अपराध नियन्त्रणका लागि हाई टेक क्यामेरा जडान गर्दैछौ : वरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदी
काठमाण्डौं, कार्तिक - महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले उपत्यकाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरीले उपत्यकामा फेसियल डिटेक्सन गर्न सक्ने उच्च प्रविधीयुक्त हाई टेक क्यामेरा जडान गर्ने तयारीमा रहेको बताएका छन् । मैतीदेवीमा नेपाल प्रहरी, स्थानिय तह, समुदाय र सामाजिक संस्थाको संयुक्त आयोजनामा भएको सुरक्षा सम्बन्धी अन्तर्क्िरया कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट संबोधन गर्दै उनले सो कुरा खुलासा गरेका हुन् । सुवेदीले समुदायको रमाईलो नै प्रहरीको खुसी रहेको बताउदै प्रहरी नागरिकको शान्ति सुरक्षामा दत्तचित्त भएर लाग्दै आएको पनि बताए । वरिष्ठ प्रहरी उपरिक्षक सुवेदीले दशैमा उपत्यकाको घर छाडेर गाउं वा घुमफिरका लागि अन्यत्र जादां प्रहरीलाई खवर गर्न नेपाल प्रहरीले जारी गरेको अनुरोध सफल साबित भएको बताउदै उक्त सुचनाका आधारमा करिव ५०० जन...









