आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

इंग्लिस प्रिमियर लिग: चेल्सीको शानदार जित

इंग्लिस प्रिमियर लिग: चेल्सीको शानदार जित

खेलकुद
भदाै ३० काठमाडाैं । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेको छ ।लिग अन्तर्गत सोमबार राति भएको आफ्नो पहिलो खेलमा फ्र्यांक लाम्पार्डको टिम चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो । ब्राइटनको मैदानमा चेल्सीको जितमा कप्तान जर्गिन्हो, रिस जेम्स र कर्ट जोउमाले समान एक गोल गरे ।पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खाएको हो । २३ औँ मिनेटमा पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गरी चेल्सीलाई सुरुवाति अग्रता दिलाए । ५४ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डको गोलबाट ब्राइटनले खेलमा बराबरी गर्न सफल भयो ।तर त्यसको दुई मिनेटपछि जेम्सले गोल गरी चेल्सीलाई पुनः अग्रता दिलाए । कर्ट जोउमाले ६६ औँ मिनेटमा जेम्सको सहयोगमा गोल गरी चेल्सीलाई ३–१ को जित दिलाएका हुन्। ...
उपत्यकाभित्र थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने

उपत्यकाभित्र थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने

समाचार
भदाै ३० काठमाडाैं । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ ।थानकोट (थानकोट–नागढुङ्गा) सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक), कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर र गौशालामा गरी थप पाँच स्थानमा फ्लाई ओभर निर्माण हुने भएको सडक विभागले जनाएको छ । थानकोटमा निर्माण गरिने फ्लाई ओभरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण सम्झौतासमेत सम्पन्न भइसकेको छ ।सडक विभागका महानिर्देशक केशवकुमार शर्माले प्रस्तावित पाँच वटामध्ये थानकोटमा निर्माण गरिने फ्लाई ओभरको (डीपीआर) तयार भई ठेक्का प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिनुभयो । त्यसैगरी, कोटेश्वरमा निर्माण गरिने फ्लाई ओभरका लागि जापान सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको उहाँले बत(ाउनुभयो । बाँकी स्थानको फ्लाई ओभर निर्माण चीन सरकारको सहयोगमा हुने बताउँदै महानिर्देश...
डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणमा ट्रम्प

डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणमा ट्रम्प

अन्तराष्ट्रिय
भदाै ३० काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमण गरेका छन् ।त्यस क्रममा राष्ट्रपति ट्रम्पले डढेलो लाग्नुको कारण जलवायु परिवर्तन नभई कमजोर वन व्वस्थापनको परिणाम भएको बताए । जलवायु परिवर्तनबारे ‘विज्ञानलाई बेवास्ता नगर्न’ एक अधिकारीले गरेको आग्रहलाई अस्वीकार गर्दै ट्रम्पले भने, ‘अब चिसो हुन थाल्छ, तपाईँ हेर्दै गर्नुहोस्, मलाई लाग्दैन विज्ञानलाई खासै थाहा छ।’ क्यालिफोर्नियामा ठूलो डढेलोको कारण जलवायु परिवर्तनको असर हो कि भन्ने पत्रकारको जिज्ञासामा ट्रम्पले भने, ‘मलाई लाग्छ यो व्यवस्थापनसँग अझ बढी सम्बन्धित कुरा हो।’ डढेलो नियन्त्रणमा अमेरिकाले अरू देशहरूको तुलनामा धेरै राम्रो काम गरेको उनले दाबी गरे । तस्वीर : रोयटर्स डढेलो नियन्त्रणको प्रयास विफल भएको भन्ने आलोचकलाई उनले  अस्ट्रेलिया र ब्रजिलका जङ्गलमा लागेका डढेलोहरूका ...
डा अधिकारीका अनुसार यी हुन्- डिप्रेसनका लक्षण र बच्ने उपाय

डा अधिकारीका अनुसार यी हुन्- डिप्रेसनका लक्षण र बच्ने उपाय

शिक्षा, स्वास्थ्य
भदाै ३० काठमाडाैं । अहिले कोरोना भाइरसको महामारीका कारण मानिसहरु मानसिक रोगको शिकार बनेका छन् । यो अवस्थमा अनावश्यक चिन्ता नलिन चिकित्सकहरुले सुझाउँदै आएका छन् ।सबैभन्दा बलियो अस्त्र आत्मबल बढाउनुपर्ने उनीहरु सुझाउँछन । आत्मबल कमजोर हुँदा मानिसमा अनेकथरी विचलन आउने, स्वास्थ्य अवस्थासमेत कमजोर हुँदै जाने मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त अधिकारीले बताए । डा अधिकारीले डिप्रेसनलाई प्रभाव पार्ने, जैवीक, मनोवैज्ञानि र सामाजिक कारण हुने बताए । उनले डिप्रेसन जो सुकैलाई पनि हुनसक्ने बताए । उनले सेलीव्रेटीदेखि नेताहरुमा पनि डिप्रेसन हुनसक्ने बताए । उनका अनुसार डिप्रेसनका लक्षण यस्ता छन्- –दुईसाता भन्दा बढी समयसम्म हरेक दिन निराशाको भावना आउने,–दिक्दारीपन हुने,–रमाउन मन नलाग्ने,–थोरै काम गर्दा पनि गल्ने वा थाक्ने,–भोक तथा निद्रामा गढबढी हुने,–आफ्नो वरिपरिको वातावरण तथा भविष्य व्यर्थ लाग्...
उत्कृस्ट राजस्व संकलन गर्ने काठमाडौं महानगरका १२ वडालाई प्रसंशा पत्र प्रदान

उत्कृस्ट राजस्व संकलन गर्ने काठमाडौं महानगरका १२ वडालाई प्रसंशा पत्र प्रदान

समाचार
भदाै ३० काठमाडाैं । काठमाडौं महानगरको राजस्व बिभागले बार्षिक लक्ष्यको ८० प्रतिशत प्रगति गर्ने वडालाई प्रशंशा पत्र प्रदान गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको बिद्युतीय प्रणालीबाट राजस्व निर्धारण तथा संकलन प्रणाली शुभारम्भ सम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले वडा सचिव र प्रतिनिधिलाई प्रशंशा पत्र प्रदान गर्नुभएको हो । यसरी प्रमाण पत्र प्राप्त गर्नेहरुमा वडा १, २, ४, ५, ६, ७, ९, ११, २६, २८, ३१ र ३२ रहेका छन् । यी वडाले क्रमशः ९१.६६, १०५.२२, ८७.२, ८५.८४, ८२.९४, ८१.४९, ८४.३२, ९३.९३, ८६.७९, ९०.०५, ९४.०३ र ९२.३८ प्रगति प्राप्त गरेका छन् । त्यस अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भन्नुभयो — प्रयास सबैको प्रशंशसनीय थियो । कोविडलगायत राजस्व संकलनका बिबिध समस्या थिए । यसका बाबजुद प्राप्त उपलब्धीमा खिन्न हुनुपर्ने अवस्था छैन । यति ...
टोखा नगरपालिकामा कोरोना सङ्क्रमित शंख्या ४६२ पुग्यो

टोखा नगरपालिकामा कोरोना सङ्क्रमित शंख्या ४६२ पुग्यो

स्वास्थ्य
भदाै ३० काठमाडाैं । टोखा नगरपालिकामा कोरोना सङ्क्रमित शंख्या ४६२ पुगेको छ। वडा नं १ मा पुरुष -२जना, महिला-४ जना वडा नं २ मा पुरुष-४ जना, महिला-९ वडा नं ३ मा पुरुष-१८, महिला-२७ वडा नं ४मा पुरुष-१७, महिला-१७ वडा नं ५ मा पुरुष-२४, महिला-३५ वडा नं ६ मा पुरुष-२२, महिला-२६ वडा नं ७ मा पुरुष-२३, महिला-४० जन वडा नं ८ मा पुरुष-२४, महिला-२२ वडा नं ९ मा पुरुष-८, महिला-९ वडा नं १० मा पुरुष-२३, महिला-२० वडा नं ११ मा पुरुष-१५, महिला-२० गरी जम्मा पुरुष सख्या १८७ जना रहेका छन्। भने महिला सख्या २७५ जना छन्। कोरोना सङ्क्रमित बढेर ४६२ जना पुगेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएका छन्। २२३ जना निको भएका र २३६ जना सकृय संक्रमित रहेका छन्। भने मृत्युको सख्या ३ पुगेको छ। होम आइसोलेसनमा १७४ जना रहेको र ६१जना अस्पतालमा रहेको उपप्रमुख डंगोलले बताए। कोरोना सङ्क्रमित १ जना भने सम्पर्क विन भए...
गायिका गीता भट्टराईको शव झुण्डिएकाे अवस्थामा फेला

