आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि संसद् छिर्दै वामदेव

प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि संसद् छिर्दै वामदेव

राजनीति
भदाे ३० काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने भएका छन् । मन्त्रिपरिषद्ले सोमबार उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई सिफारिस गर्ने प्रस्ताव गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय सभाको एक सिट फागुनदेखि खाली छ, वामदेवजीलाई सिफारिस गरौं भन्नुभयो,’ एक मन्त्रीले कान्तिपुरसँग भने, ‘त्यसमा कसैको विरोध रहेन । प्रस्ताव पारित भयो ।’ गौतमको मनोनयनका लागि सम्भवतः मंगलबार प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्र पठाउनेछ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा २ (ख) बमोजिम उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नेछिन् अनि प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि गौतम संसद् छिर्नेछन् । तत्कालीन अर्थमन्...
आज पनि ह्वात्तै बढ्यो सुनको मुल्य

आज पनि ह्वात्तै बढ्यो सुनको मुल्य

आर्थिक
भदाै ३० काठमाडौ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६०० सय रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज तेजावी सुन तोलामा ९७ हजार रुपैयाँ पुगेको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १३४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । ...
अस्ट्रेलियामा पत्रकार सीता रसाइली “NSW Volunteer of the Year Award” द्वारा सम्मानित

अस्ट्रेलियामा पत्रकार सीता रसाइली “NSW Volunteer of the Year Award” द्वारा सम्मानित

अन्तराष्ट्रिय
भदाै ३० काठमाडाैं । बिगत लामो समय देखि अस्ट्रेलियामा बस्दै आउनु भएकी सीता रसाइली बिश्वकर्मा सामाजिक अभियन्ता साथै रातो पाटी अनलाइन मेडियाका पत्रकार हुनुहुन्छ। सामाजिक कार्यमा सदैब सकृय रहदै आउनु भएका सीताले समाजप्रतिको योगदान जति नै ब्याख्या गरिए पनि अपुग रहन सक्छ। उहाको सामाजिक कार्यको प्रतिको उच्च मुल्यांकन समय समयमा हामीले समाचार र अन्य माध्यम बाट देखिरहेको नै छौ। भर्खरै मात्र एन. यस. डब्लु. राज्य ले २०२० मा पनि सामाजिक कार्य प्रतिको उच्च मुल्यांकन गर्दै युथ तर्फ बाट “NSW Volunteer of the Year Award” द्वारा सम्मानित गरेको जानकारी प्राप्त भएको छ । यस अवार्डले आफु लाई समाज प्रति थप कार्य गर्न हौसला मिलेको बताउदै, भविष्यमा नया कार्य योजनाको साथ समाजमा आउने सोच रहेको जानकारी ओएस नेपाल सगको कुराकानीमा जानकारी दिनु भएको थियो । ...
किन बिगबोसमा आउन चाहेनन् आमीर ?

किन बिगबोसमा आउन चाहेनन् आमीर ?

मनोरन्जन
भदाै ३० काठमाडाैं । भारतीय टेलिभिजनको चर्चित रीयालीटी शो बिग बोस सीजन १४ को प्रिमियर अक्टूबरमा हुनेवाला छ । यस शोमा भाग लिन ठूला ठूला सेलिब्रेटीसमेत प्रतिस्पर्धी बन्ने चाहाना राख्दछन् । यसैबीच बिगबोसको आउँदो सिजन १४ का निम्ति कैयौं सेलिब्रेटीको नाम सामुन्ने आइसकेको छ । शोका निम्ती यसका निर्माण पक्षले अभिनेता आमीर अलीलाई शोमा भाग लिन प्रस्ताव गरेका थिए । तर उनले उक्त प्रस्ताव अस्विकार गरेका छन् । भारतीय समाचार अनुसार आमीर अलीलाई शोको प्रतिस्पर्धी बन्नका निम्ति निर्माताले निकै ठुलो रकम अफर गरेका थिए । तर आमिरले शोको हिस्सा बन्न अस्विकार गरे । उनलाई बिगबोसमा भाग लिन पहिलो पटक प्रस्ताव गरिएको होइन । तर ब्यक्तिगत जीवनका चर्चाका कारण उनले शोमा भाग लिएनन् । ...
पहिरोले आठ घरमा क्षति, चार सवारी साधन बगायो

पहिरोले आठ घरमा क्षति, चार सवारी साधन बगायो

समाचार
भदाै ३० चितवन । पहिराले चितवनमा आठ घरमा क्षति पुर्‍याएको छ । अविरल वर्षासँगै गएराति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्‍याएको हो । पहिरोले दुईवटा मोटरसाइकल, एक/एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिए । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्‍याएको उनले जानकारी दिए । गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् । पाँचकिलो बजार नारायणगढ-मुग्लिन सडकखण्डमा पर्दछ । सो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ । पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...
असोज ५ गतेदेखि सार्वजनिक यातायात खुला

