आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै

राजनीति, समाचार
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ। सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा १४औं महाधिवेशनका विषयमा छलफल हुनेछ। महाविधेशन कार्यतालिका, क्रियाशील सदस्यताको अनुमोदनलगायतका मुख्य विषयमा छलफल केन्द्रित हुनेछ। विविध कारणले महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले आजको बैठकमा नयाँ कार्यतालिकाको विषयमा छलफल हुने एक नेताले बताए। आजको बैठकमा निर्वाचन निर्देशिका तथा विवादित क्रियाशील सदस्यताका बारेमा समेत छलफल हुनेछ। बुधबार राति पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सम्पन्न पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।बुधबारको बैठकमा सभापति शेरबहादुर देउवाले भदौमै महाधिवेशन गर्ने दोहो¥याएका थिए। क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलगायत कारणले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर...
आज बुधवारको  विदेशी मुद्राको विनिमयदर

आज बुधवारको विदेशी मुद्राको विनिमयदर

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले बुधवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २८ पैसा बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा, क्यानडियन डलरको खरिददर ९४ रुपैयाँ ४८ पैसा, बिक्रीदर ९४ रुपैयाँ ९६ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । हेर्नुहोस् अन्य विभिन्न मुलुकको विनिमयदर कति छ ? ...
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएका कुलमान घिसिङ आज कार्यभार सम्हाल्दै

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएका कुलमान घिसिङ आज कार्यभार सम्हाल्दै

समाचार, समाज
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएका कुलमान घिसिङले आज कार्यभार सम्हाल्दै छन्। उनले आज नियुक्तपत्र बुझेर आजै कार्यभार सम्हाल्ने छन्। मन्त्रालयबाट नियुक्तिपत्र बुझेर उनले बिहान ११ बजे प्राधिकरण पुगेर कार्यभार सम्हाल्ने बताइएको छ। सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई प्राधिकरणमा पुन: नियुक्ति गरेको थियो। प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ‍। उनलाई अहिले खाइपाई आएको सुविधामा नघट्ने गरी पूर्णकालीन रूपमा आयोगमा पदस्थापन गरिएको हो। कुलमान चार वर्ष विद्युत् प्राधिकरणमा काम गरेर २८ भदौ २०७७ मा बिदा भएका थिए । उनको कार्यकालमा सर्वप्रथम काठमाडौं हुँदै देशभर १ जेठ २०७५ मा लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो । घिसिङको पालामा व...
नेपाली कांग्रेसको  १४औं महाधिवेशन  घोषित मितिमा नहुने पक्कापक्की

नेपाली कांग्रेसको १४औं महाधिवेशन घोषित मितिमा नहुने पक्कापक्की

राजनीति, समाचार
नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्म तोकिएको १४औं महाधिवेशन अब घोषित मितिमा नहुने पक्कापक्की भएपछि कांग्रेसभित्र किचलो बढ्दै गएको छ । कांग्रेसले क्रियाशील सदस्यताका विषयमा देखिएका विवाद समाधान गर्न नसकेपछि संस्थापन पक्ष घोषित मिति फेरि सार्ने तयारीमा छ । तर इतर पक्ष मानिएको रामचन्द्र पौडेल समूह भने २३ भदौपछि पार्टीको वैधानिकता सकिने भन्दै कुनै हालतमा सो मितिभित्रै महाधिवेशन गरेर पार्टीको वैधानिक अस्तित्व जोगाउनुपर्ने अडानमा छ । सो विषयमा पौडेल पक्षका जिल्ला सभापति राजधानी काठमाडौं आएरै पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाएका छन् । सोमबार पौडेल पक्षका ३५ जिल्लाका सभापतिहरूले काठमाडौंमा भेला नै गरेर महाधिवेशन हुनै नदिने षड्यन्त्र भइरहेको र सो प्रयास असफल बनाउने भन्दै बैठकमा छन् । यसैगरी, पौडेल पक्षले सोमबार नै आफू पक्षधर केन्द्रीय सदस्यलाई एक ठाउँ राखेर सभापतिको महाधिवेशन स...
आज संघीय सदनको बैठक बस्दै

आज संघीय सदनको बैठक बस्दै

राजनीति, समाचार
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ । प्रतिनिधि सभा बैठकको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित टेबुल गर्ने रहेको छ । त्यस्तै, राष्ट्रिय सभा बैठक बिहान ११ बजे बस्ने भएको छ । ...
साउन २६ गते मंगलवारको राशिफल

साउन २६ गते मंगलवारको राशिफल

राशिफल, समाचार
वि.सं.२०७८ साल साउन २६ गते । मंगलवार । ईश्वी सन् २०२१ अगष्ट १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– द्वितीया, बेलुकी ०६ बजेर १० मिनेट उप्रान्त तृतीया । नक्षत्र– मघा, बिहान १० बजेर ५४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– परिध, बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त शिव । करण– बालव, बिहान ०६ बजेर ३० मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर १० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । दिनमान ३३ घडी ०१ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा आफ्नै कारणले कमजोरि गरेको भान हुनेछ । व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानी वढाउन सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । तरपनि मेहनेत गर्दा ईज्जत प्र...
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, समाचार
साउन २० गतेदेखि विक्रीमा आएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको कम्पनीको  आईपीओ छिटो अवधिभित्र मात्र विक्रीमा रहने भएको हो ।   कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको कुल रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको ५४ लाख कित्ता शेयर खरिदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।  आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।...
एसईई को परीक्षाफल प्रकाशन ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४४४

एसईई को परीक्षाफल प्रकाशन ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४४४

शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरुले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएका पाइएको छ । यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४४४ छ । गत वर्ष ४ लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकामा विद्यालयहरुले ९ हजार ३१९ जनाले ४ जीपीए ल्याएका थिए । जबकि बोर्डले परीक्षा सञ्चालन गर्दा २०७५ मा १ सय ६ र २०७४ मा ७४ जनाले मात्रै ४ जीस्पीए पाएका थिए । विद्यालययले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार हुन सकेन । बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित एसईईको विद्यार्थी मूल्याकंन नतिजा प्रकाशन तथा प्रमणीकरण कार्यविधि २०७८ जारी गरेको थियो । ...
आज साउन २४ गते आईतवारको राशिफल

आज साउन २४ गते आईतवारको राशिफल

राशिफल, समाचार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनी कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउन सकिनेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खेदकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिनेहरुका लागी समयले साथ दिनेछ भने चाहेको उपलव्धी हासिल गर्न सकिनेछ । उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुची बड्नेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेम प्रशङमा मनमुटाव हुने योग रहेक...
‘फुलको अवैध तथा अनियन्त्रित आयात बन्द गर’:पुष्प उत्पादक किसान

‘फुलको अवैध तथा अनियन्त्रित आयात बन्द गर’:पुष्प उत्पादक किसान

आर्थिक, समाचार
भारतबाट पुष्प तथा पुष्पजन्य वस्तु अवैध आयात भइरहेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । अखिल नेपाल किसान महासंघ, ङ्खलोरिकल्चर एसोसियसन नेपाल तथा नर्सरी तथा पुष्प उत्पादक किसान संघले संयुक्त रूपमा पुष्प एवं पुष्पजन्य सामग्री अवैध कारोबार रोक्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शनसमेत गरेका छन् । उनीहरूले ‘प्रयोग गरौं बारीको बहिष्कार गरौं पारीको’, ‘पुष्प व्यवसायलाई अति आवश्यकीय कृषिजन्य बस्तुको सूचीमा समावेश गर’, ‘फुलको अवैध तथा अनियन्त्रित आयात बन्द गर’लगायत नाराबाजी गर्दै प्रदर्शन गरेका गरेका हुन् । भारतलगायत अन्य देशबाट गैरकानुनी रूपमा फुल ल्याउने काम जारी भएको र त्यसको विरोध गर्दा नेपालका किसानलाई तर्साउने, धम्क्याउने गरिएको आरोपसमेत उनीहरूले लगाएका छन् । लकडाउनका कारण पुष्प व्यवसायी किसान धराशयी भइरहेको बेला नेपालभित्रैको उत्पादन खपत गर्नुको साटो कर छलेर भारतबाट फुल ल्याउने ‘दलाल’ ...