गायिका गीता भट्टराईको शव झुण्डिएकाे अवस्थामा फेला

समाचार
भदाै ३० इटहरी । कवि, गीतकार तथा गायिका गीता भट्टराईको शव झुण्डिएकाे अवस्थामा फेला परेकाे छ । इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराई आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।घटनाको अनुसन्धान भईरहेको इटहरी प्रहरीले जनाएको छ । पछिल्लो समय गायनमा समेत सक्रिय रहेकी भट्टराईले आइतवारसम्म पनि आफ्नो फसबुकमा साहित्यिक सामाग्री सम्प्रेषण गरेकी थिइन् । भट्टराइको परिवारमा पति, एक छोरा र एक छोरी छन् ।सुदुरपूर्वकी स्रष्टा भट्टराईले केही दिनअघि सुदूरपश्चिममा लोकप्रिय डेउडा गीत गाएर पश्चिम नेपालमा पनि लोकप्रियता हासिल गरेकी थिइन् । ...
कोरोना रिर्पोट : जिउँदो छँदा पोजेटिभ, मरेपछि नेगेटिभ

कोरोना रिर्पोट : जिउँदो छँदा पोजेटिभ, मरेपछि नेगेटिभ

स्वास्थ्य
भदाै ३० वीरगन्ज ।वीरगन्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार अपरान्ह ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए । नारायणी अस्पतालमा उपचारका क्रममा भदौ १२ गते ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई त्यही दिन गण्डक अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । त्यसपछि भदौ २२ गते पुनस् पीसीआर परीक्षण गर्दा पनि उनको रिपोर्ट फेरि पोजिटिभ आएको थियो । कडा खालाको निमोनिया भएकी ती महिलालाई आइसीयुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई गत शनिबार भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए । मृत्यु हुनु भन्दा पहिले तेश...
काठमाडौंमा १ हजार ४ सय ७० जनाले कोरोनालाई जितेर घर फर्के

काठमाडौंमा १ हजार ४ सय ७० जनाले कोरोनालाई जितेर घर फर्के

समाचार, स्वास्थ्य
भदाै ३० काठमाडौ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ जना संक्रमित पुगेका छन् । काठमाडौंको महाराजगन्ज क्षेत्रमा ३ सय ३८, नक्साल क्षेत्रमा १ सय ३१ संक्रमित पुगेका छन् । यस्तै, धुम्बाराही क्षेत्रमा १ सय ७४, चावहिल क्षेत्रमा १ सय ६०, जयवागेश्वरी, गौशाला क्षेत्रमा १ सय १६ संक्रमित थपिएका छन् । यस्तै, पुरानो बानेश्वर–बत्तिसपुतली क्षेत्रमा १ सय २२, बुद्धनगर–बानेश्वर हाइट क्षेत्रमा १ सय २८, बबरमहल–त्रिपुरेश्वर क्षेत्रमा २ सय ८० जनामा संक्रमण देख...
चितवनमा ५० प्रतिशतमा अस्पतालबाटै कोरोना फैलियो

चितवनमा ५० प्रतिशतमा अस्पतालबाटै कोरोना फैलियो

समाचार
भदौ ३० चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन । यो सङ्ख्या आजसम्म सङ्क्रमित सङ्ख्याको २० प्रतिशत हुन आउँछ । सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति सङ्क्रमित भएको पाइएको उहाँले बताउनुभयो । यसलाई हेर्दा सङ्क्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ । त्यसबाहेक सङ्क्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा सङ्क्रमण भएको बताएको उहाँले जानकारी दिनुभयो । तिवारीले भन्नुभयो, “जिल्लामा जम्मा सङ्क्रमणको ५० प्रतिशत हिस्सा ...