आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

वियोगको स्वर ‘मुनामदन (भेट हुने कहिले)’ आधुनिक भाव र परम्पराको संगम(भिडियो)

वियोगको स्वर ‘मुनामदन (भेट हुने कहिले)’ आधुनिक भाव र परम्पराको संगम(भिडियो)

मनोरन्जन, समाचार
नेपाली गीतसंगीत प्रेमीका लागि एक भावनात्मक उपहारका रूपमा ‘मुनामदन (भेट हुने कहिले)’ सार्वजनिक भएको छ। Blue Lotus Entertainment को प्रस्तुति रहेको यस गीतमा नेपाली संगीत क्षेत्रका ख्यातिप्राप्त गायकहरू कर्ण दास, पुष्पन प्रधान, धर्मेन्द्र सेवान र गायिका माण्डवी त्रिपाठीको सशक्त स्वर समावेश छ। प्रेम, वियोग र पुनर्मिलनको अनुभूति बोकेको यस गीतको संगीत र एरेन्ज स्वयम् कर्ण दासले गरेका छन् भने सङ्गीत संयोजनमा अनुभवी सङ्गीतकार सचिन सिंहले साथ दिएका छन्। गीतका शब्दहरू निर कमल खड्का (ममल) द्वारा लेखिएका हुन्, जसले आत्मीयता र संवेदनशीलताको प्रभावशाली अभिव्यक्ति दिएका छन्। प्रकाश मिश्रले गीतको रेकर्डिङ र मिक्सिङ सम्हालेका छन् भने रेकर्डिङ कार्य Acoustic Nepal KTM स्टुडियोमा सम्पन्न भएको हो। अडियो पक्षलाई बलियो बनाउँदै गीतले श्रोतालाई भावना र स्मृतिको गहिरो संसारमा लैजान सफल भएको देखिन्छ। htt...
‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२५’ को तयारी अन्तिम चरणमा,ग्राण्ड फिनाले श्रावण १० गते

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२५’ को तयारी अन्तिम चरणमा,ग्राण्ड फिनाले श्रावण १० गते

मनोरन्जन, समाचार
काठमाडौं –दक्ष इन्टरनेशनलको आयोजनामा हुने सौन्दर्य प्रतियोगिता ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा दशौं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ। यही साउन १० गते शनिवारका  दिन नेपाल पुलीस क्लब, काठमाडौंको भव्य सभाहलमा प्रतियोगिताको फिनाले आयोजना गरिनेछ। कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुती समेत प्रस्तुत गरिने छ। सौन्दर्य, आत्मविश्वास र समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै विवाहित महिलाहरूको व्यक्तित्व र प्रतिभा उजागर गर्न आयोजित यस कार्यक्रमले विगतका संस्करणहरूमार्फत समाजमा सकारात्मक सन्देश फैलाउँदै आएको आयोजक संस्थाका प्रमुख टेकराज पाण्डेले जनाए । दशौं संस्करणमा प्रतिस्पर्धा गर्न लागेका मिस तर्फ सहभागीहरू यसप्रकार छन्: काव्या ढकाल सपना कुमारी सहनी अनुग्रह घिमिरे सोनिया रन्जित श्रेया वाग्ले विपना भट्टराई प्रमिला न...
भव्य रुपमा सम्पन्न भयो नेशनल किड्स एण्ड टिन्स सुपरस्टार

भव्य रुपमा सम्पन्न भयो नेशनल किड्स एण्ड टिन्स सुपरस्टार

मनोरन्जन, समाचार
प्रतिभाशाली बालबालिकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २ को ग्रान्ड फिनाले भव्य रूपमा म्युजिक सिटी नेपाल, बलकुमारी ललितपुरमा सम्पन्न भएको छ। यस ऐतिहासिक फिनालेमा अनुभव सापकोटा, स्मारिका गोले र सुस्लिना लोहनी ले आ–आफ्नो समूहमा विजेता बन्न सफल भएका छन्। प्रतियोगिता ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा. लि. को आयोजनामा सम्पन्न भएको हो। पूर्व शिक्षा मन्त्री माननीय देवेन्द्र पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको यस कार्यक्रममा कलाकार, निर्णायक मण्डल, मिडिया प्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकसहित हजारौं दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताको मुख्य विजेता विवरण यसप्रकार छ:  ब्वाइज समूह– विजेता: अनुभव सापकोटा– (Most Popular): संस्कृत चालिसे  जुनियर गर्ल्स समूह– विजेता: स्मारिका गोले– (Most Popular): बिलेव्स...
नारायण गजमेर र शान्ति श्री परियारको “चोर्यो मायाले” को टिजर सार्वजनिक

