आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

दर्शकको मन जित्दै धुर्मुस सुन्तलीको वेब फिल्म‘म त मर्छु कि क्या हो’(भिडियो)

दर्शकको मन जित्दै धुर्मुस सुन्तलीको वेब फिल्म‘म त मर्छु कि क्या हो’(भिडियो)

मनोरन्जन, समाचार
सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमा रुचाइएको छ । सार्वजनिक भएको छोटो समयमै यो फिल्मले युट्युबमा राम्रो भ्युज पाएको हो । सार्वजनिक गरिएको १२ दिनमा आइतवार दिउँसोसम्म फिल्मलाई युट्युवमा २१ लाखभन्दा बढी भ्युज मिलेको छ । दर्शक प्रतिक्रियाहरू सकारात्मक छन् ।फिल्ममा सीताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीकै भूमिकामा देख्न पाइनेछ । उनीहरूलाई लामो समयपछि अभिनयमा देख्न पाइयो भन्दै दर्शकले खुशी व्यक्त गरेका छन् । https://youtu.be/oC-i8T-lzv4 कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको केही समयपछि मात्रै युट्युबमा सार्वजनिक गरिएको थियो ।फिल्ममा उनीहरूसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनित...
राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई निवासमै पुगेर नगद सहित सम्मान प्रदान

राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई निवासमै पुगेर नगद सहित सम्मान प्रदान

मनोरन्जन, समाचार
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले अनवरत रुपमा आ-आफ्नो क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउनुभएका स्रष्टालाई निवासमै पुगेर ‘विशिष्ठ साधक सम्मान २०८०’ प्रदान गरेको छ । विगत तीनदशक भन्दा बढी समयदेखी गीत, सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका लोकगायक तथा नेपालको मौलिक बाजाबादक खड्ग प्रसादगर्वुजा, विशिष्ठ चित्रकार शशिबिक्रम शाह तथा नेपालको पहिलो रङ्गीन चलचित्र कुमारीकी नायिका विशिष्ठ चलचित्रकर्मी चैत्यदेवी सिंहलाई उहाँहरूकै बासस्थानमा पुगेर  र सम्मान पत्रसहित सम्मान गरेको हो । सो अवसरमा संस्थाका सल्लाहकार वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, समाजसेवी, साहित्यकार नमस्ते लालश्रेष्ठ, चित्रकार ज्योतिप्रकाश साथै सुभम सैजुले यसरी स्रष्टा साधकहरूलाई उहाँहरूकै बास स्थानमा पुगेर सम्मान गर्नुभनेको कला क्षेत्रकै सम्मान हो भन्ने कुरा बताउनुभयो । संस्थाले आफ्नो ...
फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न

फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न

मनोरन्जन, समाचार
गोल्डेनहर्स फिल्मस् प्रा.लि.को आयोजनामा “फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२” राजधानीमा सम्पन्न भएको छ । “राष्ट्रको विकास र समृद्धिमा योगदान–भाषा, कला, गीत, संगीत र चलचित्रकर्मीहरूको सम्मान” भन्ने नाराका साथ नेपाली कला, सँस्कृति, साहित्य, गीतसंगीत र चलचित्र क्षेत्रको प्रवद्र्धन तथा यस क्षेत्रसँग सम्बन्धित कलाकर्मीहरूको प्रोत्साहनका लागि सो अवार्ड कार्यक्रमको आयोजना गरिएको हो । नेपाली चलचित्र क्षेत्रका मूर्धन्य तीन विशिष्ठ चलचित्रकर्मीहरू अर्थात त्रिदेवी भुवन चन्द, चैत्यदेवी सिंह तथा वसुन्धरा भुषालको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको सभापतित्व गोल्डेनहर्स फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक अच्युत बजगाँईंले गर्नु भएको थियो भने कार्यक्रम निर्देशक बरिष्ठ चलचित्र सम्पादक वनिश शाह तथा कार्यक्रम संयोजक गीतकार तथा चलचित्रकर्मी गणेश सुवेदी हुनुहुन्थ्यो । नेपाल पर्यटन बोर्डको सहकार्यमा सम...
रक गायक स्व.रबिन तामाङ प्रति समर्पित ‘हेर्दा हेर्दै’ सार्वजनिक(भिडियो)

रक गायक स्व.रबिन तामाङ प्रति समर्पित ‘हेर्दा हेर्दै’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । चर्चित रक गायक रबिन तामाङ प्रति श्रद्धाञ्जली आर्पण गर्दै  नया भिडियो ‘हेर्दा हेर्दै’ सार्वजनिक गरिएको छ । रबिन एन्ड द न्यु रेभुलुसन ब्यान्डका गायक एवं संस्थापक  तामाङको  निधनमा उनी प्रति श्रद्धाञ्जली अर्पण गर्दै समकालीन ब्यान्ड mt.8848 ले आफ्नो नयाँ गित’ हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक गरेको हो । गितको भाव र परिवेश मानिस को कर्म र जीवन मृत्यु संग सम्मिलित तथ्यहरु संग मिल्दो जुल्दो रुपमा परिभाषित छ । गितको शब्द रचना, संगित र गायन mt.8848 ब्यान्ड कै रहेको छ । https://youtu.be/o5tipRlwn9I यस म्युजिक भिडियोमा कलाकारहरु सुरज खड्का, अन्जु चौलागाईं सहित अन्य कलाकारको अभिनय रहेको छ भने भिडियो लाई धन योन्जन तामङ, सन्जय पौडेलले खिचेका हुन । नवीन निरौलाको सम्पादन रहेको यस म्युजिक भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन । ...
‘पाँचौ मिस गुरुङ्ग इन्टरनेसनल’को आवेदन खुल्ला

‘पाँचौ मिस गुरुङ्ग इन्टरनेसनल’को आवेदन खुल्ला

मनोरन्जन, समाचार
भाषा, सभ्यता, संस्कृति, भेष–भुषा आदिको संरक्षण गर्ने उदेश्यले आयोजना हुँदै आइर्रहेको मिस गुरुङ्ग इन्टरनेसनल सौन्दर्य प्रतियोगिताको पाचौँ सस्करण मृगतृष्णा फेसन हाउसले यही भाद्र १० गते देखी सुरु गर्दैछ । मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणको अडिसन काठमाडौं, पोखरा, चितवन, बुटवल, गोरखा, इटहरी र सिक्किममा समेत हुनेकुरा आयोजक संस्थाकि अध्यक्ष तृष्णा गुरुङले जानकारी गराइन | छानेका उल्लेखित शहरहरुबाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमा ब्यक्तित्व बिकास, भाषा–संस्कृति, जीवन बिज्ञान लगायतका बिभिन्न बिषयहरुमा सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गराए पश्चात एक बिशेष समरोहका बीच असोज २९ गते “मिस गुरुङ्ग इन्टरनेसनल” लगायत बिभिन्न शीर्षकका बिजेताहरु घोषणा गरिनेछ । मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा सहभागी...
‘मिस ग्रेस एसइइ’को ताज रीतु र चोनिफाईलाई

‘मिस ग्रेस एसइइ’को ताज रीतु र चोनिफाईलाई

मनोरन्जन, समाचार
अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ साइपाल एकडेमीको प्रस्तुतीमा ग्रेस ईभेन्टले आयोजना गरेको मिस ग्रेस एसइइको शिर्ष ताज  रीतु कार्की तथा चोनिफाई तामाग्ङ ले चुमेका छन् भने फस्ट रनर अपमा मनिषा लामिक्षाने, सेकेण्ड रनर अपमा  स्वस्तिका सिग्देल , ब्राण्ड एम्बेसडरमा  प्रशुना भुजेल  र फेस अफ ग्रेसमा अनुपा हमाल ठकुरीले क्रमशः ताज जितेका छन् । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघर मा शनिवार आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले सो ताज पहिरिएका हुन । विधागत तर्फ भने मिस ग्रेस  नेपाल तर्फका बिजेता  रीतु कार्कीले मिस र्याम्प वाक र मिस वेष्ट फिगरको अवार्ड आफ्नो हातमा पार्दा मिस ग्रेस एसइइ तर्फकी बिजेता  चोनिफाई तामाग्ङ ले मिस बव्ली र मिस एथ्लेटको अवार्ड समेत हात पारिन । उक्त प्रतियोगिता को फस्ट रन...
भारतकै प्रतिष्ठित ‘हिन्दुस्तान रत्न अवार्ड’ नेपालका गायक तथा मोडल म्याक्सलाई

भारतकै प्रतिष्ठित ‘हिन्दुस्तान रत्न अवार्ड’ नेपालका गायक तथा मोडल म्याक्सलाई

मनोरन्जन, समाचार
मुम्बई । गायक तथा मोडल म्याक्स नेपाललाई भारतको मुम्बईमा भएको एक भव्य कार्यक्रमका वीच ‘हिन्तुस्थान रत्न अवार्ड’ प्रदान गरिएको छ । चर्चित गायक उदित नारायण झा,चर्चित म्यूजिक डाईरेक्टर स्माईल दरवार,भारतिय फाईट डाईरेक्टर टिनु बर्माले संयुक्त रुपमा गायक म्याक्सलाई अवार्ड प्रदान गरेका हुन ।मुम्बई ग्लोबल प्रेजेन्ट्स हिन्दुस्तान रत्न अवार्ड २०२३ को द क्लब, मुम्बईमा राजकुमार तिवारीद्वारा भव्य रूपमा आयोजना गरिएको थियो। भारतका चर्चित कलाकार रोनित रोय लगायत धेरै सेलिब्रेटीलाई यस प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको थियो । प्रख्यात कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने गेस्ट अफ अनर डा।बु अब्दुल्लाहको उपस्थिति थियो । कार्यक्रमका सह आयोजक वैभव शर्मा थिए, जसले आफ्नो निर्दोष एङ्करिङले पनि सबैलाई मोहित बनाएका थिए ।समारोहमा रोनित रोय, रेमो डिसुजा, उदित नारायण, इस्माइल दरब...
परिचयको मेल भर्सन बजारमा(भिडियो)

परिचयको मेल भर्सन बजारमा(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ । नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा नमिता दवाडी परिचित नाम हो । लामो समयदेखि न्युजल्याण्डमा बस्दै आएकी गीतकार नमिता दवाडीको ले परिचय बोलको गीतको भिडियोको फिमेल भर्सनको सफलतासँगै मेल भर्सन पनि बजारमा ल्याएकी छिन् । श्रेया अगस्तीको स्वर रहेको सार्वजनिक गीतमा नमिता दवाडीको शब्द शृजना, ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको गीतकार दवाडी बताउँछिन् । समाजमा तेस्रो लिंगीहरुले भोग्नु परेको पिडा र हेयको दृष्टीमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ । गीतले तेस्रो लिंगीहरुले पनि समाजमा ससम्मान, समान अधिकार पाएर बाँच्न पाउनु पर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउँछिन् । भिडियोमा कमल सिंह मुख्य भूमिकामा रहेका छ...
पिम नेपाल फिल्म फेष्टिवलको पाँचौ संस्करण सम्पन्न

पिम नेपाल फिल्म फेष्टिवलको पाँचौ संस्करण सम्पन्न

मनोरन्जन, समाचार
पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै पाँचौ पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा बिभिन्न बिधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरूलाई अवार्ड प्रदान गरिएको हो । जहाँ आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । फेष्टिवलमा सिग्देलले चलचित्र डिडेम्बर फल्स र कार्कीले चलचित्र बगानबाट उक्त अवार्ड प्राप्त गरेका हुन् । यस्तै चलचित्र लाखेबाट सम्राट बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र प्रकाशबाट निर्देशक दिनेश राउतले प्राप्त गरेका छन् । चलचित्र प्रकाशबाटै सर्वोत्कृष्ट फिचर फिल्म लेखकको अवार्ड बिकास सुबेदीले प्राप्त गरे भने सर्वोत्कृष्ट भिएफएक्स आर्टिष्टको अवार्ड स...
आजबाट राजधानीमा पाँचौं पिम नेपाल फिल्म फेस्टिबल

आजबाट राजधानीमा पाँचौं पिम नेपाल फिल्म फेस्टिबल

मनोरन्जन, समाचार
काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानको हलमा बुधबारबाट तीन दिवसीय ‘पाचौं पिम नेपाल फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार यो फेस्टिबलको उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रथम उपराष्ट्रपति झाले यस्तो प्रकारका महोत्सबले चलचित्र क्षेत्रका कलाकार प्राविधिक र निर्माताहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै फेस्टिबलको सफलताको कामना गरे । महोत्सबमा बसेर उनले नेपाली चलचित्र प्रकाश पनि हेरे ।महोत्सको उद्घाटन समारोहमा चलचित्रसँग सम्बन्धित ८ वटा संस्थाका नवगठित कार्यसमितिका पदाधिकारीलाई बधाई पत्र प्रदानसहित आगामी सफल कार्यकालको कामना गरियो । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ नेपाल, चलचित्र नृत्य संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ र चलचित्र संघका...