आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

चेल्सीले रियललाई २- ० गोल अन्तरले पराजित

चेल्सीले रियललाई २- ० गोल अन्तरले पराजित

खेलकुद, समाचार
च्याम्पियन्स लिगको फाईनलमा दुई प्रिमियर लिगका टोलीले स्थान पक्का गरेका छन् । गएराति भएको खेलमा स्पेनिस रियल मड्रिडलाई पराजित गर्दै चेल्सीले फाईनलको यात्रा पक्का गरेको हो । त्यसअघि पिएसजीलाई पराजि गर्दै म्यानचेस्टर सिटीले पनि फाईनल यात्रा तय गरिसकेको थियो । गएरातिको खेलमा चेल्सीले रियललाई २ ० गोल अन्तरले पराजित गर्यो । चेल्सीको जितमा पहिलो हाफको २८ मिनेटमा वार्नर र दोश्रो हाफको ८५ औं मिनेटमा माउण्टले गोल गर्दै चेल्सीको उपाधि यात्रा तय गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा रियलले भने कुनै गोल गर्न सकेन । यसो हुनुमा प्रशिक्षक जिनेदिन जिदानले प्रयोग गरेको ३-५-२ को सेट घातक सावित भएको भन्दै कतिपयले आलोचना गरेका छन् । पहिलो लेग १ -१ को बराबरी खेलेको रियललाई दोश्रो लेगमा चेल्सीको घरेलु मैदानमा उसैको सामना गर्नु महंगो सावित भयो । समग्रमा ३- १ गोल अन्तरले चेल्सीले रियललाई पराजित गर्दै...
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो ।काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् । ...
नेकपा (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला

नेकपा (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला

समाचार
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन । तत्कालीन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनयन गरिएको हो । दलका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) को दलको बिधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन्  । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरि आज बागमती प्रदेश सभा सचिवाललाई जानकारी  गराईएको छ । नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सचिव रहेका निरौला काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट प्रदेस सभामा निर्वाचित भएका थिए । ...
कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा छलफल

कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा छलफल

समाचार
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन  ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास मैनालीबीचको बैठक बोलाएका हुन्  । बैठकमा तत्कालै नेपालमा खोप ल्याउने र त्यसका लागि खरिद प्रक्रिया यथाशिघ्र टुंगोमा पुर्याउने विषयमा छलफल भएको थियो ।सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ भने अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखेको छ । सरकारले खोप ल्याउनका लागि यसअघि नै परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी दिइसकेको छ । सरकारले पहिलो चरणमा २१ लाख र दोस्रो चरणमा ३ लाख ७० हजार डोज कोरोनाविरुद्वको खोप लगाइसकेको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् । एमाले स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका हुन् ।स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने गरी र वागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने गरी अघि बढ्ने निर्णय गरेको छ । एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार भने टुंगो लगाएको छैन । ...
१२ किलो गाँजासहित तीन युवक पक्राउ

१२ किलो गाँजासहित तीन युवक पक्राउ

अपराध
गाँजासहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका ११ बाट तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले १२ किलोग्राम लागुऔषध गाँजासहित धनगढीमाई नगरपालिका १३ निवासी २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय सञ्जय यादवलाई पक्राउ गरेको हो।   प्रहरीले धनगढीमाई नगरपालिका–११ श्रमजिवी जाने बाटोमा मोटरसाइकल जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार तीनै जनाको साथबाट गाँजा बरामद् भएकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहान सिरहाका प्रहरी नायब उपरिक्षक डा तपनकुमार दाहालले जानकारी दिए।  ...
आइपिएलका खेलाडी स्वदेश फिर्ता

आइपिएलका खेलाडी स्वदेश फिर्ता

समाचार
कोरोनाका कारण इन्डियन प्रिमियर लिग स्थगित भएपछि स्वदेश फर्किन अन्योलमा रहेका अष्ट्रेलियन खेलाडी, प्रशिक्षक र स्टाफ माल्दिभ्स गएका छन । उनीहरु माल्दिभ्सबाट चार्टड विमानमा अष्ट्रेलिया फर्किने भएका छन । अष्ट्रेलियन क्रिकेट संघले विज्ञेप्ती जारी गर्दै आइपीएलमा रहेका सबै अष्ट्रेलियनहरु माल्दिभ्सबाट अष्ट्रेलिया जाने भएका छन । उनीहरु माल्दिभ्समा केहि दिन बस्ने बताइएको छ । अष्ट्रेलियन सरकारले भारतबाट जाने सबै उडान १५ मे सम्मका लागि बन्द गरेको छ भने भारतबाट जाने जो कोहिलाई पनि प्रतिबन्ध लगाएको छ । यदि आएको खण्डमा पाँच बर्षको जेल सजाय हुने नियम बनाएको थियो । अहिले क्रिकेट खेलाडी फर्किदापनि सरकार आफ्नो नियममा कुनै लचिलो नभएको बताइएको छ । भारतीय क्रिकेट बोर्डले सबै अष्ट्रेलियनलाई सुरक्षित स्वदेश फर्काउनका लागि विशेष पहल गरिरहेको छ । जसमा उनीहरुलाई माल्दिभ्स वा श्रीलंकाबाट अष्ट्रेलिया पठाउने ...
हिजो बुधबार गरिएको पिसीआर परिक्षणमा ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना  संक्रमण पुष्टि

हिजो बुधबार गरिएको पिसीआर परिक्षणमा ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

समाचार
हिजो बुधबार गरिएको पिसीआर परिक्षणमा प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही बैशाख २७ गते  प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने निणर्य गरेसगै संसद अधिवेशन भन्दा पहिला सबै सांसद तथा कर्मचारीहरुको पिसीआर परिक्षण गरिएको   हो। सबैको रिपोर्टट भने आइसके संसद सचिवालयले जनाएको  छ  ।  ...
बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल

बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल

समाचार
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरू कारवाहीको भागिदार हुने बताए । उपप्रधानमन्त्री पोखरेलका भने : ‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ । त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौं, काठमाडौंका बिभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ’। सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको उनले बताए । ...
वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

समाचार
वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।स्वास्थ्यमा समस्या आएपछि बिहीवार (आज) काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा ८२ वर्षको उमेरमा आज निधन भएको हो ।स्रोतले दिएको जानकारी अनुसार ज्वरो आइ स्वास फेर्न समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । साथै उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।उनको पर लैजाउ फूलहरु, गुलाफी घुम्टो, नमान लाज यसरी, घुम्तीमा नआउ है लगायत सयौँ गीतहरु नेपाली जनजिब्रोमा झुण्डिएका छन् । ...