आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

सुजाता र प्रमोदको सुमधुर स्वर तथा  पल र पूजा फिचर्ड ‘ओई कान्छी’ सार्वजनिक (भिडियो)

सुजाता र प्रमोदको सुमधुर स्वर तथा पल र पूजा फिचर्ड ‘ओई कान्छी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गायक प्रमोद खरेल र गायिका सुजाता केसीको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन्। छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाइ कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने सार्बजनिक म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पुजा शर्मालाइ फिचर्ड गरिएको छ। भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन्। भिडियो हेर्नुहोस: https://www.youtube.com/watch?v=Zf5stR_413A&feature=emb_logo ...
चर्चित गीत ‘फुलमा मौरि डुल्ने बेला’ को जोडी रन्जिता र शिवनको अर्को मार्मिक गीतको भिडियो सार्वजनिक (भिडियो)

चर्चित गीत ‘फुलमा मौरि डुल्ने बेला’ को जोडी रन्जिता र शिवनको अर्को मार्मिक गीतको भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय मोडल शिवन पोखरेल अभिनित निकै मार्मिक गीत ‘क्यारी हासम खै’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका शान्तिश्री परियार र गायक राजेन्द्र कंडेलको युगल स्वर रहेको गीत देशमै एक प्रतिष्ठित पेशामा आवद्ध भएर पनि दैनीक जीवन यापन गर्न निकै कठिन परिस्थितीले विदेशीन बाध्य तुल्याएको परिवारिक विछोडको वेदनालाई प्रस्तुत गरिएको छ । https://www.youtube.com/watch?v=VN05S3emnm4&feature=share&fbclid=IwAR3qDp4BfaXps3Thx4hikSOU_InE2chCseHFDKf3wvip3rKYh-cRyeNqhlw गीत जति मार्मिक छ भिडियोमा कलाकारहरुको अभिनयले भिडियोलाई उतिकै उत्कृष्ट बनाएको छ । मोडल शिवन पोखरेलको अभिनयले देशमा रोजगारी भएर पनि सामान्य तवरले परिवार समेत पाल्न मुश्किल पश्चात विदेशिन वाध्य बनाईएको कथाले समग्र देशको शैक्षिक युवाहरु पलायन हुनुको मुख्य कारण आयश्रोत कम हुनुनै हो भन्ने यथार्थ बोलेको छ । भिडियोमा उन...
गायक रामकृष्णको स्वर र शिवन निर्देशित तथा अभिनित ‘लालुपाते’को भिडियो सार्वजनिक(भिडियो)

गायक रामकृष्णको स्वर र शिवन निर्देशित तथा अभिनित ‘लालुपाते’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायक रामकृष्ण श्रेष्ठको गायन करिअरकै पहिलो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘लालुपाते’ बोलको गीतको भिडियो आज एक समारोहका बिच संचारकर्मी समेत रहेका गायक श्रेष्ठको अनामनगर स्थित आफ्नै कार्यालयमा सार्वजनिक गरिएको हो । प्रेमकृष्ण बजगाईको शव्द संगित रहेको गीत करीब १५ बर्ष अगाडी तयार भएको हो । चर्चित गायिका सपनाश्रीसंग गायक रामकृष्ण श्रेष्ठको युगल गायन रहेको यस गीतको भिडियोमा मोडल शिवन पोखरेल, कुसुम घोतानी र जयराम बर्माले अभिनय गरेका छन्। गायक स्वयं पनि भिडियोमा देखा परेका छन । मोडल पोखरेलकै निर्देशन रहेको भिडियोको छायाँकन महेश महराले गरेका हुन भने गीतको भिडियो छायाँकन सिन्धुलीको रमणीय स्थलहरुमा गरिएको छ । गायक श्रेष्ठका आधा दर्जनभन्दा गीतका एल्बम सार्वजनिक भैसकेका छन्। https://www.youtube.com/watch?v=ThqR5tZHdes&feature=share&fbclid=IwAR39r-7C8T5UsdOJ07pSjZTAhmH_U_z9...
बिधान कार्की निर्देशित तथा समिक्षा र प्रविणको स्वरमा ‘नबोली नबोली’ सार्वजनिक(भिडियो)

बिधान कार्की निर्देशित तथा समिक्षा र प्रविणको स्वरमा ‘नबोली नबोली’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका समिक्षा अधिकारी र प्रविण बेडवालको सुमधुर स्वरमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ ।  बिधान कार्की निर्देशित तथा समिक्षा र प्रविणको स्वरमा ‘नबोली नबोली’ बोलको गीतको म्युजिक भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा शव्द र संगीत अर्जुन पोख्रेलको रहेको छ ।  गीतमा युवा पुस्ताको माया प्रेमको अवस्था चित्रित गरिएको छ । https://youtu.be/0eNGCeZ3IDk गीतको भिडियोमा सुधिर श्रेष्ठ, गरिमा शर्मा र बसन्त अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै भिडियो रेकर्डिङ नरेश बीबीसी, गीतार संजिव बराइली, पोष्टर फोटोग्राफी मिलन ढुङगाना र संजिव लामिछानको रहेको छ । भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।  ...
अस्ट्रेलिया बाट “ए झरी” बोलको गीत सार्वजनिक

अस्ट्रेलिया बाट “ए झरी” बोलको गीत सार्वजनिक

मनोरन्जन
असोज ८ काठमाडौं।रामकान्त न्यौपानेको प्रस्तुतिमा रहेको ”ए झरी” बोलको गीत सार्वजनिक भएको छ। रोशन सिंह र प्रबिशा अधिकारीको स्वरमा रहेको गितमा रोशन सिंहको शब्द/संगीत रहेको छ भने बिसाल निरौलाको संगीत संयोजनमा तयार गरिएको गितको मिक्सीङ कुमार रानाले गरेका हुन्। चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्द थापाको टिमले छायांकन गरेका छन् भने सुरेश काफ्लेले ड्रोन खिचेका छन। मिलन बिश्वकर्माले सम्पादन गर्नु भएको म्युजिक भिडियोमा रोशन सिंह र आइश्मा चौधरीको साथमा दिनेश कायस्थको अभिनय रहेको छ।भिडियो लिन्क https://youtu.be/HK300paoNdo ...
बलिउड अभिनेता आयुष्मान खुराना परे सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा

बलिउड अभिनेता आयुष्मान खुराना परे सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा

मनोरन्जन
असोज ८ काठमाडौं।सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना पर्न सफल भएका छन् ।टाइम्स म्यागेजिनको वर्ष २०२० को १०० प्रभावशाली व्यक्तिका रुपमा उनी पर्न सफल भएका हुन् । यो वर्ष टाइम म्यागेजिनमा पर्ने उनी एक मात्रै अभिनेता हुन्। उनले यो खबरबारे आफ्नो इन्स्टाग्राममा पुष्टि गरेका हुन् ।‘टाइमको विश्‍वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएकोमा गर्व महसुस भइरहेको छ’ उनले भनेका छन् । खुराना प्रभावशाली व्यक्तिमा सूचीकृत भएपछि नायिका दीपिका पादुकोणले खुशी व्यक्त गरेकी छिन्।‘मैले खुरानालाई उनको पहिलो फिल्म विक्की डोनरबाट चिनेकी हुँ । उनी त्यसअघि पनि अलग अलग तरिकाले बलिउडको हिस्सा बनेका छन् । उनले निभाएका चरित्र सुन्दर यादगार रहेका छन्’, उनले लेखेकी छिन् । अधिकांश पुरुष कलाकार तागतवाला भूमिकामा फसिरहँदा खुरानाले यस्ता भूमिकालाई तोड्दै कयौं चुनौतीले भ...
प्रकाश, माण्डवी र तेजस्वीको स्वरको ‘उड्यो चरी’सार्वजनिक (भिडियो)

प्रकाश, माण्डवी र तेजस्वीको स्वरको ‘उड्यो चरी’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
पछिल्लो समयका लोकप्रिय गायक प्रकाश सपूतको नयाँ गीत सार्वजनिक भएको छ । ‘उड्यो चरी’ बोलको गीत हालै सार्वजनिक भएको हो । यस गीतमा करण न्यौपानेको शब्द रहेको छ । गीतमा लोकप्रिय गायक प्रकाश सपूत , माण्डवी त्रिपाठी र तेजस्वी पन्तको स्वर रहेको छ। गीतलाई विपिन आचार्यले अरेन्ज गरेका हुन् । आर्थिक अवस्था कमजोर भएको परिवारमा श्रीमान् अशक्त हुँदा परिवार र छोरीलाई छोडेर परदेशिएकी श्रीमती विदेशबाट घर फर्किँदा बाकसमा आउनु परेको कथावस्तु गीतमा उतारिएको छ । गीतको भिडियोमा कलाकार शिवन पोखरेल, रोश्नी कार्की र एल्भिना खड्काको दमदार अभिनय छ । यस गीतको भिडियोलाई देबेन्द्र बब्लुले निर्देशन गरेका हुन् । यस्तै अनिल कृष्ण मानन्धरले भिडियो खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् । ‘उड्यो चरी’ लाई विन्दवासिनी म्युजिक प्रा.लिले बजारमा ल्याएको छ । भिडियो : https://www.youtube.com/watch?v=apXCHLE...
प्रेम शर्मा अभिनित दशैँ गीत ‘दशैँ होईन दशा‘’को भिडियो सार्वजनिक (भिडियो सहित)

