आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

मनोरन्जन, समाचार
काठमाडौँ । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा सिजन मिडियाले आफ्नो अहम भूमिका स्थापित गरेको तथ्य सुनाउन पाउँदा हामी गौरवान्दित छौ । लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ । यसबाट उनीहरुको मेहनत र उपलव्धीलाई थप हौसला प्रदान गर्दै आएको छ । सिजन मिडिया आफ्नो १५ औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको सगौरव घोषणा गर्दछौ । सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफ...
गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं, साउन १८ । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ संगीतकार शम्भुजित बास्कोटाको रचना र संगीत रहेको गीतमा चाद सिंहको एरेञ्ज छ । गम्भीर विष्टको निर्देशन/कोरियोग्राफ रहेकोे गीतको भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा राकेश खड्कालगायतको अभिनय छ ।  टिमको मिहिनेतका कारण गीत र भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको थियो । यस्तै, दीपाश्रीले यो गीतमार्फत यस वर्षको तीज आएको जस्तो आभास आफूले पाएको सुनाउनुभयो । तीजको गीत भन्नासाथ आफू फुरुङ भएर नाच्न जाने गरेको समेत बताउनुभयो । शम्भुजित बास्कोटासँग करिब आधा दशक चलचित्रमा काम गरेको अनुभवको कारण...
प्रमोद भट्टराई ‘प्रतीक’को‘चुपचाप मन पराएँ’ सार्वजनिक (भिडियो)

प्रमोद भट्टराई ‘प्रतीक’को‘चुपचाप मन पराएँ’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतको सङ्ग्रह ‘चुपचाप मन पराएँ’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । गीतकार प्रतीकको शुभ जन्मोत्सवको अवसर पारेर गीतकार संघ नेपालको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा सात वटा गीतहरू सङ्ग्रहित उक्त गीति सङ्ग्रह लोर्कापर्ण गरिएको हो । विशिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, तथा विशेष अतिथिहरू संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार डा. नवराज लम्साल, गीतकार विश्व वल्लभ, गीतकार चिन्तामणि शिवाकोटी तथा गीतकार प्रतीकले संयुक्त रुपमा उक्त सङ्ग्रह लोकार्पण गर्नुभएको हो । बैंकिङ क्षेत्रमा क्रियाशिल रहँदा नै मुक्तक, कविता तथा गीत रचनामा रुची राख्नुका साथै डायरीका पानामा आफ्ना भावनाहरु सङ्ग्रहित गर्दै आएका गीतकार भट्टराईद्वारा रचना गरिएको गीतको पहिलो रेकर्डिङ २०७७ सालमा गरिएको थियो । ...
गायक भरत समारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान’ बाट सम्मानित

गायक भरत समारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान’ बाट सम्मानित

मनोरन्जन, समाचार
काठमाडौँ । गायक तथा सङ्गीतकार भरत समारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । राजधानीमा आयोजित एक समारोहकाबीच उनलाई उपसभामुख इन्दिरा राना मगर, रेशमलाल चौधरी, रेखा यादव, नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारी लगायतले उक्त सम्मान प्रदान गरे । समारीलाई नेपाली गीतसङ्गीतमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । उनीसँगै गायिका सामना शाह, गीतकार सुमन वैरागी, गायिका शान्ता जिसी, गजलकार सरला गहा थापा लगायत करिब दुई दर्जन कलाकार सम्मानित भएका थिए । नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको व्यक्तिहरूलाई प्रोत्साहन दिने उद्देश्यले गरिएको थियो । ।एक दसक भन्दा लामो समय देखि गीत सङीत को क्षेत्र् मा राम्रो स्थान बनाउन सफल भरत समारी गायक तथा र्यापर हुन्। ...
चन्द्रराज शर्माको ‘हामी नदीका दुई किनारा’ लाई पूनः गाए सुरेन्द्र श्रेष्ठले(भिडियो)

चन्द्रराज शर्माको ‘हामी नदीका दुई किनारा’ लाई पूनः गाए सुरेन्द्र श्रेष्ठले(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको नयाँ भिडियो सार्वजनिक भएको छ। यसपालि उनले पुरानो सदाबहार गीत ‘हामी नदीका दुई किनारा’को कभर भर्सन गाएका छन्। पुराना वरिष्ठ संगीतकार चन्द्र राज शर्माद्वारा संगीतबद्ध उक्त गीतका रचनाकार सुर्य राज शर्मा हुन् भने वरिष्ठ गायक सुदेश शर्माले originally उक्त गीत गाउनु भएको थियो, भने गायक सुरेन्द्र श्रेष्ठले आफ्नै पनमा यस गीत लाई गाएका छन्। गीतको भिडियो पनि सुन्दर रहेको छ। https://www.youtube.com/watch?v=HzflG3YZzDU भिडियोमा रुपेन्द्र श्रेष्ठ तथा भिन्तुना जोशी, उजय शाही तथा मथुरा महर्जनले अभिनय गरेका छन् भने छायांकन तथा सम्पादन योवन शाक्य तथा रङ्ग संयोजन आकृष्ट शाक्यले गरेका हुन् भने सज्जा स्वेता शाक्य को रहेको उक्त भिडियो को कथा लेखन तथा निर्देशन विश्वास बज्राचार्यले गर्नु भएको छ। भिडियोको प्रस्तुति सुरमेलोडी रेकर्डिङ स्टुडियो तथा ज्योति mus...
जुबली शेर्पाले हात पारिन यो वर्षको ‘मिस नेपाल नर्थ अमेरिका’को ताज

जुबली शेर्पाले हात पारिन यो वर्षको ‘मिस नेपाल नर्थ अमेरिका’को ताज

मनोरन्जन, समाचार
अमेरिका । अमेरिकामा सम्पन्न मिस नेपाल नर्थ अमेरिका प्रतियोगितामा जुबली शेर्पा मिस नेपाल नर्थ अमेरिका २०२३ को बिजेता बनेकी छिन । १८ जना प्रतियोगीहरु वीच भएको प्रतिष्प्रर्धामा जुबली को उत्कृष्ट प्रस्तुतीले यो उपाधि जित्न सफल भएकी हुन । उनी संगै फष्टरनरमा रजिला बास्तोला र सेकेण्डरनरमा इसा सुवेदीले उपाधी हात पारेकी छन । सोलुखुम्बु खुम्जुङकी जुबली नेपालमा डेफोडिल बोडिङ स्कुलको अध्ययन पछि सन २०११ मा अमेरिकामा आएका थिए । उनी अहिले म्यानहृटनस्थित हन्टर कलेजमा पोलिटिकल साइन्स विषयमा अध्ययनरत छन । ‘ मिस नेपाल नर्थअमेरिकाको उपाधि जित्न पाएकोमा धेरै खुसी लागीरहेको छ ‘ मलाई यहासम्म सहयोग गर्ने मेरो अभिभावक र सवै सहयोगीहरुलाई हादिर्क धन्यवाद दिन चाहान्छु । ‘ उनले भने-‘ नेपालमा हुदानै मिस नेपालमा भाग लिने इच्छा थियो तर त्यतिबेला ८ बर्षको मात्र भएकोले संभव भएन । अमेरिकामा आएर मेरो मिस नेपाल हुने सपना ...
आउँदो शुक्रबारदेखि प्रिन्स अभिनित ‘अदृश्य’ प्रदर्शनमा आउने

आउँदो शुक्रबारदेखि प्रिन्स अभिनित ‘अदृश्य’ प्रदर्शनमा आउने

मनोरन्जन, समाचार
आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिद सिंहले चलचित्रको विषयमा जानकारी गराउनुभयो । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कहाँ सस्पेन्स र थ्रिलर कथामा कमै चलचित्र बन्ने गरेका छन् । एकै किसिमको भन्दा फरक प्रस्तुतीकरण दर्शकले पाउनुहुनेछ । मैले पनि चलचित्रको विधाअनुसार आफ्नो स्वरूप तयार गरेको छु ।” यसै चलचित्रमार्फत निर्देशन यात्राको प्रारम्भ गर्नुभएका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताउनुभयो । “हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ । ह...
कोरियोग्राफर सन्दिप भुजेललाई ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’

कोरियोग्राफर सन्दिप भुजेललाई ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’

मनोरन्जन, समाचार
कोरियोग्राफर तथा नृत्य निर्देशक सन्दिप भुजेल ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान-२०८०’  बाट सम्मानित भएका छन ।राजधानीमा सम्पन्न ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मानूकार्यक्रममा उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको मण्डला ईन्टरटेनमेनट द्वाराआयोजित ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’मा उनले उक्त सम्मान पाएका हुन । समारोहका प्रमुख अतिथी प्रतिनिधि सभाका उप सभामुख इन्दिरा राना मगर , समारोहका विशिष्ट अतिथीहरु प्रतिनिधि सभाका साँसद रेशम लाल चौधरी ,किरण कुमार शाह ,रेखा यादवको हात बाट कोरियोग्राफर भुजेललाई सम्मान प्रदान गरिएको थियो ।डेढ दशक भन्दा लामो समय देखि नृत्य मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल साथै आफनो कलाले दर...
सराना श्रेष्ठ निर्देशित अंगदान विषयक ‘पुनर्जन्म’ सार्वजनिक(भिडियो)

सराना श्रेष्ठ निर्देशित अंगदान विषयक ‘पुनर्जन्म’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले निर्माण गरेको अंगदान र अंग प्रत्यारोपण सम्बन्धि चेतनामूलक बृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन गरिएको छ । शुक्रबार राजधानीको कुमारी हलमा आयोजित एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा उक्त वृतचित्र प्रदर्शन गरिएको हो । १५ मिनेट लामो उक्त वृत चित्रको निर्देशन सराना श्रेष्ठले गरेकी हुन । सराना वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी सुपुत्री हुन । समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वस्थ्य समाज निर्माणका लागि उपचारात्मक सेवाले मात्र संभव नहुने भएकाले रोग लाग्नै नदिन यस किसिमका जनचेतना जगाउने वृत चित्रहरुले पनि ठूलो भूमिका खेल्ने बताए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपणको क्षेत्रमा उल्लेखनिय काम गरिरहेको स्मरण गर्दै यसको सेवा देश भरि बिस्तार गर्न र तत्काल विरामीको चापको आधार...
‘कलियुग कि राधा’भईन सारिका घिमिरे(भिडियो)

‘कलियुग कि राधा’भईन सारिका घिमिरे(भिडियो)

मनोरन्जन, समाचार
सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत/एरेञ्ज रहेको ‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/h5HAj3fHSVw गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको श्रृङ्गार छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फ सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौं क्लबमा समेत पर्न सफल भएका छन् । ...