नारायण गजमेर र शान्ति श्री परियारको “चोर्यो मायाले” को टिजर सार्वजनिक

मनोरन्जन, समाचार
नेपाली गीत संगीतलाई माया गर्ने स्रष्टा बहुआयामिक गायक नारायण गजमेरले आफ्नो नयाँ गीत “चोर्यो मायाले” सार्वजनिक गर्दैछन्। दुर्गा खाती गज्मेरको प्रस्तुतिमा रहेको सोही गीतमा पछिल्लो समयमा निकै नै गीत संगीतमा ख्याति प्राप्त र दर्शक दीर्घाले मन पराएको गायिका शान्तिश्री परियारसँग उनले डुएट गीत गाएका छन्। गायिका शान्ति श्री परियार भन्छिन् – ” मैले धेरै सङ्ख्यामा गीतहरू गायता पनि मैले आज फेरि एउटा उत्कृष्ट रचना र सङ्गीतमा गाउन मौका पाएकी छुl यस गीतका स्रष्टा आदरणीय दीपकराज विश्वकर्मा दाइप्रति निकै नै आभार व्यक्त गर्न चाहन्छु। साथै आदरणीय सर गायक नारायण गजमेरसँग मेरो यो पहिलो सहकार्य भएको हो। जसरी मेरा श्रोताले मेरा डुएट गीतहरु मन पराउनु भएको छ त्यसैगरी नारायण सर सँगको मेरो सहकार्यलाई पनि मन पराइदिनुहुनेछ भन्ने म पूर्ण विश्वस्त छुl “चोर्यो मायाले “भर्खर मात्र छायांकन सम्पन्न भएको छ। सोही गीतलाई ...
‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ नारासहित गण्डकी स्टार अवार्ड २०८२ भव्य रूपमा सम्पन्न

‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ नारासहित गण्डकी स्टार अवार्ड २०८२ भव्य रूपमा सम्पन्न

मनोरन्जन, समाचार
‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२ भव्य रुपमा सम्पन्न भएको छ । उपमा सञ्चार प्रा.लि. र तेजनेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यता, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि. विशिष्ठ अतिथि, उपमा सञ्चार प्रा.लि.की अध्यक्ष आशा गौतमको अध्यक्षता, तेजनेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठको विशेष अतिथिमा सम्पन्न कार्यक्रममा विशिष्ठ कलाकार सविन बास्तोला, बरिष्ठ पत्रकार कृष्ण भट्टराई, बरिष्ठ गायक तथा संगीतकार थानेश्वर गौतम, वरिष्ठ लोक गायक तथा संगीतकार राजन भुजेल विश्वकर्मालाई श्रष्टा सम्मानद्वारा सम्मानित गरिएको थियो । त्यसैगरी दशक सम्मानब...
संसारकै कान्छा चलचित्र निर्देशक सौगात विष्टको लघु चलचित्र ‘भूवा’को छायाङ्कन सम्पन्न

संसारकै कान्छा चलचित्र निर्देशक सौगात विष्टको लघु चलचित्र ‘भूवा’को छायाङ्कन सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं – गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा चलचित्र निर्देशकका रूपमा नाम लेखाउन सफल सौगात विष्ट निर्देशित नयाँ लघु चलचित्र ‘भूवा’को छायाङ्कन कार्य सम्पन्न भएको छ। डान्स फिभरको प्रस्तुति रहेको यस चलचित्रलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन्।‘भूवा’ शीर्षकले सांस्कृतिक र पारिवारिक सन्दर्भ समेट्ने चलचित्रका प्रमुख कलाकार गजित विष्टले बताए। विष्ट कथाको मुख्य पात्रको रूपमा चलचित्रमा प्रस्तुत छन्।‘भूवा’ले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने अपेक्षा गरिएको छ। अत्यन्तै कम उमेरमा निर्देशनमा पाइला टेकेका सौगातले यस लघु चलचित्रमार्फत फेरि एक पटक आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।सङ्गम विष्टले लेखेको कथा र पटकथा समेटिएको यस लघु चलचित्रमा नवराज उप्रेतीको छायाङ्कन र प्रवीण भट्टको सम्पादन रहेको छ साथै बिक्रम गौतमको मेक अप रहेको यस चलचित्रको गीतम...
‘मधु’ गीतमार्फत हरिमाया कार्कीको तीज सन्देश : परम्परा र प्रेमको मिठास एकसाथ