प्रेम शर्मा अभिनित दशैँ गीत ‘दशैँ होईन दशा‘’को भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
नेपालीकोको महान् चाड विजया दशमी नजिकिदै गर्दा गीतकार सागर शर्माकोे दशैँ गीत ‘दशैँ होईन दशा…’ सार्वजनिक भएको छ । राजु परियारको स्वर र विपिन आचार्यको एरेञ्ज तथा शर्माकै लय रहेको गीतको भिडियो सार्वजिनिक भएको हो । https://youtu.be/LFIzD7XUb6E दीपक जोशीको निर्देशन तथा छायाँकन र सदिश जोशीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रेम शर्मा पौडेल, मुस्कान घिमिरे, किशोर पाण्डे तथा बालकलाकार प्रिसिला शर्मा पौडेल र राहुल जोशीको अभिनय हेर्न सकिन्छ । निकै मार्मिक शब्दहरू समेटिएको यस गीतको भिडियोमा दुःखी-गरिबको पिडा र वेदनालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई कोचे नेपाल मार्फत सार्वजनिक गरिएको छ । ...
शिवहरि पौडेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘लक्का जवान’ चैत सम्म सार्वजनिक हुने

शिवहरि पौडेल निर्देशित बहुप्रतिक्षित चलचित्र ‘लक्का जवान’ चैत सम्म सार्वजनिक हुने

मनोरन्जन, समाचार
चलचित्र ‘लक्का जवान’ चैतमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको ‘लक्का जवान’ आगामी चैतमा सार्वजनिक प्रदर्शनमा आउने भएको हो । गत चैत्र २१मा सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र कोरोनाको कहरका कारण रोकिएको थियो । प्रदर्शनको वातावरण बने दशैँ, तिहारमा, नत्र चैत्रमा ‘लक्क जवान’ सार्वजनिक प्रदर्शनमा ल्याइने चलचित्रका निर्देशक शिवहरि पौडेलले बताउनुभयो ।‘हामी फिल्म तयार गरेर बसेका छौ’ पौडेलले भन्नुभयो ‘प्रदर्शन वातावरण मिल्यो र सुरक्षित हुने महशुस हुनेवितिकै सार्वजनिक गर्छौँ ।’ चलचित्रको अहिले दोर्‍याएर कलर करेक्सन र मिस्केट केलाउने काम भइरहेको पौडेलले बताउनुभयो । केही गीत सार्वजनिकको अलवा प्रचार प्रसार समेत गरेर पनि सार्र्वजनिक स्थगित भएको चलचित्र ‘लक्का जवान’मा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्...
अभिनेत्री हेमा मालिनीले गरिन जया बच्चनको खुलेर प्रशंसा

अभिनेत्री हेमा मालिनीले गरिन जया बच्चनको खुलेर प्रशंसा

मनोरन्जन
असोज ६ मुम्बई । बलिउड अभिनेत्री तथा बिजेपी सांसद हेमा मालिनीले केही दिनअघि लोकसभामा कलाकार तथा सांसद जया बच्चनले दिएको अभिव्यक्तिको समर्थनमा मुख खोलेकी छन् । जयाले केही समयदेखि बलिउडको छवि धुमिलो बनाउनका लागि केही कलाकार नै लागिपरेको भन्दै बलिउड यस्तो नभएको जिकिर गरेकी थिइन् । उनको उक्त कुराको समर्थन गर्दै हेमाले भनेकी छन्, ‘बलिउडलाई लिएर जे जस्ता कुराहरु भइरहेका छन्, यो सबै आश्चर्यलाग्दो छ । म भन्न चाहन्छु कि बलिउड सुन्दर ठाउँ हो । धेरै मानिसले यो स्थानमा आएर नाम, दाम र इज्जत कमाएका छन् । म यहाँ लामो समयदेखि छु र मलाई यही क्षेत्रबाट नाम र इज्जत मिलेको छ । धेरै महान् मानिसहरुले मिलेर यो क्षेत्रलाई बनाएका हुन् ।’ उनले धेरै मानिसहरु यहाँ आएर आफ्नो करिअर बनाउन चाहेको तर जब ड्रग्सजस्ता मुद्दाको कुराले बलिउडलाई धुमिलो बनाउने कोशिस गरिएकाले आफूलाई पीडा भएको बताएकी छन् ।सौर्य दैनिकमा खबर छ ।...