आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

‘लक्का जवान’को शीर्ष गीत ‘मन त मेरो लक्का जवान…’ सार्वजनिक (भिडियोसहित)

‘लक्का जवान’को शीर्ष गीत ‘मन त मेरो लक्का जवान…’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
चलचित्र ‘लक्का जवान’को शीर्ष गीत ‘मन त मेरो लक्का जवान…’ सार्वजनिक गरिएको छ । २१ चैतबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रका बारेमा राजधानीमा पत्रकार सम्मेलन गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द, बब्लु गिरीको सङ्गीत तथा बब्लु र गायिका मिना निरौलाको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारलाई देखाइएको छ । गीतको भिडियोमा अभिनेता दीलिप रायमाझी र अभिनेत्री प्रियंका कार्कीको रोमान्सलाई देखाइएको छ । यसैगरी अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा सिवाकोटी पनि जोडीको रूपमा रहेका छन् । गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता सरोज खनाल, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, अभिनेता सुशील पोखरेल, मनिषा श्रेष्ठलगायतलाई देखाइएको छ । यो चलचित्रमार्फत हास्यकलाकार शिवहरि पौड्यालले निर्देशनमा डेब्बु गर्दैछन् । गीतको भिडियोमा कविराज गहतराजले कोरियोग...
दिल्लीमा हून गईरहेको मोडल सङ्गस अवार्ड, २०२०” को मनोनयन खुुला

दिल्लीमा हून गईरहेको मोडल सङ्गस अवार्ड, २०२०” को मनोनयन खुुला

मनोरन्जन, समाचार
काठमाडौं, ०१ माघ — मोडल सङ्गस नेपालले “मोडल सङ्गस अवार्ड, २०२०” आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा अप्रिल १२ मा हुन लागेको हो । मोडल सङ्ग्स अवार्ड, २०२० बारे जानकारी गराउने उदेश्यका साथ बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम माझ बोल्दै अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एबम ब्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जनाए । साथै, उनले अवार्डमा मनोनयनका लागि माघ २ गते देखी आवेदन फाराम खुल्ला रहने जानकारी दिए । आवेदन फाराम फेब्रुअरी २९ भित्र भरिसक्नु पर्ने साथै अवार्डको नोमिनेशन मार्च ७ मा सार्वजनिक भई मार्च २१ मा नोमिनेशन सर्टिफिकेट प्रदान गरिने आय...
चेम्वर पदाधिकारी र राष्ट्रपति बिद्यादेवी भण्डारीबीच भेटबार्ता

चेम्वर पदाधिकारी र राष्ट्रपति बिद्यादेवी भण्डारीबीच भेटबार्ता

आर्थिक, समाचार
काठमाडौं, पुस २९- नेपाल चेम्वर अफकमर्सका पदाधिकारीहरुले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । नेपाल चेम्वर अफकमर्सको ६९ औ वार्षिक साधारण सभा,चेम्वर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन बिभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्वर अफकमर्सका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले आज सम्माननीय राष्ट्रपति भण्डारीसंग शिष्टाचार भेटघाटगरेका हुन् । त्यस अवसरमा नेपालको व्यवसायीक क्षेत्रका बिबिध पक्षहरु वारे नेपाल चेम्वर अफकमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रस्तुतगरेका थिए । उक्त अवसरमा श्रेष्ठले सम्माननीय राष्ट्रपति समक्ष चेम्वरले ७० वर्षको अवधिमानिजी क्षेत्रको सशक्तिकरणको लागि चेम्वरले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दैै चेम्वरको संरचना तथा अन्तर्राष्ट्रिय व्यावसायीक सम्वन्ध र त्यसबाट मुलुकले प्राप्...
गायिका श्वेता उप्रेतीको दोश्रो गीति एल्बम ‘चस्का’को थाईलैण्डको पटायामा विमोचन

गायिका श्वेता उप्रेतीको दोश्रो गीति एल्बम ‘चस्का’को थाईलैण्डको पटायामा विमोचन

मनोरन्जन, समाचार
थाईलैण्ड । सात बर्षको अन्तराल पछि गायिका श्वेता उप्रेतीको गीति एल्बम ‘चस्का’को विमोचन गरिएको छ । थाईलैण्डको पटाया शहरको माईक विच रिसोर्टमा वल्र्डवाईड मिडियाको आयोजना आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको भव्य समारोहका वीचमा गायिका श्वेता उप्रेतीको दोश्रो गीति संग्रह ‘चस्का’को विमोचन गरिएको हो । बरिष्ठ गायक सिताराम पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त विमोचन समारोहमा वरिष्ठ गीतकार डा.डि.आर.उपाध्याय, गायक एवं संगीतकार सुरेन्द्र श्रेष्ठ, बरिष्ठ ईभेन्ट निर्देशक लब वहादुर कार्की तथा गायिका स्वेताको हातबाट उक्त एल्बमको विमोचन गरिएको थियो । प्रमुख अतिथि तथा बरिष्ठ गायक सिताराम पोखरेलले गायिका श्वेता उप्रेतीको आवाजको प्रशंसा गर्दै गीतिसङ्रह ‘चस्का’को लोकप्रियाताको कामना गरे। गायिका श्वेता उप्रेतीले बिमोचन कार्यक्रममा बोल्दै दिग्गज कलाकारहरुको माझमा आफ्नो गीतिसङ्रह बिमोचन गर्न पाउँदा आफू निकै ह...
निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश

निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश

आर्थिक, समाचार
काठमाडौं – निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शले आफ्नो ६९ औं साधारण सभा तथा चेम्बर दिवस २०७६ एवम् चेम्बरको ७० वर्ष औं वर्ष प्रवेशको अवसरमा सोमबार एक भव्य कार्यक्रमको आयोजना गरि मनाएको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको सभाध्यक्षता माझ आयोजित सो कार्यक्रमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथी अर्थमन्त्री युवराज खतिवडाले गरे । सो अवसरमा अर्थमन्त्री खतिवडाले कानूनको डर गल्ती गर्ने तथा अपराध गर्नेहरुलाई मात्र हुने भएकोले सम्पक्ति शुद्धिकरण तथा राजश्व अनुसन्धानको डर नमान्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा बोल्दैं अर्थमन्त्रीले भने तपाईहरुले गल्ती नै गरेको छैन भने किन डराउनु हुन्छ रु डर तिनलाई लाग्छ जसले गल्ती गर्नु भएको छ । गल्ती नगर्नुस् र नडराउनुस्’। उनले नेपालमा लगानीको वातावरण छैन भन्ने आरोपमा पनि कुनै ...
“मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०” को पहिलो अडिसन सम्पन्न

“मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०” को पहिलो अडिसन सम्पन्न

मनोरन्जन, समाचार
प्लानेट मल्टिमेडिया इन्टरनेशनलको आयोजनामा हुन गईरहेको “मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०” को पहिलो अडिसन पौष २६ गते सम्पन्न भएको छ । आगमी माघ महिनामा सम्पन्न हुने सो कार्यक्रम, नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तर सम्म विकास गर्दै लाने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । अहिले सम्म आएको ७० आवदेन मध्ये ३८ जनाले अडिसनमा सहभागिता जनाएका थिए। सो सहभागिलाई दोस्रो चरणको प्रतियोगितामा लानको लागी छनौट गर्ने जिम्मेवारी अडिसन जजको रुपमा व्यवसायी तथा पेजेन्ट जज रेनोल्ड पीटर रोद्रिगुएस, प्लानेट मल्टिमेडिया का प्रमुख तथा फेसन कोरियोग्राफर मोनित महर्जन, शेड्स बिउटी स्टुडियोकी प्रमुख मेक्-अप आर्टिस्ट सृजना कार्की र मिस टुरिजम एण्ड कल्चर युनिभर्स २०१९ की बिजेता सोनु श्रेष्ठले लिएका थिए । सहभागिता उत्साह जनक...
कलेजका लागी छुट्टाएको पकेट खर्च वचत गरेर ममताले गरिन डा.महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ३०० युरो सहयोग

कलेजका लागी छुट्टाएको पकेट खर्च वचत गरेर ममताले गरिन डा.महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ३०० युरो सहयोग

आर्थिक, समाचार, समाज
डा.महाबीर पुनको अगुवाईमा नेपाली बैज्ञानिक क्षेत्रको बिकासका लागी राष्ट्रिय आविस्कार केन्द को विधिवत उद्घाटन भएको छ । करीव आठ करोड रुपैया लगानी रहने उक्त आविस्कार केन्द्र निर्माणका लागी देश विदेशबाट सहयोग गर्ने दाताहरुको संख्या बढ्दो छ । एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार प्राप्त डा.महाबीर पुनले थालनी गरेको यस अभियानका लागी आफनो सम्पत्ति आविस्कार केन्द्रमा लगानी गरेर अपुग रकम जब ४ प्रतिशत व्याजमा ऋणका लागी आमसमुदायसंग आव्हान गरे तब उनको यस अभियानमा देश बिदेशका राष्ट्रप्रेमीलेहरुले आफुले सक्दो रकम संकलन गरि केन्द्रलाई हस्तान्तरण गर्न थालेका छन । ग्रामीण भेगमा वायरलेस पद्धतीको टेलिफोन एवं ईन्टरनेट सेवा पुर्याएर नेपालका दुरदराज ग्रामीण भेगका विकासका लागी निरन्तर लागी पर्दै लोकप्रियता कमाएका डा.महाविरको यस राष्ट्रिय अभियानका लागी बेल्जियममा बस्ने नेपालीहरुले समेत निकै सक्रियता द...
मोडल शिलाष्माले मलेसियामा जितिन ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’ को ताज

