सौन्दर्य क्षेत्रको अग्रणी प्रतिष्ठान फेसियल हाउस स्थापनाको १२औं बर्ष पार
काठमाडौंं, सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउस आफ्नो स्थापनाको १२औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गरेको छ । १२औं बार्षिकोत्सवका अवसरका बुधबार कमलादीको सी डब्लु पार्टी प्यालेसमा फेसियल हाउसले एक भब्य कार्यक्रमको आयोजना गरेको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा संघिय संसद सदस्य, सांसद शान्ता चौधरीको उपस्थिती रहेको थियो । कार्यक्रममा अतिथीको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योगग वाणिज्य महासंघ प्रदेश नं ३ अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापा, कर्पोरेट ग्रुपका अध्यक्ष उज्...









