आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

म्यानमार निर्वाचन आयोगद्वारा आन सान सू चीको पार्टी विघटन

म्यानमारमा यहाँको सैन्य सरकारले गठन गरेको निर्वाचन आयोगले स्वतन्त्रतावादी नेत्री आन सान सू चीको पार्टी नेशनल लीग फर डेमोक्रेसी एनएलडीलाई विघटन गरेको छ ।

गत वर्षको नोभेम्बरमा सम्पन्न चुनावमा धाँधली गरेको आरोप लगाउँदै आयोगले उक्त शक्तिशाली पार्टीलाई विघटन गरेको हो । म्यानमारका मिडियाका अनुसार उक्त आयोगको बैठक अन्य धेरै राजनीतिक दलहरुले वहिष्कार गरेका थिए । आयोगका प्रमुख आयुक्त थेयन सोका अनुसार एनएलडीले चुनावमा धाँधली गरेकाले उक्त पार्टीको दर्ता खारेज गरिएको हो । चुनावमा धाँधली गर्ने अन्य पक्षलाई पनि कारवाही गरिने सोले बताए ।

यस घटनाबारे एनएलडीका नेताहरुले भने हालसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै म्यानमारको सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेको थियो । आन सान सू चीसहित थुप्रै नेतालाई सेनाले पक्राउ गरेपछि सैनिक सत्ता विरोधी आन्दोलन निरन्तर रुपमा चलिरहेको छ ।

आन्दोलन दबाउन सेना भने झन् आक्रामक रुपमा प्रस्तुत भएको छ । फेब्रुअरीदेखि हालसम्म सेनाको आक्रमणबाट ८०० भन्दा धेरै मारिएका छन् । यसबीचमा जातीय सशस्त्र समूहले समेत सुरक्षाकर्मीमाथिको आक्रमण तीब्र बनाएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *