एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टद्वारा मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम घोषणा
काठमाडौँ, १२ असोजः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सको आयोजनामा फिलिपिन्सको मनिलामा आगामी नोभेम्बर ९ मा मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
कार्यक्रमबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले उक्त जानकारी दिँदै नेपाल र फिलिपिन्सबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो ।
“नेपालको पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, त्यस अवसरमा नेपाल र फिलिपिन्स दुवै देशका कलाकारहरुले मौलिक प्रस्तुति दिनुहुनेछ”, अध्यक्ष लामाले भन्नुभयो, “कार्यक्रममा विभिन्न विधामा अवार्ड तथा सम्मान पनि प्रदान गरिनेछ ।” कार्यक्रमको उद्देश्य केबल मनोरञ्जनमा म...









