विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, शाहस साक्यको एरेञ्ज र दीप घतानीको मिक्सिङ/माष्टरिङ रहेको गीत ‘गए तिम्रा यादहरू…’ को भिडियो सार्वजनिक भएको हो ।
रोशिकको निर्देशन/छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा नयन सिंह, परूषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटीलगायतका फिचर्ड हुनुहुन्छ ।
https://youtu.be/cRtbBfpPhRM
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।
डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् ।
डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पन...