मोडल शिलाष्माले मलेसियामा जितिन ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’ को ताज

मनोरन्जन, समाचार
मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाईनलमा नेपालकी प्रतियोगी शिलास्मा हमाल मल्ल बिजेता भएकी छिन् । २१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकी छिन् । विभिन्न चरणपछि फाईनलमा पुगेकी शिलास्माले अन्तत उत्कृष्ट हुँदै वल्र्ड तर्फको शिर्ष उपाधि र ताज जितेकी छिन् । नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेस टुरिजम एम्बेस्डर २०२० बिजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिईन् । एशिया, युरोप, अफ्रिका लगायतका महाद्धिपका २१ जना महिलाहरु भएको प्रतिस्पर्धामा युनिभर्स तर्फको ताज भने मलेशियाले जितेको छ । केही वर्षयताबाट मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही व्युटी पेजेन्टमा पनि यस अघि ताज तिजिसकेकी छिन् । उनी अभिनित म्युजिक भिडियोहरु चर...
पुष्पराज पौडेलको ‘सयपत्री’ कविता संङ्ग्रह लोकार्पण

पुष्पराज पौडेलको ‘सयपत्री’ कविता संङ्ग्रह लोकार्पण

शिक्षा, समाचार
तनहुँ, २२ पौष -कवि एवम् साहित्यकार पुष्पराज पौडेलको सयपत्री कविता संङ्ग्रह लोकार्पण गरिएको छ । भानु ०८ पुर्कोटस्थित मनोहर मा.वि. को ५२ औं वार्षिकोत्सव समारोहमाझ कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद कृष्ण कुमार श्रेष्ठ, विशिष्ट अतिथिद्वय संघीय सांसद लालबहादुर थापा एवम् प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, कवि पौडेल स्वयम्, कवि रमेश पौडेल, प्राज्ञ नमूना शर्मा, लगायतका अतिथिहरूले संयुक्त रूपमा विमोचन गरे । कार्यक्रममाझ कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिद्वय लुइटेल एवम् थापा लगायत अन्य अतिथिहरुले मन्तब्य राख्दै कृतिकारको ब्यक्तित्वको चर्चा गरे । त्यसैगरि कार्यक्रमका बिशिष्ट अतिथि लुइटेलले नेपालको वर्तमान शैक्षिक अवस्थाका बारेमा चर्चा गर्दै कवि पौडेलको सिर्जनधर्मिता बारेमा विवेचना गर्दै पौडेलको लेखनीमा मिठासपन र सहृदयताको आभास पाइने उल्लेख गरे । कवि रमेश पौडेलले सयपत्रीभित्र विभिन्न ...
कलाकार हरि विष्टले गरे जन्मदिनमा सामाजिक कार्य,धुर्मुस सुन्तली फाउण्डेसन र सुर्खेत उद्योग वाणिज्य संघको राहत कोषलाई नगद सहयोग

कलाकार हरि विष्टले गरे जन्मदिनमा सामाजिक कार्य,धुर्मुस सुन्तली फाउण्डेसन र सुर्खेत उद्योग वाणिज्य संघको राहत कोषलाई नगद सहयोग

मनोरन्जन, समाचार
आफ्नो जन्म दिनको अवसरमा रमाईलोका लागी खर्चालु मनोरन्जनात्मक कार्यक्रम भोज भतेर लगायत रेष्टुरेन्टमा गरिने फजुल खर्चलाई कटौती गर्दै सामाजिक कार्यमा योगदान दिने प्रचलन बढ्दै गएको छ । यसै अनुरुप कलाकार, खेलाडि, व्यवसायी तथा नेपाल तरूणदल सुर्खेतका अध्यक्ष समेत रहेका हरि बिष्टले आफ्नो जन्मदिनको अवसरमा हुने अनावश्यक खर्च कटौती गर्दै सामाजिक कार्यमा लगाएका छन । आज परेको जन्मदिनको अवसरमा धुर्मुस सुन्तलि द्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगाशालालाई रु. एकाउन्न हजार एक सय एघार रूपैंया तथा सुर्खेत उधोग वाणिज्य संघको व्यावसायिक राहत अक्षकोषलाई रू. एकाउन्न हजार एक सय एघार रूपैंया गरि जम्मा एक लाख दुई हजार दुई सय दुई रुपैंया सहयोग गरेका छन । धर्तिमा पाईला टेकाउने आफ्नो भगवान रूपि माता सेतु बिष्ट र पिता धन बहादुर बिष्टको पाउमा सिर टेकाउंदै उक्त रकम सहयोग गरेको बिष्टले ज...