‘मधु’ गीतमार्फत हरिमाया कार्कीको तीज सन्देश : परम्परा र प्रेमको मिठास एकसाथ

मनोरन्जन, समाचार
गायिका हरिमाया कार्कीको तिज गीत ‘मधु’ सार्वजनिक भएको छ । गायिका हरिमाया कार्कीको एकल स्वर र शब्द रचना रहेको गीत हरिमाया कार्की अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । परम्परा र आधुनिकतालाई संगालेर, नारीको भावना, वेदना, उत्सव र प्रेमको मिठास बोकेको ‘मधु’ गीतले यसवर्षको तीजलाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ। दृश्यात्मक सौन्दर्य, सम्वादात्मक हाउभाउ र परम्परागत पहिरनले गीतलाई भावनात्मक गहिराइ दिएको छ। https://youtu.be/yaxy_6BQH3Q गीतको छायांकन, सम्पादन, ग्राफिक्स तथा रंग संयोजन सबै पक्षमा निर्देशक निर्मल प्याकुरेलको रहेको छ ।खेमराज गौतमको संगीत संयोजन रहेको छ भने, गीतको रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो। ‘मधु’ बोलको गीतमा गायिका कार्कीको एकल स्वर र शब्द रचना रहेको छ । गीतको भिडियोमा समीक्षा सुनार, जानकी पुन, यामनारायण आचार्य, सिर्जना ठकुराठी, चित्रकला खत्री, हरिमाया ...
देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक (भिडियो)

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने नयाँ देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका सङ्गीत बडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ । गीतका शब्द र संगीत स्वयं संगीत बडुवालले तयार गर्नुभएको हो । दीपक संगम बिगीतको सङ्गीत जत्तिकै आकर्षक भिडियो पक्ष पनि तयार पारिएको छ । भिडियोमा दीपकसंगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी र मीना बडुवालको अभिनय छ । https://www.youtube.com/watch?v=7AXLmpJxKcI मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार भएको भिडियोमा छायांकन र रङ संयोजन अमित बीकेले गर्नुभएको छ भने दृश्य सम्पादन राजेश बोहराले गर्नुभएको छ । शैली, लय र प्रस्तुतीकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले विशेषगरी देउडा गीतप्रेमी दर्शक-स्रोतामाझ लोकप्रियता ह...
“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार”को ट्यालेन्ट राउण्ड सम्पन्न,फिनाले २८ गते

“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार”को ट्यालेन्ट राउण्ड सम्पन्न,फिनाले २८ गते

मनोरन्जन, समाचार
ललितपुर – ब्ल्याक बर्ड इन्टरटेनमेन्टको आयोजनामा आयोजित “नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २” अन्तर्गतको ट्यालेन्ट राउण्ड ललितपुरको कुमारिपाटीस्थित ड्यालिन क्याफे एण्ड मिनी बैंक्वेटमा आज अत्यन्त उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको छ। ललितपुर जिल्लाका १५ विभिन्न विद्यालयहरूबाट छानिएका २० जना बालप्रतिभाहरूले गायन, नृत्य, अभिनय, वक्तृत्व कला लगायत विविध विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै उपस्थित दर्शक तथा निर्णायकहरूको मन जित्न सफल भए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायकको रूपमा उपस्थित थिए । निणार्यक मण्डलमा  यि व्यक्तित्वहरु रहेका थिए ।  अंश वर्मा – सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व तथा उद्यमी म्याक्स नेपाल – लोकप्रिय गायक तथा मोडल प्रियंका श्रेष्ठ – मिस पूर्वाञ्चल २०१५ को विजेता सुजाता बराल – अध्यक्ष, एवाईओएन पुजा रेग्...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा नारायण थापा

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा नारायण थापा

मनोरन्जन, समाचार
काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभाले १५ सदस्यीय नया कार्यसमिति चयन गरेकोछ। राजेन्द्र बजगाईको अध्यक्षता एवं बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्बिरोध निर्वाचित भएकाछन भने दिपक शर्मा बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्बाचित भएकाछन। त्यस्तै सुजाता के सी सहमतिमा उपाध्यक्षमा सनम कठायत निर्विरोध महासचिव रिता के सी सचिव सहमतिमा निर्बाचित भएकाछन भने बेनिश पौडेल महिला सचिव,प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकाछन। त्यस्तै मनोज परियार,बिरेन्द्र सिंह भाट,कोपिला शिवाकोटी,पुजा ठकुरी,गिता पाण्डे,सुभाष तिमसिना,प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्विरोध निर्वाचित भएकाछन। १७ सदस्यीय कार्यसमितिमा बाँकि २ सदस्य भने नयाँ कार्यसमितिले चयन गर्नेछ। संस्थाका संस्थापक सल्लाहक...