आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

थ्री व्रदर्सको आयोजनामा “मिस्टर एण्ड मिस स्कुल नवलपुर, २०१९” आयोजना हुँदै

थ्री व्रदर्सको आयोजनामा “मिस्टर एण्ड मिस स्कुल नवलपुर, २०१९” आयोजना हुँदै

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २२ । अहिलेको एक्काईसाै शताब्दीको युगमा मानिसको चाहाना कला, नृत्य, सौन्दर्यता जस्ता विविध कुरझरुमा अत्याधिक भएकाले उहाँहरुको प्रतिभालाई नेपालमा मात्र हैन संसारसामु चिनाउने र युवाह युवतीहरुको व्यक्तित्व बिकास गर्ने उद्देश्यको साथ नवलपुरमा थ्री व्रदर्स फोटोग्राफीको आयोजनामा "मिस्टर एण्ड मिस स्कुल नवलपुर, २०१९" को आयोजना गर्ने भएको छ । भर्खरै विद्यालय स्तरको वार्षिक परिक्षा दिएर बसेका कक्षा ६ देखि ९ सम्मका दिएर वसेका विद्यार्थीहरुलाई लक्षित गरि उनिहरुको खाली समयलाई सदुपयोग गर्दै उनीहरुको अन्तर्निहित क्षमतालाइ अभिबृद्दि गरी विभिन्न सामाजिक संस्थाहरुमा उनिहरुलाई सहभागीता गराउने उदेश्यले यो कार्यक्रमको आयोजना हुन लागेको जानकारी आयोजक संस्था थ्री व्रदर्शले जानकारी दिएको छ । सौन्दर्य प्रतियोगिता मार्फत निखारिएर मोडलिङ क्षेत्रमा प्रवेश गर्ने चाहना भएका साना साना विद्यार्थीह...
नायिका शान्ता तामाङ्ग मौलीक कला सम्मानबाट सम्मानित

नायिका शान्ता तामाङ्ग मौलीक कला सम्मानबाट सम्मानित

मनोरन्जन, समाचार
मोडलिङ्ग क्षेत्रमा सक्रियता संगै मिसेस नेपाल आईकनको विजेता हुदै विगत केहि वर्ष देखी सफल सौन्दर्य प्रतियोगीता आयोजकको रुपमा समेत चर्चा कमाएकी नायिका एवं महिला व्यबसायीको रुपमा समेत परिचित शान्ता कुमारी तामाङ्ग बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्ड समारोहमा मौलीक कला सम्मानबाट सम्मानित भएकी छिन । नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको हातबाट उनलाई उक्त सम्मान प्रदान गरिएको थियो । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा काभ्रेको बनेपामा आयोजित अवार्ड समारोहमा लामो समयदेखी आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान दिने वरिष्ठ व्यक्तित्वहरु अभिनेत्री बसुन्धरा भुषाल, अभिनेत्री चैत्यदेवी, संगीतकार सिताराम पोख्रेल, नायिका पूर्णिमा लामा, संगीतकार रेखा पौडल लगायतलाई सम्मान गरिएको थियो । कला क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर तथा प्रशंसा गर्दै नायिका एवं समाजसेवी शा...
नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेल मौलीक कला सम्मानबाट सम्मानित

नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेल मौलीक कला सम्मानबाट सम्मानित

मनोरन्जन, समाचार
नेपाली चलचित्र क्षेत्रकी पहिलो महिला संगीतकार रेखा पौडेल मौलीक कला सम्मानबाट सम्मानित भएकी छिन। काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ को भव्य समारोहमा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको हातबाट उनलाई उक्त सम्मान प्रदान गरिएको थियो ।   नेपाली सांगितिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल साथै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको दर्जनौ अवार्ड तथा सम्मान प्राप्त गर्न सफल पौडेलले भर्खरै मात्र राजधानीमा सम्पन्न सगरमाथा म्युजिक अवार्ड, दुवईमा सम्पन्न मोडल सङ्गस अवार्ड मा सर्वोत्कृष्ट संगितकार विधाको अवार्ड समेत हात पार्न सफल भएकी थिईन । हालै मात्र ईजिप्टमा एमएसएन एक्सिलेन्स अवार्डबाट समेत सम्मानित रेखा लामो समय देखि सांगितिक क्षेत्रमा सकृय रहदै “हमेशा,फूल,चिहान, पिपल, कोईला, मायाको सौगात, कालेदाई जस्ता थुप्रै सफल चलचित्रहरु का साथै थुप्रै सोलो एल्बम लग...
राज लुईटेलले हात पारे यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड

राज लुईटेलले हात पारे यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड

मनोरन्जन, समाचार
बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड राज लुईटेलले हात पारेका छन । चर्चित गायक स्वरुपराज आचार्यको आवाजमा रहेको मृत्यु पछि बोलको गीतको म्यूजिक भिडियोबाट उनले यस वर्षको नाट्यश्वर म्यूजिक अवार्डमा आधुनिक विधामा वर्षको उत्कृष्ट मोडलको अवार्ड हात पारेका हुन । भिडियोको निर्देशन संचारकर्मी एवं निर्देशक नव ढुंगेलले गरेका थिए भने छायांकन अमुत सुनुवार र सम्पादन माधव बेल्वासेले गरेका थिए । भिडियोमा राजलाई मोडल सलिना अनिल तथा रामकृष्णले साथ दिएका थिए । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न भएको थियो । भारतको एसिएस मिडिया तथा नायर ईण्डियाको चर्चित अन्तराष्ट्रिय गोल्डेन स्टार अर्वाडबाट समेत सम्मानित लुइँटेल भर्खरै मात्र थाईल्याण्डको बै...
नाट्यश्वर म्युजिक अवार्ड २०७५ सम्पन्न

नाट्यश्वर म्युजिक अवार्ड २०७५ सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौँ – काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्यताको साथ् सम्पन्न भएको छ । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा भब्य रुपमा अवार्ड कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यादवले भाषा सस्कृति तथा मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताए । पूर्व राष्ट्रपति डा। यादवले नेपाल आर्य र मङ्गोल सभ्याताको बीचमा रहेको उल्लेख गर्दै नेपालीले आफ्नो मौलिकता छाड्न नहुने बताए । ‘वेदबाट सुरु भएको हाम्रो मौलिकता आधुनिक युगसम्म आइपुग्दा बिर्सेका छैनौँ,’ उनले भने, ‘अब पनि हामीले हाम्रो मौलिकता छाड्नुहुन्न ।‘ नेपाली कला, संस्कृति र सभ्यताले नेपाल विश्वभर चिनिएको उनको जिकिर थियो । बिसेष अथिती नेपाली काङ्रेसको केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि अर्जन नरसिंह केसि ,नेपाली कांग्रेशका केन्द्रिय सदश्य शिब प्रसाद हुमागाई ,बरिष्ट हास्य अभिनेत्री बसुन्धरा भिसाल,चैत्य द...
चर्चित एवं वरिष्ठ गायक सिताराम पोखरेललाई ‘नाट्यश्वर रत्न सम्मान ‘

चर्चित एवं वरिष्ठ गायक सिताराम पोखरेललाई ‘नाट्यश्वर रत्न सम्मान ‘

मनोरन्जन, समाचार
काभ्रे : चर्चित एवं वरिष्ठ गायक सिताराम पोखरेल गणतन्त्र नेपालका प्रथम राष्ट्रपति महामहिम डा.रामबरण यादबको हातबाट सम्मानित भएका छन् । काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्यूजिक अवार्डमा लामो समय देखि गित संगीतको माध्यम बाट पुर्याएको अतुलनिय योगदानको कदर गर्दै प्रमुख अतिथि महामहिम डा.रामबरण यादबको हात बाट उनलाई ‘नाट्यश्वर रत्न सम्मान ‘ गरिएको थियो । साहित्य एबम सस्कृतिको बिकाशमा आयोजित नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा बिसेष अतिथिमा नेपाली कांग्रेशका केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि अर्जुन नरसिंह केसी बरिष्ट हास्य अभिनेत्री बसुन्धरा भुसाल, च्यैत देबी लगायतका बरिष्ट राजनीतिकर्मी, कलाकार, पत्रकार तथा समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।...
नायिका पूर्णिमा लामा नाट्यश्वर कला सम्मानबाट सम्मानित

नायिका पूर्णिमा लामा नाट्यश्वर कला सम्मानबाट सम्मानित

मनोरन्जन, समाचार
बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्डसको ग्राण्ड फिनाले कार्यक्रममा नायिका पूर्णिमा लामा नाट्यश्वर कला सम्मानबाट सम्मानित भएकी छिन । गणतन्त्र नेपालका प्रथम राष्ट्रपती सम्माननीय डा.रामवरण यादवको हातबाट उनी सम्मानित भएकी हुन । उक्त कार्यक्रममा नाट्यश्वर दशक सम्मानबाट वरिष्ठ कलाकार बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मानबाट चैत्यदेवीलगायत तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत विधामा आ आफ्नो क्षेत्रमा लामो समयदेखी निरन्तर अतुलनीय योगदान दिने स्रष्टा एवं कलाकार तथा पत्रकारलाई सम्मान गरिएको थियो । ५० भन्दा बढ़ी नेपाली म्युजिक भिडियोमा अभिनय गर्नुको साथै पल्टन, हिरोस, नेप्टे, बबी, रेल्लिमाई, शिव, शिवानी लगायत दुई दर्जन बढि उत्कृष्ट चलचित्रहरुमा कुशल नायिकाको भुमिका निभाई नेपाली चलचित्र क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर तथा प्रशंसा गर्दै नायिका पूर्णिमा लामालाई यस वर्ष...
पूर्व मुख्य सचिव गौतम सहित १५० ज्येष्ठ नागरिक सम्मानित

