आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

पछिल्लाे २४ घण्टामा थपिए ८६०७ संक्रमित

पछिल्लाे २४ घण्टामा थपिए ८६०७ संक्रमित

समाचार
पछिल्लाे २४ घण्टामा देशभर थप ८६०७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जना पीसीआर र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८६०७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १ हजार ११६ पुगेको छ आज देशभरमा ७८९० जना संक्रमणमुक्त  भएका छन् । योसँगै हालसम्म नेपालमा ३ लाख ७४ हजार ८ सय ३६ जनाले कोरोनालाई जितेका स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  ३ लाख ७४ हजार ८३६ निको भएका छन् । अहिले १ लाख १६ हजार १९२ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६०२४ पुगेको मन्त्रालयले जनाएको छ । ...
सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु

सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु

राजनीति
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।छलफल कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ । ...
म्यानमार निर्वाचन आयोगद्वारा आन सान सू चीको पार्टी विघटन

म्यानमार निर्वाचन आयोगद्वारा आन सान सू चीको पार्टी विघटन

अन्तराष्ट्रिय
म्यानमारमा यहाँको सैन्य सरकारले गठन गरेको निर्वाचन आयोगले स्वतन्त्रतावादी नेत्री आन सान सू चीको पार्टी नेशनल लीग फर डेमोक्रेसी एनएलडीलाई विघटन गरेको छ । गत वर्षको नोभेम्बरमा सम्पन्न चुनावमा धाँधली गरेको आरोप लगाउँदै आयोगले उक्त शक्तिशाली पार्टीलाई विघटन गरेको हो । म्यानमारका मिडियाका अनुसार उक्त आयोगको बैठक अन्य धेरै राजनीतिक दलहरुले वहिष्कार गरेका थिए । आयोगका प्रमुख आयुक्त थेयन सोका अनुसार एनएलडीले चुनावमा धाँधली गरेकाले उक्त पार्टीको दर्ता खारेज गरिएको हो । चुनावमा धाँधली गर्ने अन्य पक्षलाई पनि कारवाही गरिने सोले बताए । यस घटनाबारे एनएलडीका नेताहरुले भने हालसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै म्यानमारको सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेको थियो । आन सान सू चीसहित थुप्रै नेतालाई सेनाले पक्राउ गरेपछि सैनिक सत्ता विरोधी आन्दो...
कम्पनीले अक्सिजन नदिँदा सरकारी अस्पताललाई समस्या

कम्पनीले अक्सिजन नदिँदा सरकारी अस्पताललाई समस्या

समाचार
कोभिड–१९ का बिरामीको उपचार गर्दै बिरामीको भरोसाको केन्द्र बन्दै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा शय्या सञ्चालनमा समस्या परेको छ । अक्सिजन कम्पनीहरुले सरकारले तोकेको कोटा बराबर पनि अक्सिजन नदिंदा र अक्सिजनको खपत बढी हुँदा अस्पतालले निकै समस्या झेल्नु परेको बताइएको छ । अस्पतालले कोभिडका बिरामीका लागि ८० शय्या छुट्याए पनि अहिले ५० जना बिरामीको उपचार भइरहेको छ । अस्पतालका लागि दैनिक २०० सिलिण्डर अक्सिजन आवश्यकता भए पनि दैनिक ९० सिलिण्डर पाउन पनि मुश्किल परेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डन्ट डा. सुमित्रा गौतमले बताउनुभयो । भेन्टिलेटरमा रहेका बिरामीलाई तीब्र गतिमा अक्सिजन दिनुपर्दा एक बिरामीका लागि २४ घण्टामा पाँच सिलिण्डर अक्सिजन सकिने तर अक्सिजनको आपूर्ति भने कम हुँदा समस्या आएको अस्पतालको भनाइ छ । भक्तपुर अस्पतालका लागि सरकारले कान्तिपुर उद्योगसँग दैनिक ४०, सोपन उद्योगस...

बाजुरामा एक साताका लागि निषेधाज्ञा थप

समाज
बाजुरामा नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले। एक साता निषेधाज्ञा थप गरेको छ । बैठकले जेठ १४ गते मध्येराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भएको छ ।  उहाँले सङ्क्रमित बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या नरोकिएकाले जेठ १४ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरेको राससलाई बताउनु भयो । जिल्लामा भारत लगायतका देशबाट आउने क्रम नरोकिएकाले सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले राससलाई जानकारी दिनु भएको छ । ...
प्रधानमन्त्रीमा दाबी पेश गर्न देउवासहित विपक्षी दलका नेताहरू शीतलनिवासमा

प्रधानमन्त्रीमा दाबी पेश गर्न देउवासहित विपक्षी दलका नेताहरू शीतलनिवासमा

राजनीति
 संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धन १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी प्रस्तुत गर्दै नेताहरू शीतलनिवास पुगेका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका सांसदले समर्थन गरेका छन् । उक्त प्रस्तावमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २७ जना सांसदले पनि हस्ताक्षर गरेका छन् । एक जना स्वतन्त्र सांसदसहित १ सय ४९ जना सांसदको हस्ताक्षर संकलन गरिएको हो । ...
प्रधानमन्त्रीमा ओलीको पनि दाबी

प्रधानमन्त्रीमा ओलीको पनि दाबी

राजनीति
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी -जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।
नेपालमा अहिले तातोपानी नाका हुँदै चीनबाट दैनिक अक्सिजन सिलिन्डर आयात

नेपालमा अहिले तातोपानी नाका हुँदै चीनबाट दैनिक अक्सिजन सिलिन्डर आयात

आर्थिक, समाचार
तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको जानकारी दिए । उनका अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको खबर गोरखापत्र दैनिकमा छ । पहिलो पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा आयात भएको थियो । आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताए । चीनबाट दैनिक रूपमा अक्सिजन आउन थालेपछि कोरोना भाइरस सङ्क्रमितलाई ठूलो राहत मिलेको भन्सार प्रमुख गौतमले बताए । सिल्क ट्रान्सपोर्ट कम्पन...
विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ६ सय ४५ जनाको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ६ सय ४५ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ । भने विगत २४ घण्टामा विश्वभर ६ लाख ३५ हजार ८८० जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । हालसम्म विश्वभर १६ करोड ५८ लाख २३ हजार ५६९ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ६५ लाख १३ हजार ३२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ६ लाख भन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ४४ हजार ३८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५ हजार ८४७ जनाको ज्यान गएको छ । १ लाख १५ हजार ८५२ सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ८८ हजार ६४५ जनामा सं...
कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि  घट्न थाल्यो

कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थाल्यो

आर्थिक, समाचार
बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको छ । एक महिनाअघि प्रतिकेजी ४५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढी घटेको हो । अहिले बजारमा प्रतिकिलो ३३० देखि ३४० रुपैयाँमा झरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञासँगै बजारमा मासुको खपत घट्दै गएको हो । खपत घटेसँगै मूल्य पनि घटेको खबर कारोबार दैनिकमा छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ नेपालका अध्यक्ष जंगबहादुर बिसीले निषेधाज्ञासँगै बजारमा कुखुराको मासुको मूल्य घटेर ३४० रुपैयाँमा झरेको बताए । कोरोना संक्रमण बढ्दै गएपछि मासुको खपत घटेपछि मूल्य पनि घट्दै गएको उनको भनाइ छ । कोभिडका कारण होटेल रेस्टुराँ बन्द भएको र उपभोग नै कम हुन थालेपछि मासुको खपत घट्दै गएको हो । संघका अनुसार सामान्य अवस्थामा दैनिक ३ लाखदेखि साढे ३ लाख किलो मासु खपत हुने उपत्यकामा हाल ८० देखि ९० हजार किलोमा...