असोज ५ गतेदेखि सार्वजनिक यातायात खुला

समाचार
भदाै ३० काठमाडौँ । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद्ले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा पठाएको थियो । सीसीएमसीले उक्त प्रस्तावका आधारमा निर्णयका लागि मन्त्रिपरिषद् बैठ्कमा पेस गरेको थियो ।गोरखापत्रमा खबर छ । सरकारको यसअघिको निर्णयबाट अ...
डोटीमा जङ्गली जनावरले बाली नष्ट गर्न थालेपछि किसान खेतमा रात कटाउन बाध्य

डोटीमा जङ्गली जनावरले बाली नष्ट गर्न थालेपछि किसान खेतमा रात कटाउन बाध्य

समाचार
भदाै ३० डोटी।पछिल्लो केही समययता डोटीका विभिन्न स्थानीय तहमा जङ्गली जनावरले किसानले लगाएका बालीनाली नोक्सान गर्न थालेका छन् । जिल्लाका जोरायल, बडिकेदार, सायल, पूर्वीचौकी, आदर्श, बोगटान फुड्सिल, केआइसिंह गाउँपालिका तथा शिखर, दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडा क्षेत्रमा जङ्गली जनावरले भित्र्याउने अवस्थामा रहेको बालीनाली नोक्सान गर्न थालेपछि किसान चिन्तिन बनेका छन् । पाकेको बालीनाली राति आउने जङ्गली जनावरले खाएर तथा बिगारेर नोक्सान गर्न थालेपछि यहाँका किसानलाई समस्या भएको छ । खप्तड राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रबाट आउने जङ्गली बँदेल, दुम्सी, स्याल तथा बाँदरले कोदो, मकै तथा धानबाली नष्ट गर्न थालेपछि किसान खेतमा गएर रात काट्न बाध्य भएको जोरायल गाउँपालिका–५ फलेडाका किसान लालबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सातको समयमा दुःख गरेर जोगाएको बालीनाली भित्र्याउने समयमा जङ्गली ज...
ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना सङ्क्रमण

ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना सङ्क्रमण

समाचार
भदाै ३० ललितपुर।ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।” (रासस) ...
पर्वतमा गएको भिषण पहिरो र क्षतविक्षत बस्ती

पर्वतमा गएको भिषण पहिरो र क्षतविक्षत बस्ती

समाचार
भदाै ३० काठमाडौँ । भनिन्छ भदौरे भेलले विपत निम्त्याउँछ । त्यस्तै भएको छ बाग्लुगं र पर्वतमा । २ दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिराले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ ।बागलुङकोे जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिराले घर पुरिँदा बेपत्ता भएका ६१ वर्षीय हरिकृष्ण पौडेलको शव करिब पाँच घण्टाको प्रयासपछि शव फेला परेको हो । मृतक पौडेल परिवारका पाँच सदस्य सकुशल रहेका छन् । स्थानीयवासी तथा प्रहरीको सक्रियतामा पुरिएको घरबाट उनको शव निकालिएको हो ।पहिराले मृतक पौडेलसहित पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घर पूर्णरुपमा क्षति भएको छ । त्यस्तै भिषण वर्षाका कारण पर्वतको फलेवास न।पा निकै प्रभावित बन्यो । पहिरोले बाग्लुगंको टुनिबोटका ६१ वर्षे बृद्ध हरिकृष्णको पहिरोमा पुरिएर ज्यान गयो ।त्यस्तै पर्वतको कुर्घामा पनि १ जनाको निधन भएक...
रकम भुक्तानीका लागि नगरपालिका धाउँदाधाउँदै धनवीरले ज्यान गुमाए

रकम भुक्तानीका लागि नगरपालिका धाउँदाधाउँदै धनवीरले ज्यान गुमाए

समाचार
भदाै ३० सुरुङ्गा । वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर रकम भुक्तानीका लागि पटकपटक नगरपालिका धाए पनि नगरपालिकाले समयमा रकम भुक्तानी नदिँदा अध्यक्ष राजवंशी नगरपालिकाको मूल गेटमै गत असोज १२ गते बेहोस भएर ढलेका थिए । रकम भुक्तानीका लागि नगरपालिका पुगेका राजवंशी नगरपालिकामा नै बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल लाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो । अध्यक्ष राजवंशीको मृत्यु भएपछि मृतकका आफन्त र वैराती बजार टहरा निर्माण समितिका पदाधिकारीले नगरपालिकाले समयमा रकम भुक्तानी नदिएका कारण उनको मृत्यु भएको भन्दै नगरपालिकामा तोडफोड गरेका थिए । नगरपालिका–८ भुडिसिमल निवासी ५८ वर्षीय राजवंशीको अध्यक्षतामा गठित उपभोक्ता समितिले ...