आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

चलचित्र कलाकार संघको टोलीद्धारा मूख्यमन्त्रीसंग भेट

चलचित्र कलाकार संघको टोलीद्धारा मूख्यमन्त्रीसंग भेट

मनोरन्जन, समाचार
नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलसंग भेटघाट तथा छलफल गरेको छ । मंगलवार बिहान मुख्यमन्त्री निवासमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले मूख्यमन्त्री जम्कट्टेललाई भेट गरी कला संस्कृतिकको संरक्षण, प्रर्वद्धन र नेपाली चलचित्र उद्योग तथा पेशाकर्मीहरुको विषयमा ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष निरौलाले चलचित्र उद्योग र यसमा आश्रीत पेशाकर्मीहरुको तथ्याङ्किय रिर्पोट प्रस्तुत गर्दै प्रदेश सरकारले हातेमालो गरीदिन आग्रह गर्नु भयो । उहाँले प्रदेशमा चलचित्रको गतिविधि तथा यसै प्रदेश भित्र बन्ने भनिएको चलचित्र सिटि तथा स्टुडियोका बारेमा समेत प्रभावकारी भुमिका खेलिदिन आग्रह गर्न भयो । अध्यक्ष निरौलाले प्रदेश भित्र बन्ने बिभिन्न भाषाभाषीका चलचित्रहरुलाई सहुलियत सहयोगका लागी नीतिगत तहबाट भुमिका खेलिदिन आग्रह गर...
युट्युब ट्रेन्डिङको एक नम्बरमा चलचित्र ‘चौका दाउ’

युट्युब ट्रेन्डिङको एक नम्बरमा चलचित्र ‘चौका दाउ’

मनोरन्जन, समाचार
यतिबेला नेपाली चलचित्र ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । यो चलचित्र दुई दिनअघि मात्र ‘ओएसआर डिजिटल’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो । छोटो समयमा नै ट्रेन्डिङमा पर्न सफल चलचित्र चौका दाउको कथा लेखन तथा संगीत विशिष्ट संगीतकार शम्भुजित बास्कोटाको रहेको छ । https://www.youtube.com/watch?v=ai5rhvLDU3k पूर्णेन्दु झा निर्देशित यो फिल्ममा सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रवीन्द्र झा, वर्षा शिवाकोटी, निर्मल शर्मालगायतका कलाकारहरूको अभिनय छ । चलचित्र शौर्यजित बास्कोटाको निर्माण रहको छ । चलचित्र नेपालमा मौलाउदै गएको कुरिती भ्रष्टाचार र त्यसका विषयमा हांस्यव्यङ्गको माध्यमबाट उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । चलचित्रमा महिला शोषणको अन्त्य सम्बन्धि जागरण र जनचेतना मूलक कथालाई मार्मिक एवं मनोरन्जनात्मक तवरले देखाईएको छ । ...
‘डिएसए स्टार २०२३’ को दशौं संस्करण सम्पन्न

‘डिएसए स्टार २०२३’ को दशौं संस्करण सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको ‘डिएसए स्टार २०२३’ सिजन १०मा दिव्य नेपाली ‘मिनी डीएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्री–टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्री–टिन सिङगिङ स्टार’ घोषित भएका छन् । प्रतियोगितामा ‘मिनी डीएसए डान्सिङ स्टार’को फस्ट रनरअप हन्नाह राई भए । ‘जुनियर डान्सिङ स्टार’तर्फ सृष्टि खड्गी फस्ट रनरअप, कृतिका भण्डारी सेकेण्ड रनरअप, श्रेया लामा थर्ड रनरअप, शिवालिका मिश्र फोर्थ रनरअप, अनिशा खड्का फिफ्थ रनरअप र सिम्रन राई सिक्थ रनरअप भए । त्यस्तै ‘जुनियर सिङगिङ स्टार’तर्फ टाशी डोमा शेर्पा फस्ट रनरअप भइन् । यस्तै ‘प्री–टीन डान्सिङ स्टार’तर्फ रेजिना कार्की फस्ट रनरअप, नवाङ छोकी तामाङ सेकेण्ड रनरअप, रुप्सा भट्टराई थर्ड रनरअप, सोनाम चोमु चुम्बा तामाङ फोर्थ रनरअप, निरज शर्मा फिफ्थ र...
लक्ष्मण श्रीको ‘म तिम्रै डल्ले हो’ सार्बजनिक(भिडियो)

