शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

रक गायक स्व.रबिन तामाङ प्रति समर्पित ‘हेर्दा हेर्दै’ सार्वजनिक(भिडियो)

काठमाडौं । चर्चित रक गायक रबिन तामाङ प्रति श्रद्धाञ्जली आर्पण गर्दै  नया भिडियो ‘हेर्दा हेर्दै’ सार्वजनिक गरिएको छ । रबिन एन्ड द न्यु रेभुलुसन ब्यान्डका गायक एवं संस्थापक  तामाङको  निधनमा उनी प्रति श्रद्धाञ्जली अर्पण गर्दै समकालीन ब्यान्ड mt.8848 ले आफ्नो नयाँ गित’ हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

गितको भाव र परिवेश मानिस को कर्म र जीवन मृत्यु संग सम्मिलित तथ्यहरु संग मिल्दो जुल्दो रुपमा परिभाषित छ । गितको शब्द रचना, संगित र गायन mt.8848 ब्यान्ड कै रहेको छ ।

यस म्युजिक भिडियोमा कलाकारहरु सुरज खड्का, अन्जु चौलागाईं सहित अन्य कलाकारको अभिनय रहेको छ भने भिडियो लाई धन योन्जन तामङ, सन्जय पौडेलले खिचेका हुन । नवीन निरौलाको सम्पादन रहेको यस म्युजिक भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *