आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

सुजनको ‘भुक्के चप्पल’मा नविना (भिडियो)

सुजनको ‘भुक्के चप्पल’मा नविना (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ । गायक सुजन शिवाकोटीको स्वर रहेको भुक्के चप्पल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शब्द तथा संगीत रहेको छ । निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नबिना शिलवाल (खुईली)को अभिनय रहेको छ । भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयबस्तुलाई समेटेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् । जसको कलरिङ पनि रावल स्वयमको रहेको छ । भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका हुन् । युवा उद्यमी समेत रहेका गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म...
चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला

चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला

मनोरन्जन, समाचार
अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संकृती संरक्षणमा हाम्रो अभियान भन्ने मुल उद्देश्यका साथ अवार्ड संगै नगद राशि सहितको रिवार्ड आयोजना आयोजना गर्दै आईरहेको संस्था सामना म्युजीक क्रियसनले चौथौ संस्करणको राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) २०८० को लागी आवेदन खुल्ला गरेको आयोजक ले बताएको छ । नेपाली लोक गित आधुनिक, पप, राष्ट्रीय गित लगायतका २१ विद्यामा फारम भर्न सकिने आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिईन् । २०७८ चैत्र देखि २०७९ चैत्र मसान्तभित्र बजारमा आएका सिर्जनाहलाइृ समावेश गरिने आयोजकले बताएको छ ।नेपाली मौलिक लोक गित संगितको विकास र विस्तार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ भव्य र सभ्य रुपमा आयोजना गर्न लागिएको आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिइन् ।आवेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियशन प्रा.लि.को कार्यालबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले वत...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेमा हुने

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेमा हुने

मनोरन्जन, समाचार
सेलिब्रेटी नेपालको आयोजनामा गत वर्षको बैशाखमा गोरखाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो । महोत्सवमा २६ वटा फिल्महरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए । नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरु मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा फिल्म दर्ता खुल्ला गरिएको थियो । महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु स्क्रिनिङ हुनेछन् । महोत्सवमा स्क्रिनिङ हुने फिल्महरुमध्ये उत्कृष्टलाई अवार्ड समेत प्रदान गरिने सापकोटाले जानकारी दिए । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको...
सगरमाथा म्युजिक अवार्डको पाचौं संस्करण हुने

सगरमाथा म्युजिक अवार्डको पाचौं संस्करण हुने

मनोरन्जन, समाचार
पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ । सहारा ग्रुपले सहारा राइड सेयरिङ एप, सहारा टेक्नोलोजी सञ्चालन गर्दै आएको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने म्रल नाराको साथ हुन लागेको अवार्डमा २०७९ वैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत सङ्गीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो । जुरी र भोटको आधारमा अवार...
‘म्यान अफ दि वल्र्ड’का लागि नेपालको प्रतिनिधित्व गर्ने कटवाललाई ओलीले दिए शुभकामना

‘म्यान अफ दि वल्र्ड’का लागि नेपालको प्रतिनिधित्व गर्ने कटवाललाई ओलीले दिए शुभकामना

मनोरन्जन, समाचार
काठमाडौै । मोडल विशाल कटुवाललाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन । विश्वको चर्चित कार्यक्रम ‘म्यान अफ दि वल्र्ड २०२३’मा मोरङका कटुवालले नेपालको प्रतिनिधित्व गर्ने भएकाले उनलाइ शुभकामना तथा बधाई दिएका हुन । विश्वको चर्चित कार्यक्रम ‘म्यान अफ दि वल्र्ड २०२३’मा मोरङका विशाल कटुवालले नेपालको प्रतिनिधित्व गर्ने छन् । आगामी जुन १६मा फिलिपिन्सको मनिलामा हुने उक्त कार्यक्रमका लागि उनी जुन ५ मा फिलिपिन्स जाने कार्यक्रम रहेको छ ।पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशाललाई आफ्नै निवास बालकोटमा वोलाएर नेपालको झण्डा सहित वधाई तथा सफलताको शुभकामना दिनुभएको छ । २८ वर्षिय विशाल पेशाले इन्जिनियर हुन् । इन्जिनियर विशाल कलाकारिता क्षेत्रमा पनि उत्तिकै अब्बल मानिन्छन् । चलचित्रमा समेत अभिनय गरिसकेका विशालका थुप्रै म्युजिक भि...
खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ

खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ

मनोरन्जन, समाचार
काठमाडौं । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ आएको छ । स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो । कृतिमा अमेरिकी बसाईका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिको छ । यस उपन्यासमार्फत स्रष्टा दाहालले पूर्वीय धर्म-दर्शनभित्रको ज्ञानलाई प्रवाहित गर्नुभएको छ । साथै यो उपन्यास अमेरिकी समाजको यर्थाथ परक दस्तावेजमा रुपमा आएको छ । स्रष्टा दाहालले त्यहाँ रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत उजागर गर्नुभएको छ । बौद्धिक खुराकले भरिपूर्ण रहेको यस उपन्यासमा स्रष्टा दाहाले अमेरिकी बसाई विभिन्न परिवेस, अनुभूति र अनुभवलाई पाठकमाझ पस्किनुभएको छ । कृतिमार्फत स्रष्टा दाहालले हाम्रो धर्म संस्कृतिका साथै देश बाहिरको जनजीवन कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ । यस कृतिको सम्पादन रमेश दाहालले गर्नुभएको हो भने प्रकाशक उषा दाहाल हुनुहुन्छ...
‘मिसेस तामाङ’ का लागि ३० प्रतिस्पर्धी छनोट

‘मिसेस तामाङ’ का लागि ३० प्रतिस्पर्धी छनोट

मनोरन्जन, समाचार
काठमाडौं । मिसेस तामाङका लागि ३० प्रतिस्पर्धी छनोट भएका छन् । शनिबार भएको अडिसनबाट उनीहरू छनोट भएका हुन् । बिगत आठ बर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले ‘मिसेस तामाङ-२०२३’ को अडिसन शनिबार गरको थियो । सो अडिनसबाट ३० जना प्रतिस्पर्धी छानिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक शान्ता तामाङले जानकारी गराउनुभयो । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनेसहित चलचित्र, म्युजिक भिडियोमा समेत सहभागिता हुन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरूलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने जनाइएको छ । जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर बाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्य...
नेपाल चलचित्र कलाकार संघद्वारा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ समक्ष ध्यानाकर्षण

नेपाल चलचित्र कलाकार संघद्वारा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ समक्ष ध्यानाकर्षण

मनोरन्जन, समाचार
नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष भेट गरी भ्रष्टाचार, दण्डहिनता तथा अनियमितता जस्ता समस्याहरु अन्त्य गर्न माग गरेको छ । संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले सिंहदरबारस्थित मन्त्री श्रेष्ठको कार्यकक्षमा भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाई गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो । संघको परिचय पत्रवाहक कलाकारहरुलाई सिंहदरबार लगायतका प्रशासनिक केन्द्रहरु प्रवेशमा सहजता माग गरिएको ध्यानाकर्षण पत्रमा धापासीस्थित नेपाल चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध गरिएको छ । विशिष्ट चलचित्रकर्मीहरु लगायत प्रबुद्ध नागरिक तथा जनसाधारणले जम्मा गरेको अरबौं रकम सिभिल सहकारीमा रकम अपचलन गरेकामा उक्त रकम सम्बन्धित पीडितलाई फिर्ता गराउनसमेत अनुरोध गरिएको छ । उक्त अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ...
गोदावरी मार्वलले कव्जा गरेको जग्गामा डोजर लिएर भत्काउन पुगे वडाध्यक्ष घिमिरे

गोदावरी मार्वलले कव्जा गरेको जग्गामा डोजर लिएर भत्काउन पुगे वडाध्यक्ष घिमिरे

मनोरन्जन, समाचार
ललितपुर । गोदावरी नगरपालिका वडा ३ मा रहेको गोदावरी मार्वल इन्डष्ट्रिज प्रा लि को पर्खाल लगायत अन्य संरचना भत्काईएको छ। वडाअध्यक्ष राज घिमिरेको नेतृत्वमा गएको टोलिले मार्वल कम्पनिको संरचना भत्काएको हो।सर्वोच्च अदालतको माननीय न्यायाधीश श्री सुशिला कार्की ,श्री गोविन्दकुमार उपाध्याय तथा जगदिश शर्मा पौडेलको पुर्ण इजलासले २०७२\२\३ गते उच्च पहाड फुलचोकी गोदावरी क्षेत्र पुतली ,चरा,सुन्दर पात भएका रुख प्रणाली पाईने हुँदा जैविक विविधताको संरक्षण गरिनु पर्ने भन्दै परमादेश जारी गरेको थियो। गोदावरी मार्वल उधोगले लामो समयसम्म गरेको खानी तथा खनिज कार्यबाट त्यस क्षेत्रको भु-सतहमा परेको प्रतिकुल असर,पर्यावरण र जैविक विविधतामा परेको क्षतिसमेतको यथार्थ र वास्तविक स्थिति पहिचान गरि त्यसबाट सृजित नकारात्मक असरलाई न्यूनीकरण गर्दै सो क्षेत्रलाई पुर्ववत प्राकृतिक अवस्थामा फर्काउनको लागि गर्नुपर्ने संरक्षण र ...
‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौं संस्करण काठमाडौंमा हुँदै

‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौं संस्करण काठमाडौंमा हुँदै

मनोरन्जन, समाचार
भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैटौं संस्करण काठमाडौंमा हुनेभएको छ । बिहीबार काठमाडौंमा आयोजक संस्था फर्न इभेन्ट्सले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी जेठ २१ गते (जून ४) का दिन र्‍याडिसन होटलमा यो अवार्ड समारोह आयोजना गरिने जानकारी गराइएको हो । आयोजक संस्थाको सहसंस्थापक हरिश बब्बरले भारतको राजधानी नयाँ दिल्लीसहित विभिन्न शहरमा पछिल्लो एक दशकदेखि आयोजना गरिँदै आएको क्याप्टिभेटिङ क्रिएसन अवार्डको छैटौं संस्करण काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी गराउनुभयो । यो अवार्ड समारोह पहिलो पटक भारतबाहिर आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा नेपालका सेलिब्रेटीहरूसँगै भारतका लोकप्रिय कलाकार तथा सेलिब्रेटीहरूले पनि सहभागिता जनाउने छन् । अवार्ड समारोहमा बलिउड अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झण्डै एक ...