शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

बाजुरामा एक साताका लागि निषेधाज्ञा थप

बाजुरामा नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले। एक साता निषेधाज्ञा थप गरेको छ । बैठकले जेठ १४ गते मध्येराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भएको छ । 

उहाँले सङ्क्रमित बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या नरोकिएकाले जेठ १४ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरेको राससलाई बताउनु भयो । जिल्लामा भारत लगायतका देशबाट आउने क्रम नरोकिएकाले सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले राससलाई जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *