शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

मनोरन्जन

“मिस्टर एण्ड मिस मकवानपुर आईडल” को पहिलो अडिसन सम्पन्न,अर्को अडिसन यहि पौष ५ र १२ गते

“मिस्टर एण्ड मिस मकवानपुर आईडल” को पहिलो अडिसन सम्पन्न,अर्को अडिसन यहि पौष ५ र १२ गते

मनोरन्जन, समाचार
हेटौंडा — मंसिर २२। मोडल सङ्ग्स नेपालको आयोजनामा मकवानपुरको हेटौडामा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” को पहिलो अडिसन सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सफल ईभेन्टहरु प्रस्तुत गर्दै आएको मोडल सङ्ग्स नेपालले मकवानपुरमा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” आयोजना गर्ने भएको हो। हेटौडामा आयोजित प्रत्रकार सम्मेलन मार्फत आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक बिबेक बिक्रम शाहाका अनुसार पहिलो अडिसनको समाप्तिसंगै रहर हुँदाहुदै बिभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको अर्को अडिसन यहि पौष ५ र १२ गते पिज्जा कटर, स्कुल रोड,हेटौंडामा हुने छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने साथै “मकवानपुर लिटल स्ट...
‘तेश्रो मिस्टर एण्ड मिस ग्ल्यासियर कलेज’को फाइनल पुस ६ गते

‘तेश्रो मिस्टर एण्ड मिस ग्ल्यासियर कलेज’को फाइनल पुस ६ गते

मनोरन्जन, समाचार
शान्तिनगर, वानेश्वरमा रहेको ग्ल्यासियर इन्टरनेशनल कलेजको आयोजनामा ‘तेश्रो मिस्टर एण्ड मिस ग्ल्यासियर कलेज’को फाइनल पुस ६ गते हुने भएको छ । १३ प्रतियोगि रहेको उक्त ‘मिस्टर एण्ड मिस ग्ल्यासियर’ को फाइनल कलमादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा हुने भएको हो । विगत ३ वर्षदेखि भवानी इन्टरटेनमेन्टसंगको सहकार्यमा मिस्टर एण्ड मिस ग्ल्यासियरको आयोजना हुँदै आएको छ । यस वर्ष तेश्रो संस्करण अन्तर्गत पुस ६ गते फाइनल गरिने भएको हो इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले बताए । जसमा अफिसियल फोटोग्राफर युवराज नेपाल, अफिसियल कोरियोग्राफर दिया श्रेष्ठ र संयोजक पूर्व मिस एण्ड मिस्टर ग्ल्यासियर विजेता द्धय विश्व घिमिरे, युना गुरुङ रहेकी छिन् । कक्षा ११ विद्यार्थीहरुको स्वागत तथा कक्षा १२ उतिर्ण विद्यार्थीहरुको विदाई कार्यक्रमका विच गरिने उक्त मिस्टर एण्ड मिस ग्ल्यासियरको विजेतालाई एक वर्षको छात्रवृद्धि, एअर...
तेजश रेग्मी र बिष्णु माझीको ‘छोटो कपाल’को भिडियो सार्वजनिक

तेजश रेग्मी र बिष्णु माझीको ‘छोटो कपाल’को भिडियो सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं : इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक गरिएको छ । तेजश रेग्मी कै शब्द संगीत तथा आसिस अभिरलको संगीत सँयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको हो । गीत युट्युबमा सार्वजनिक हुनु पुर्व नै टिक टकमा निकै रुचाइएको थियो । गीतको भिडियोमा नायिका शुस्मा कार्की र पछील्लो समयमा गायन तथा मोडलिङमा चर्चा कमाइरहेका मोडल तथा गायक दुर्गेश थापाको साथमा गोबिन्द भट्टराई फिचर्ड छन । भिडियोलाई दोहोरी गीतमा सधैं नयाँ प्रयोग र नयाँ कन्सेप्ट दिन सफल निर्देशक शिव बिकले निर्देशन गरेका छन । भिडियोमा कलेज पढ्ने युवा युवतिको प्रेम देखाउन खोजिएको छ । अजय रेग्मीको छायान्कन रहेको भिडियोलाई प्रबिण भट्टले सम्पादन गरेका छन । गीत उत्तिकै राम्रो र त्यसमाथि भिडियो पनि झन उत्कृष...
‘तिमी नै हौ मेरो’ बोल को गित को भिडियो सार्वजानिक (भिडियो सहित)

‘तिमी नै हौ मेरो’ बोल को गित को भिडियो सार्वजानिक (भिडियो सहित)

मनोरन्जन, समाचार
नेपाली गित संगित र कलाकार हरु को जमघट मा अर्का एक नव गायक अमृत बुडाप्रीथी को पनि आगमन भयेको छ। गायक/ कलाकार अमृत को हालै मात्र "तिमी नै हौ मेरो" बोल को गित को भिडियो सार्वजानिक भयेको छ । शब्द संगित गायक स्वयं कै रहेको येस भिडियो मा अभिनय अमृत र अश्मिता को रहेको छ।माया प्रेम को मीठो गुनासो बोकेको यो भिडियो का सम्पादक माद्ब बेल्बासे हुन भने छांयाक्न/ निर्देशन अमृत सुनुवार को रहेको छ । https://www.youtube.com/watch?v=ZQ5s2HtmhGk&feature=share&fbclid=IwAR3BRa_GNzfOQnrG4PdvodpTKKxA3ij3QZnAux3CBbNHE8Z3NTNGfCxJiLQ ...
मिस लेडी नेपालको उपाधी ओकी किमोची विष्टलाई

मिस लेडी नेपालको उपाधी ओकी किमोची विष्टलाई

मनोरन्जन, समाचार
काठमाडौँ — मंसिर १७ । कथा ईभेन्टसको ब्यानरमा राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न सौन्दर्य प्रतियोगिता मिस लेडी नेपाल, २०१९ को उपाधी ओकी किमोची विष्टले पहिरिन सफल भएकी छिन् । उनले विजेताको रुपमा नगद पुरस्कार रु पचास हजार, ब्राण्ड एम्बासडरको टाईटल सहित थाईल्याण्ड टुरको प्याकेज हात पारिन् । साथै उनले बिधागत तर्फको मोस्ट क्रिएटिभ र अर्गनाइजर च्वाइस अवार्ड समेत उचाल्न सफल भइन् । प्रतियोगितामा शुभेच्छा खड्गी फस्ट रनर अप चयन हुँदा खुशी बनले सेकेन्ड रनर अपको ताज आफ्नो हातमा पार्न सफल भईन। ईमेज च्यानल,असोसिरिज नेपाल र किङ्ग्स हिल वाईनको सहयकार्य र रिचार्जर एपको प्रस्तुतीमा सम्पन्न भएको समरोहमा भोटिङ पार्टनरको रुपमा ग्लोबल अनलाईन पे रहेको प्रतियोगितामा बिधागततर्फ भने शुभेच्छाले वेष्ट ड्रेस, वेष्ट पर्सनालिटी, वेष्ट कन्फिडेन्ट र वेष्ट फोटोजेनिक अवार्ड पनि आफ्नो नाममा सुरक्षित प...
मंसिर २५ देखि २९ सम्म किम्फको १७ औं संस्करणमा ६६ फिल्म

मंसिर २५ देखि २९ सम्म किम्फको १७ औं संस्करणमा ६६ फिल्म

मनोरन्जन, समाचार
काठमाडौं ,अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवको १७ औं संस्करणमा २९ देशका ६६ फिल्म प्रदर्शन हुने भएको छ। पर्वतीय विषयवस्तुमा आधारित फिल्म महोत्सव आगामी मंसिर २५ देखि २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुनेछ। नेपाली पानारोमाअन्तर्गत यस पटक १४ वटा फिल्म समावेश छन्। नेपाली पानारोमाअन्तर्गत सरला थापाको ‘ब्रिटेन्स लोन्ली गोर्खाज, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ लगायत फिल्म समावेश छन्। महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैरप्रतिस्पर्धात्मक खण्डमा समावेश छन्। महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प...
पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।

पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।

मनोरन्जन, समाचार
नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले सुरु गरेको प्रतिष्ठित फेष्टिवल हो “पिम नेपाल फिल्म फेष्टिवल” । विभिन्न यथार्तपरक विषय, क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयहरु संग सम्वन्धित रहेर सचेतना, जानकारी एवं प्रचारका लागी काम गर्ने फिल्म मेकर्सहरुलाई प्रोत्साहन गर्दै आईरहेको यस कार्यक्रमले यस पटकवाट स्थानिय स्तरमा वसेर भाषा, भेषभुषा र संस्कृति लागी काम गरेका फिल्म मेकर्सहरुलाई पनि समेट्ने उदेश्य लिएको छ । गत वर्ष राजधानी काठमाण्डौ स्थित भृकुटीमण्डपमा पौष २, ३ र ४ गते भव्य रुपमा सम्पन्न भएको यस कार्यक्रमलाई यस वर्ष प्रदेश नं ७ को राजधानी धनगढीमा मिति २०७६ पौष२४, २५ र २६गते गर्ने उदेश्य लिएको छ । ३ दिन स...
म्युजिक खबर म्युजिक अवार्डको आठौं संस्करणका मनोनयनलाई प्रमाणपत्र प्रदान

म्युजिक खबर म्युजिक अवार्डको आठौं संस्करणका मनोनयनलाई प्रमाणपत्र प्रदान

मनोरन्जन, समाचार
मंसिर १२ । म्युजिक खबर म्युजिक अवार्डको आठौं संस्करणका मनोनयनलाई प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको हो । शुभकामना मिडिया शोलुसन प्रा।लि।को आयोजनामा भएको आठौं प्रभु पे म्युजिक खबर अवार्डमा गीतसङ्गीतका ४० विधामा पर्न सफल कलाकार र सिर्जनालाई उक्त प्रमाण पत्र प्रदान गरिएको थियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’को प्रमुख आतिथ्यता एवम् म्युजिक खबरका निर्देशक मिलन मोक्तानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । मनोनयन प्रमाण पत्र प्रदान कार्यक्रममा पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एस।पी। कोइराला, गीतकार सङ्घ नेपालका अध्यक्ष चुडामणि देवकोटा, त्रिभुवन विश्वविद्यालय ललितकला विभागको प्रमुख वरिष्ठ गायिका संगीतता राना प्र...
संगीताको निर्देशनमा ‘टिलपिल टिलपिल तारा…’ (भिडियोसहित)

संगीताको निर्देशनमा ‘टिलपिल टिलपिल तारा…’ (भिडियोसहित)

मनोरन्जन, समाचार
काठमाडौं, मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा...’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ ।संगीता श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।गीत जति राम्रो छ गीतको पनि त्यतिकै राम्रो बनेको छ । गीतमा आफ्नो मायालुको रुपको वर्णन गरिएको छ । https://youtu.be/i1kg-yDN34M ...
मिस एण्ड मिसेस व्युटिफुल नेपालको पांचौ संस्करण को अडिसन पौष ५ गते

मिस एण्ड मिसेस व्युटिफुल नेपालको पांचौ संस्करण को अडिसन पौष ५ गते

मनोरन्जन, समाचार
काठमाडौँ : नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै दक्ष इन्टरनेशनल प्रालिले “मिस एण्ड मिसेस बिउटिफुल नेपाल” आयोजना गर्दै आएको छ । बिगत ४ बर्ष देखि लगातार यस प्रतियोगिता आयोजना गर्दै आएको दक्ष इन्टरनेशनल प्रालिले “मिस एण्ड मिसेस बिउटिफुल नेपाल-२०२० को अडिसन यहि आउदो पौष ५ गते शनिबार रोयल एलिनाज रेस्टुरेण्ट नयाँ बानेश्वरमा गर्ने आयोजक सस्थाका प्रबन्ध निर्देशक टेकराज पाण्डेले बताए । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्त...