतका श्रष्ठाहरु सम्मानित हुँदै

मनोरन्जन, समाचार
पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा चैत्र २० गते आइतवार राधानीमा सम्पन्न हुन गईरहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “निम अवार्ड”मा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मानित गरिदै छ । सम्मानित हुनेमा बरिष्ठ गीतकार/ साहित्यकार सुरेन्द्र महर्जन “अमर”, बरिष्ठ पत्रकार कृष्ण भट्टराई, चर्चित युवा संगीतकार दिपक शर्मा, समाज सेवी एवं मानव अधिकारकर्मी दिर्घ राज जोशी, बाल गायिका सफलता श्रेष्ठ, गीतकार राखी गौचन लगायतका विभिन्न व्यक्तित्वहरु सम्मानित हुने कार्यक्रमकी संयोजक कमला जोशीले वताएकी छिन् । विगत लामो समय देखि विभिन्न क्षेत्रमा रहेर देश र समाजमा को लागि उल्लेखनिय कार्य गर्दै उदाहरणीय व्यक्तित्वको रुपमा उदाउन सफल व्यत्तित्वहरुको योगदानलाई मुल्याँकन गर्दै निम अवार्डको भव्य समारोहमा सम्मान गर्न लागिएको जोशीले वताईन ।विगत पाँच वर्ष देखी नेपालमा बोलीने विभिन...
डा.डिआरको किर्तिमानमाथी किर्तिमान, विश्वकिर्तिमान १०८ पुग्यो

डा.डिआरको किर्तिमानमाथी किर्तिमान, विश्वकिर्तिमान १०८ पुग्यो

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड कायम गर्नुभएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच उहाँका थप २८ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँको विश्व कीर्तिमानको सङ्ख्या १०८ पुगेको हो । डा. उपाध्यायलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले कीर्तिमान हस्तान्तरण गर्नुभएको थियो । डीआर म्युजिक क्रियसन आयोजक तथा खनाल सेवा समाज सहआयोजक रहेको समारोहमा डा. उपाध्यायका थप आठ एल्बम पनि विमोचन गरिएको थियो । यसअघि डा. उपाध्यायका २५ गीति एल्बम सार्वजनिक भइसकेका छन् । पूर्वप्रधानमन्त्री खनालले डा. उपाध्यायलाई विश्व कीर्तिमानका लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनशील कार्यमा लाग्न शुभकामना दिनुभयो । उहाँका कामले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउन सघाउ पुगेको पनि उल्लेख गर्नुभयो । गीतकार डा. उपाध्यायले आफूले आफ्नो सिर्जनाबाट मुलुकको पहिच...
‘तिमिलाई जब गुमाए’ भन्दै लोकप्रिय अभिनेता मदनकृष्ण श्रेष्ठ (भिडियो)

‘तिमिलाई जब गुमाए’ भन्दै लोकप्रिय अभिनेता मदनकृष्ण श्रेष्ठ (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको तिमीलाई जब गुमाए बोलको गीतको भिडियो एक कार्यक्रमका वीच सार्वजनिक गरिएको छ । गैरीधारा स्थित भोजघरमा आयोजित कार्यक्रममा ३५ वर्ष अगाडी गीतकार सरला श्रेष्ठको रचनामा तयार भएको उक्त गीतको भिडियोलाई गायक श्रेष्ठकै सुपुत्री सराना श्रेष्ठले निर्देशन गरेकी हुन । पछिल्लो पटक गायन संग संगै भिडियो निर्देशनमा समेत सक्रिय रहेकी सरानाको स्वरमा रहको गीतहरु लोकप्रिय छन । लोकप्रिय अभिनेता हरिवशं आचार्य, किरण केसी, शिवहरि पौडेल, अशोक शर्मा, गौरी शंकर धुजु,यमन श्रेष्ठ लगायत भिडियोका कलाकारहरु नायिका केकी अधिकारी,मोडल नाजिर हुसेन लगायतको निर्माण टिमको उपस्थितीमा भिडियो सार्वजनिक गरिएको थियो । गीत जति मार्मिक छ त्यति नै भिडियो उत्कृष्ट बनेको छ । भिडियो हेर्दा चलचित्र हेरेर विगत सम्झेको प्रतिक्रिया उपस्थित व्यक्तित्वहरुले दिएका थिए । https://ww...
लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री र समीक्षालाई

लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री र समीक्षालाई

मनोरन्जन, समाचार
काठमाडौं । लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री कुमारी गौतम र समीक्षा मोक्तानले हात पारेका छन्। राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रमलाई दुई समूहमा विभाजन गरिएको थियो। जसमध्ये समूह–ए बाट अभीश्री कुमारी गौतम र समूह–बी बाट समीक्षा मोक्तानले उपाधी हात पारेका हुन्। लिटल प्रिन्स एण्ड प्रिन्सेसको यो दोस्रो संस्करण हो । आई.ई.एम भक्तपूर निष्ट्सँगको सहकार्यमा कार्यक्रम आयोजनामा आएको थियो । प्रतिस्पर्धामा फस्ट रनर अप समूह–ए बाट विशेषता पौडेल र समूह–बी बाट सिमोन बरुवाल भएका छन्। त्यसैगरी सेकेन्ड रनर अपको उपाधी समूह–ए बाट प्रज्ना भुसाल र समूह–बी बाट सुप्रिम खत्री, सगँसगैँ थर्ड रनर अपको उपाधी समूह–ए बाट अथर्व ढकाल रु समूह–बी बाट आकांक्षा पोख्रेल र फोर्थ रनर अपको उपाधी समूह–ए बाट स्नीग्धा ढकाल र समूह–बी बाट सूबीसा श्रेष्ठले हात पार्न सफल भएका छन्। त्यस्तै लिटल च्याम्प अफ द ईभेन्ट महिलातर...
असहाय बालबालिकासँग मनाए सङ्गीतकार बजगाईंले जन्मदिन

असहाय बालबालिकासँग मनाए सङ्गीतकार बजगाईंले जन्मदिन

मनोरन्जन, समाचार
सङ्गीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन असहाय बालबालिकासँग मनाउनुभएको छ । काठमाडौंको मूलपानी फूयाँलगाउँमा हास्य कलाकार सुलेमान शंकर (इकु)ले विगत आधा दशकदेखि सञ्चालन गर्दैै आएको स्नेह बाल आश्रममा पुगेर सङ्गीतकार बजगाईले आफ्नो जन्म दिन मनाउनु भएको हो । त्यहाँ रहेको १६ जना बालबालिकाहरूलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफूल, मास्कलगायतका सामग्री सङ्गीतकार बजगाईंले प्रदान गर्नुभएको थियो । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरूलाई खाना खुलाउँदै उहाँले जन्मदिन मनाउनुभयो । स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्म दिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरूका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो । सङ्गीतकार बजगाईंको जन्मदिन मनाउन आश्रम पुग्नुभएका गायक तथा सङ्गीतकार भुवन ...