आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

मूल्य बृद्धि रोक्न भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध

मूल्य बृद्धि रोक्न भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध

आर्थिक
भदाै ३० काठमाडौँ । मूल्य बृद्धि रोक्न भन्दै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा प्रतिबन्ध लगाइएको बीबीसी हिन्दीले जनाएको छ । आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ।हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि ४० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य बढ्न सक्ने आकलन सुरू भएका छन् । ...
तत्काल जनताको छाक टार्ने बिषयमा सरकारको ध्यान केन्द्रित हुनु पर्छ:डा. डीआर उपाध्याय

तत्काल जनताको छाक टार्ने बिषयमा सरकारको ध्यान केन्द्रित हुनु पर्छ:डा. डीआर उपाध्याय

आर्थिक, समाचार
डा. डीआर उपाध्याय कोभिड नियन्त्रण तथा न्यूनीकरणतर्फ सवैको ध्यान जानु पर्ने आबश्यकता देखिएको छ । सरकारको मात्र एक्लो प्रयासले सम्भव भएन । यसले सारा राज्य संयन्त्रको ध्यान खिचिरहेको छ । धेरै मान्छेले रोजगार गुमाएका छन । दैनिक कमाएर खानुपर्ने मजदुरको समस्या थपिदै गएको छ । झन्डै ६ महिनासम्म जारी गरिएको लकडाउनका कारण लाखौं जनताको आम्दानीको स्रोत बन्द छ । जसले गर्दा धेरै मान्छेहरु रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्तामा छन । कोभिड नियन्त्रणसँगै जनताको दैनिकीको विषयलाई गम्भीर हुनु पर्ने आबश्यकता देखिएको छ । अहिलेसम्म जे जति कमजोरी भएका छन, तिनलाई सुधार्दै समस्या समाधानतर्फ राज्यका निकाय अघि बढनु पर्छ । कोभिड नियन्त्रण गर्न दोस्रोपटक जारी गरिएको लकडाउन विस्तारै खुकुलो हुँदै त गएको छ। तर कोभिडको संक्रमण दर डर लाग्दो रुपले बढिरहेको छ । यो नै चिन्ताको बिषय हो । लकडाउन खुकुलो भए पनि ब्या...
शेयर कारोबार नेप्सेमा झिनो सुधार

शेयर कारोबार नेप्सेमा झिनो सुधार

आर्थिक
भदाै २९ काठमाडाैं ।  धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.२६ बिन्दुले उकालो लागेर एक हजार ५४०.५१ मा पुगेको छ । सेन्सेटिभ परिसूचक २.२८ ले वृद्धि भई ३०६.२४ मा पुगेको छ । कूल १९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर रु तीन अर्ब २१ करोड ४ लाख ७९ हजार १३२ मूल्यमा खरिद बिक्री भए । बजार उकालो लागिरहँदा बजार पूँजीकरणमा वृद्धि भई रु २० खर्ब ४८ अर्ब बराबरको भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । बैंकिङ १४.६८, विकास बैंक २०.९८, जलविद्युत् १२.२, वित्त ६.९४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्प...
सर्वोच्चले भन्योः कित्ताकाट फुकुवा गर्ने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्नू

सर्वोच्चले भन्योः कित्ताकाट फुकुवा गर्ने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्नू

आर्थिक, समाचार
मन्त्रीस्तरीय निर्णयबाट फुकुवा भएको जग्गाको कित्ताकाट सम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सोमबार जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। अधिवक्ता सन्तोष भण्डारीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ।यही भदौ १८ गते भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले रोकिएको जग्गाको कित्ताकाट फुकुवा गराउने निर्णय गरेकी थिइन्। उनको यो निर्णयको आलोचना भइरहेको थियो। २०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कि...
ग्रिन पिन सेवा सुरु गर्दै सनराइज बैंक

ग्रिन पिन सेवा सुरु गर्दै सनराइज बैंक

आर्थिक
भदौ २८ काठमाडौं । सनराइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिन पिन सेवा सुरु गरेको छ । यस सेवाको सुरुवातसँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंकको एटीएम वा अन्य कुनै बैंकहरूको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिन पिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुँदा यो सुबिधा पहिले भन्दा अझै सुरक्षित हुने बैंकको बिश्वास छ । साथै, कागजि पिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पूःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखा मार्फत निबेदन दिए पश्चात तत्कालै...
जटिल परिस्थितीमा डटेर सामना गर्नुको विकल्प छैन : उर्मिला श्रेष्ठ, अध्यक्ष- नेपाल महिला चेम्बर

जटिल परिस्थितीमा डटेर सामना गर्नुको विकल्प छैन : उर्मिला श्रेष्ठ, अध्यक्ष- नेपाल महिला चेम्बर

आर्थिक, समाचार
काठमाण्डौं, २८ भाद्र – नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड १९ बाट बढि जसो महिला उद्यमीहरु प्रभावित बनेको बताएकी छिन् । आईतबार नेपाल महिला चेम्बरद्वारा आयोजित कोभिड १९ बाट व्यापारको क्षेत्रमा परेको प्रभाव, योगदान र अनुभव आदान प्रदान बिषयक वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताको रुपमा बोल्ने क्रममा उनले सो कुरा राखेकी हुन । अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट सिर्जित प्रतिकुल अवस्था, यस माझमा आफुले भोगेका अनुभव साथै महिला उद्यमशिलताको क्षेत्रमा परेको असर बारे विस्तृत रुपमा वर्णन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९, कोरोना भाईरसका कारण विश्व बजार नै प्रभावित बनेको अवस्थामा यस जटिल परिस्थितीको डटेर सामना गर्नुको विकल्प नभएको उल्लेख गरिन । अध्यक्ष श्रेष्ठले प्राय जसो महिला उद्यमीहरु हस्तकलाजन्य उद्योग, व्युटीपार्लर, टेलरिङ, फिटनेश सेन्टर, होम स्टे, नर्सिङ होम आदी संचालन गर...
असला माछा पाइन छाडे

असला माछा पाइन छाडे

आर्थिक, समाज
भदाै २८ खलङ्गा । जुम्लाको तिला र हिमा नदीमा पाइने असला माछा लोप हुन थालेका छन् । जथाभावी ढङ्गले नदीमा माछा मार्ने कार्य बढेपछि कर्णाली नदी तथा यसका सहायक नदीहरुमा माछा पाउन छाडेका हुन् । माछा मार्दा, करेन्ट लगाउने, विषादी प्रयोग गर्ने, विस्फोटक पदार्थको प्रयोग गर्नाले सो नदीमा माछा पाइने छाडेको तिला गाउँपालिका कार्यवाहक अध्यक्ष विष्णु बुढाले बताए। नदी आसपासका क्षेत्रका स्थानीयवासीको गुजारा चलाउने माध्यम नै माछा हो । यो राम्रो आम्दानीको स्रोत पनि हो । स्वादिला माछाका प्रजाति लोप हुँदै जाँदा यहाँका स्थानीयवासीको पेशासमेत सङ्कटमा परेको छ । खोलामा करेन्टले माछा मार्न थालेपछि यहाँका माछा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी कृष्णबहादुर बुढाले बताए । उनले भने, “पहिले धेरै माछा पाइन्थे माछा मारेर यहाँका स्थानीयवासीको जीविका चल्थ्यो अहिले माछा भेटिन छाड्यो ।” सो नदीमा माछा पाउन छाडेपछि माछा सं...
यस्तो छ आजको सुनको मूल्य

यस्तो छ आजको सुनको मूल्य

आर्थिक
काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ ।शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहँदै सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० रुपियाँमा कारोबार भइरहेको जनाइएको छ । ...
करमा छुट दिँदै स्थानीय सरकार

करमा छुट दिँदै स्थानीय सरकार

आर्थिक
भदाै २७ काठमाडाैं । कोरोनाका कारण आर्थिक अवस्थामा मन्दी आएपछि अर्घाखाँचीका स्थानीय तहले विभिन्न करमा छुट गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिकाले कोरोनाका कारण व्यवसाय बन्द गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७६÷७७ अर्थात् एक वर्षको व्यवसाय करमा शतप्रतिशत मिनाहा गर्ने निर्णय गरेको छ । सबै व्यवसायीहरुको व्यवसाय कोरोनाले चौपट पारेको निष्कर्ष निकाल्दै किराना, साना होटल तथा रेस्टुरेन्ट, कपडा पसललगायत सबैको व्यवसाय कर मिनाहा गरेको नगरपालिकाका प्रमुख रेशम थापाले बताए । त्यस्तै सन्धिखर्क नगरपालिकाले व्यवसाय कर, उद्योग व्यवसाय करमा १० प्रतिशत छुट दिएको सन्धिखर्क नगरपालिकाका राजश्व शाखा प्रमुख मुक्ति खनालले बताए। उनका अनुसार विदेशबाट फर्किएर सन्धिखर्क नगरपालिका भित्रमा कुनै उद्योग दर्ता गर्न चाहेमा त्यस्तो व्यक्तिलाई ५० प्रतिशत छुट दिने निर्णय भएको छ । कोरोनाका कारण सुपा देउराली मन्दिर बन...
अस्ट्रेलियामा ‘नेपाली रक्तदाता संघ’ गठन

अस्ट्रेलियामा ‘नेपाली रक्तदाता संघ’ गठन

आर्थिक, समाचार
अस्ट्रेलियामा रहेका नेपाली रक्तदाताहरूको समूह तथा सामाजिक अभियन्ताको एक भेलाले ब्लड डोनर्स एसोसिएसन अस्ट्रेलिया गठन गरेको छ। अस्ट्रेलियामा लामो समयदेखि बसोबास गर्दै आएका भूपाल सिटौलाको अध्यक्षतामा गठित सो संघका उपाध्यक्षमा मुक्तिराम पोखरेल, प्रकाश खरेल सचिवमा चन्द्रप्रकाश ढकाल,कोषाध्यक्षमा रञ्जिता भण्डारी छन्। यस्तै नवगठिन रक्तदाता संघ अस्ट्रेलियाका सदस्यहरूमा राज खनाल, उमेश पोखरेल, ईश्वर कुइँकेल, दिवाकर काफ्ले, सूर्य खनाल, ललित मल्ल, निरज खतिवडा, अर्जन गैरे, सिमा थापा, प्रशन्न दाहाल र अजय राजवंशी छन्। संघको संरक्षकमा विनोद मैनाली र सल्लाहकारमा दिनेश पाखरेल, विष्णु हमाल, टोनु गोथाने, भैरव ढकाल, भुमा लिम्बू ,देवेन्द्र सापकोटा र महेन्द्र ओली छन्। यो संस्थालाई अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले समेत भगिनी संस्थाको रूपमा समेत मान्यता प्रदान गरेको छ। रक्तदान जीवनदान भएको कारण...