आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, समाचार
साउन २७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आइतवार (आज) अन्तिम दिन रहेको छ । मागभन्दा ६५ दशमलव २० गुणा बढी आवेदन परिसकेको यस कम्पनीको आईपीओ छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहने भएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ः ३० बजेसम्म १८ लाख ५६ हजार ५५० जना आवेदकहरुले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरीदको आवेदन परेको हो । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ...
पार्टी एकताका लागि आफूहरू अन्तिम पर्खाइमा रहेको :वरिष्ठ नेता माधवकुमार नेपाल

पार्टी एकताका लागि आफूहरू अन्तिम पर्खाइमा रहेको :वरिष्ठ नेता माधवकुमार नेपाल

राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको आन्तरिक पार्टी एकताका लागि आफूहरू अन्तिम पर्खाइमा रहेको बताएका छन् । एकताका सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठन गर्ने जिम्मेवारीबाट पछि नहट्ने चेतावनी दिँदै उनले अध्यक्ष केपी शर्मा ओलीबाट एकलौटी रूपले पार्टीका गतिविधि भइरहेकाले आफू लुरुक्क परेर नजाने बताए । शनिवार काठमाडौँमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको नेतृत्व घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले आफूहरू तत्कालै सरकारमा नजानेसमेत स्पष्ट पारे । केही नेताले सरकारमा जाने कुरा गरिरहे पनि मन्त्री ठूलो विषय नभएको र विचार नै महìवपूर्ण र ठूलो कुरा भएको उनले बताए । उनले छुट्टै दल भएको भए सरकारमा मन्त्री पठाउन कुनै समस्या नभए पनि अहिले तत्कालै सरकारमा जाने सम्भावना नरहेको स्पष्ट पारे । आफूहरूले मन्त्रिपरिषद् विस्तार गर्न र विभिन्न नियुक्ति गर्न स...
सल्लाघारीमा उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीको बस पार्क बनाउन प्रस्ताव

सल्लाघारीमा उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीको बस पार्क बनाउन प्रस्ताव

समाचार, समाज
भक्तपुर नगरपालिकाले रु एक करोड खर्चेर पर्खाल लगाएर संरक्षण गरेको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०२ रोपनी जग्गामा उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीको बस पार्क बनाउन प्रस्ताव भएको छ । भक्तपुर नगरपालिकाले लामो समयदेखि ख्वपः विश्वविद्यालय तथा ख्वपः मेडिकल कलेज बनाउन सरकारसमक्ष प्रस्ताव पेश गर्दै आएको यो जग्गामा बस पार्क बनाउन काठमाडौँ महानगरपालिकामा सुझाव आएको हो । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पेश गरेको ‘लामो दूरीका सार्वजनिक सवारीसाधन व्यवस्थापनसम्बन्धी अध्यययन प्रतिवेदन २०७८’ मा सल्लाघारीको उक्त जग्गामा बसपार्क बनाउन सुझाव आएको महानगरपालिकाले जानकारी दिएको छ । दरबार हत्या काण्ड अगाडि तत्कालीन युवराज निराजन शाहका लागि दरबार बनाउन प्रारम्भिक तयार गरिसकेको यो जग्गामा पछि भ...
साउन ३१ गते आईतवारको राशिफल

साउन ३१ गते आईतवारको राशिफल

राशिफल, समाचार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानी गर्ने अवसर जुर्नेछ । व्यावसायकै शवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सत्रुमाथि वीजय गर्न सकिनेछ तथा आट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछीसम्म आम्दानी भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी का...
नेपालमा  दक्षिण एसियाली मुलुकमध्येकै कोभिड–१९ को सङ्क्रमण दर बढ्दो क्रममा

नेपालमा दक्षिण एसियाली मुलुकमध्येकै कोभिड–१९ को सङ्क्रमण दर बढ्दो क्रममा

समाचार, स्वास्थ्य
सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १.३ प्रतिशत र सक्रिय सङ्क्रमणको दर १.३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृत्युदर १.४ र सङ्क्रमणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत रहेको थियो । चार दिन अघि र...
साउन ३० गते शनिवारको राशिफल

साउन ३० गते शनिवारको राशिफल

राशिफल, समाचार
वि.सं.२०७८ साल साउन ३० गते । शनिवार । ईश्वी सन् २०२१ अगष्ट १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– षष्ठी, बिहान ११ बजेर ५१ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– चित्रा, बिहान ०८ बजेर ०० मिनेट उप्रान्त स्वाती योग– शुभ, दिउसो ०१ बजेर ०६ मिनेट उप्रान्त शुक्ल । करण– तैतिल, बिहान ११ बजेर ५१ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ५४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–काण योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेट । दिनमान ३२ घडी ५४ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पती तथा ब्राण्डेड बस्तुको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ काम पाउने तथा गरीरहेको काममा बढुवा हुनेछ ...
सवारी चालक अनुमतिपत्र परीक्षाको  पर्खाइमा लाखौं मानिस

सवारी चालक अनुमतिपत्र परीक्षाको पर्खाइमा लाखौं मानिस

समाचार, समाज
सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन । सरकारले गत वर्षको लकडाउन अन्त्यपछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारामसमेत खुलाएको थियो । अनलाइन फाराम भर्ने लाखौं सेवाग्राहीले परीक्षा दिन भने पाएका छैनन् ।यातायात व्यवस्था विभागले १ भदौदेखि लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षाका लागि आवेदन खोल्ने तयारी गरेको तत्काल नखुल्ने देखिएको छ । पछिल्लो समय कोभिड–१९ को नयाँ संक्रमण तीव्र रूपमा फैलिएकोसँगै सरकार तत्काल परीक्षा सञ्चालन नगर्नेमा पुगेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले यसअघि साउन अन्तिमसम्ममा लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षा...
साहस उर्जा लिमिटेडको साउन २९ गतेदेखि आईपीओ विक्री खुला

साहस उर्जा लिमिटेडको साउन २९ गतेदेखि आईपीओ विक्री खुला

आर्थिक, समाचार
साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि शुक्रवारदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि विक्री गर्न लागेको हो ।  यो आईपीओ छिटोमा भदौ ११ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि लोबलआईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स...
परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागपञ्चमी मनाइँदै

परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागपञ्चमी मनाइँदै

समाचार, समाज
 घरको मूलढोकामा परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागको तस्वीर टाँसेर यो पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष यो पर्व मनाइन्छ । यसरी नागको तस्वीर घरमा टाँस्दा वर्षभरी घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नागपूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाएर गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नागपूजा गर्ने परम्परालाई निरन्...
पछिल्लो २४ घण्टामा नेपालमा ३२६० जना नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ३२६० जना नयाँ संक्रमित थपिए

समाचार, स्वास्थ्य
 पछिल्लो २४ घण्टामा नेपालमा ३२६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४७३ जना र एन्टिजन परिक्षण गर्दा ७८७ जना गरि जम्मा ३२६० जना नयाँ संक्रमित थपिएका हुन् ।  त्यस्तै, पछिल्लो २४ घण्टामा २२९४ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ७७ हजार ३७७ जना पुगेको छ । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ रहेको छ ।  ...