पूर्व मुख्य सचिव गौतम सहित १५० ज्येष्ठ नागरिक सम्मानित

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र १८ । चन्द्रागिरी, १७ चैत्र - ललितपुर महानगरपालिका ०५ नम्बर वडाले वडावासी ज्येष्ठ नागरिकहरुको अवलोकन भ्रमण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडाले अाइतबार ज्येष्ठ नागरिकहरुलाई चन्द्रागिरी अवलोकन भ्रमण गराउनुका साथै सम्मान कार्यक्रमको समेत आयोजना गरेको थियो । चन्द्रागिरीको अवलोकनसँगसंगै सम्मानित हुन पाउदा वडावासी ज्येस्ठ नागरिकहरु निकै खुशी देखिन्थे । वडाले नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतम सहित करिब १५० जना ज्येस्ठ नागरिकहरु कोसेली सहित सम्मान गरेको थियो । उनीहरुलाई वडा अध्यक्ष विकासमान श्रेष्ठले दोसल्ला अोढाई सम्मान गरेका थिए । ततपस्चात ज्येस्ठ नागरिकहरुको सम्मान कार्यक्रम माझ बोल्ने क्रममा वडा अध्यक्ष श्रेष्ठले ज्येस्ठ नागरिकहरु भनेका अनुभवले खारिएका र मायाको पुन्जले अोतप्रोत अग्रज ब्यक्तित्व हुन भन्दै यस्ता अभिवावकहरुको सम्मान गर्न पाउनु गर्वको बिषय र...
“पूर्वाञ्चल बेस्ट मोडल नेपाल–२०१९” को उपाधी महिला तर्फ कबिता चापागाई र पुरुषतर्फ सन्जय लहगुनको हातमा

“पूर्वाञ्चल बेस्ट मोडल नेपाल–२०१९” को उपाधी महिला तर्फ कबिता चापागाई र पुरुषतर्फ सन्जय लहगुनको हातमा

मनोरन्जन, समाचार
थ्री डि ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “पूर्वाञ्चल बेस्ट मोडल नेपाल–२०१९” सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ कविता चापागाई र पुरूष तर्फ सन्जय लहगुनले जित्न सफल भएका छन । बिराटनगरको होटल प्यासिफिकमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन । शिव कोइराला र समीक्षा पोख्रेल क्रमशः प्रतियोगिताको फर्स्ट र सेकेण्ड रनरअप भए । मस्ट पपुलर तर्फ विशाल लिम्बुले अाफ्नो ताज अाफ्नो पोल्टामा हाल्न सफल भएका थिए । प्रतियोगिताको फोटो ग्राफी एम के फोटो स्टुडियो गरेको थियो । यस सौन्दर्य प्रतियोगिता मार्फत केन्द्रिकित रूपमा काठमाण्डौमा मात्र सन्चालन हुने सौन्दर्य प्रतियोगितामा भाग लिन नसकि निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरु तथा पुरूषहरुलाई उनीहरुको क्षमताला...
सुनीता मृत्यु प्रकरणमा विवाहको दोस्रो महिनादेखि निरन्तर घर–गाडी दाइजो माग्दै यातना दिएको खुलासा

सुनीता मृत्यु प्रकरणमा विवाहको दोस्रो महिनादेखि निरन्तर घर–गाडी दाइजो माग्दै यातना दिएको खुलासा

मनोरन्जन, समाचार
वीरगन्ज — चैत्र १७ । थप दाइजो नपाएको निहुँमा सुनीता यादवको घरपक्षले उनलाई विवाहको दोस्रो महिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उफचारकै क्रममा शुत्रबार राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन् । त्यस बेला उनका पति डा. सचितानन्द यादवले आइन्दा गल्ती नदोहोर्‍याउने भन्दै लिखित रुपमै माफी मागेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख भगवान यादवले बताए । उनी सुनीताका पारिवारिक सदस्य हुन् । नारायणी अस्पतालमा कार्यरत सचितानन्दसँग बारा, परवानीपुर–५ की सुनीताको ०५९ फागुन ९ मा विवाह भएको थियो । माइती पक्षले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार रुपैयाँको गरगहना र अन्य सामान गरी झन्डै २० लाख रुपैयाँ खर्चेको थियो । बहिनीलाई पहिलोपल्ट माइती बोलाउन गएका दाजु मनोहरसँग सचितानन्दका...