लक्ष्मण श्रीको ‘म तिम्रै डल्ले हो’ सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं : सुमधुर आवाजका धनि गायक तथा कलाकार लक्ष्मण श्री र लोकप्रिय गायिका मिलन नेवारको स्वरमा नयाँ गित ‘म तिम्रै डल्ले हो’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ। दर्जनौ कर्णप्रिय गीतहरुमा आफ्नो स्वर दिएर सांगितक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक लक्ष्मण श्री एक कुशल मोडल तथा समाजसेवी समेत हुन्। डान्सिङ बिटमा रहेको गित अहिलेको ट्रेन्ड अनुसारको बनेको छ। एक नारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतको सार्बजनिक म्यूजिक भिडियोलाइ ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन कोरियोग्राफी तथा सम्पादन गरेका छन्। छायाँकार पवन सुश्लीङले छयांकन गरेको भिडियोमा ‘कार्टुन क्रु’ का सरोज अधिकारि, आश्मा बिश्वकर्मा, गायक तथा मोडल लक्ष्मण श्री र मोडल स्मारिका ढकाललाइ फिचर्ड गरिएको छ। मिठो स्वर, मौलिक शब्द, आकर्षण भिडियोले गर्दा दर्शक श्रोताको मन जित्नेमा गायक कलाकार तथा म्यूजिक भिडियोका निर्म...
एएनपी मिडियाको आयोजनामा ‘बागमती गट ट्यालेन्ट’हुदै

एएनपी मिडियाको आयोजनामा ‘बागमती गट ट्यालेन्ट’हुदै

मनोरन्जन, समाचार
एएनपी मिडिया हाउसले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाहरुका लागि देशमै पहिलोपटक रियालीटी शो आयोजना गर्ने भएको छ। विभिन्न प्रतिभा तथा सौन्दर्यमूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले बालबालिकामा अन्र्तनिहीत गायन र नृत्य प्रतिभालाई बाहिर ल्याउनका लागि पहिलोपटक बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालीटी शोका नाममा गायन र नृत्यको रियालीटी शो आयोजना गर्न लागेको हो। आयोजक संस्था एएनपी मिडिया हाउसका सिइयो लबबहादुर कार्कीले शहर केन्द्रित रियालीटी शो भईरहेको समयमा गाउँगाउँका अवसरबिहीन गायन र नृत्य प्रतिभालाई अवसर र मञ्च प्रदान गर्नका लागि यो रियालिटी शो आयोजना गर्न लागिएको बताए। ‘अहिलेका बालबालिकामा सानैदेखि फरकस्तरको लोभलाग्दो गायन र नृत्य प्रतिभा पाइन्छ। त्यस्ता वास्तविक प्रतिभा अवसर र मञ्च पाउनबाट वञ्चित हुँदै आएका छन्। तीनै वास्तविक प्रतिभाको खोजीका लागि पहिलोपटक प्रदेश...
कतारी राजदुतसंग नेपाली संगीतकर्मीहरुको भेटवार्ता

कतारी राजदुतसंग नेपाली संगीतकर्मीहरुको भेटवार्ता

मनोरन्जन, समाचार
काठमाडौं : नेपालका लागि कतारका महामहिम राजदुत युसुफ बिन मुहमद अल–हेलले संग अरबी संगीत र नेपाली संगीत बिचको समानता, फरकपनका बारेमा छलफल भएको छ । सोमबार विश्व संगीतको अवस्थाको बारेमा राजदुतको कार्यक्रममा नेपालका संगीतकर्मीले छलफल गरेका हुन् । भेटघाट कार्यक्रममा संस्थाका तर्फबाट  राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिस्ठानका अध्यक्ष तथा संगीतकार राजेन्द्र बजगाई,संगीतकार नारायण थापा गायिका रिता केसी,गायिका वेनिशा पौडेल,गीता पाण्डे,निर्देशक माईकल चन्द लगायतका संगीतकर्मीहरु उपस्थिती रहेको थियो  । ...
नायक श्रीदेव र अनुलाई ‘समयले जुरायो'(भिडियो)

नायक श्रीदेव र अनुलाई ‘समयले जुरायो'(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।“समयले जुरायो” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रमोद भट्टराई “प्रतीक” को शब्द रहेको गीतमा संगीतकार तथा गायक सरोज कोइरालाले सङीत दिएका छन । शिव परियार र मिना नेपालीको स्वर रहेको गीतको भिडियो नवल नेपालले निर्देशन गरेका हुन । नायक श्रीदेव भट्टराई र अनु शाह फिचर्ड भिडियो नवराज उप्रेतीले खिचेका हुन । भिडियो सम्पादन नवीन निरौलाले गरेका छन । https://youtu.be/zKJR4UEIEqc एक मात्र अनुशासित अवार्ड विजेता नायक भट्टराईले देश तथा विदेशका प्रतिष्ठित अवार्डहरु हात पारिसकेका छन । नेपालका चर्चित गायक गायिकाहरुको सयौं लोकप्रिय गीतको भिडियो तथा चलचित्रमा अभिनय क्षमता प्रस्तुुत गरिसकेका भट्टराईका केहि चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । ...
एएनपी मिडिया हाउसको आयोजनामा चौथो संस्करणको‘लिटिल स्टार नेपाल’

एएनपी मिडिया हाउसको आयोजनामा चौथो संस्करणको‘लिटिल स्टार नेपाल’

मनोरन्जन, समाचार
चौथो संस्करणको ‘लिटिल स्टार नेपाल २०८०’ को अन्तिम स्पर्धा यहि बैशाख १९ मा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ , र ‘गायन’ समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर डान्स’ तर्फ अभिषेक यादव विजयी हुँदा अस्मि नेपालि फर्स्ट रनरअप, रुबेन रसाइली सेकेन्ड रनर अप, पृन्सिका कार्कि थर्ड रनर अप / पब्लिक चोईस र अभिषेक यादव मस्ट पपुलर अवार्ड विजेता घोषित भए। त्यसैगरी ‘जुनियर डान्स’ तर्फ अङ्किता सुनुवारले शिर्ष ताज पहिरिँदा यान्ना श्रेष्ठ फर्स्ट रनरअप, ताकी राइ सेकेन्ड रनरअप, आलिया तामाङ थर्ड रनरअप, निश्मा बस्नेत पब्लिक चोईस र मानशी बस्नेतले मस्ट पपुलर अवार्ड हात पारे। प्रतियोगिताको ‘गायन’ तर्फ रोज तामाङले शिर्ष उपाधी आफ्नो हातमा पारिन। फर्स्ट रनरअप युमि राइ, सेकेन्ड रनरअप अन्शु कार्की, थर्ड रनरअप प्रनेक अधिकारि, पब्लिक चोईस अवार्...
गीतकार दाहाललाई उत्कृष्ट पप गीतकारको अवार्ड

गीतकार दाहाललाई उत्कृष्ट पप गीतकारको अवार्ड

मनोरन्जन, समाचार
काठमाडौं । काठमाण्डौमा सम्पन्न दशौ म्युजिक खबर म्युजिक अवार्डमा ‘कौवा करायो’ बोलको गीतका लागि गीतकार रमेश दहाललाई उत्कृष्ट पप गीतकारको अवार्ड प्रदान गरिएको छ । विगत तिन दशकदेखि नेपाली मुलधारको गीत लेखनमा सकृय दहाल आधुनिक, पप तथा राष्ट्रभाव विधाका गीत लेख्छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डको दशौं संस्करणमा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरिदा गायक भोजराज काफ्ले र निशा देशारलाई दशकको संगीत सम्मान अर्पण गरियो । गायिका मनिषा पोखरेललाई युवा प्रतिभा सम्मान र बाल गायिका आयुषा गौतमलाई बालप्रतिभा प्रोत्साहन सम्मान अर्पण गरियो । कार्यक्रममा पप गीत लेखनमा अवार्ड प्राप्त गर्न सफल दहालका सयौ हिट गीत आएका छन् भने उनका एकपछि अर...
न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’सार्वजनिक<br>(भिडियो)

न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’सार्वजनिक
(भिडियो)

मनोरन्जन, समाचार
प्रख्यात सङ्गीतकार शम्भूजीत बासकोटाको सङ्गीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत  ‘माया हुन्छ भनन’ लाई सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहीबार  काठमाडौंमा म्युजिक नेपालद्वारा एक समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा बरिस्ठ सङ्गीतकार शम्भूजीत बासकोटा, गायक राम कृष्ण ढकाल , म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, निर्देशक निकेश खड्का लगायतको उपस्थिति थियो । गीतको म्युजिक भिडियोमा गायक ढकाल र नायिका केकी अधिकारी अभिनय छ । https://youtu.be/OwDrAm5nzF8 निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको  सम्पादन छ । गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स  र ६० भन्द बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ...