आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

कर्पोरेट म्यागाजिन स्थापनाको दशौं बार्षिक उत्सव सम्पन्न ,लिजेण्ड बिजनेस पर्सनालिटी लक्ष्मीदास मानन्धरलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड

कर्पोरेट म्यागाजिन स्थापनाको दशौं बार्षिक उत्सव सम्पन्न ,लिजेण्ड बिजनेस पर्सनालिटी लक्ष्मीदास मानन्धरलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड

आर्थिक, समाचार
काठमाडौं – कर्पोरेट बिजनेश म्यागाजिन तथा कर्पोरेट खवर डटकमले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको छ। मंगलवार काठमाडौंको लाजिम्पाटमा आयोजित भव्य समारोह वीच कर्पोरेट बिजनेश म्यागाजिनले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको हो। नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा भएको बार्षिक उत्सव कार्यक्रममा नेपालका लिजेन्ड बिजनेश पर्सनालिटी लक्ष्मीदास मानन्धरलाई कर्पोरेट लाइफ–टाइम अचिभमेन्ट अवार्डव्दारा सम्मानित गरिएको छ। सम्मान मन्त्री यादव तथा आयोजक कर्पोरेट म्यागाजिनका अध्यक्ष उज्ज्वलजंग शाह तथा कार्यकारी निर्देशक सुषमा महरा शाहले संयुक्त रुपमा प्रदान गरेका थिए।कार्यक्रममा विभिन्न विजनेश सेक्टरका पर्सनालिटीहरुलाई पनि सम्मान गरिएको कर्पोरेट कार्यक्रममा भवानी राणा, सौरभ ज्योति लगायतका विजनेश सेक्टरका विजनेश सेलिब्रेटीहरुले कर्पोरेट म्यागाजिनलाई बधाई तथा शुभकामना...
पेजेन्ट नेपालको आयोजनामा फाल्गुन १ गते ‘ओसीस स्पा भ्यालेन्टाईन फेशन शो’ हुने

पेजेन्ट नेपालको आयोजनामा फाल्गुन १ गते ‘ओसीस स्पा भ्यालेन्टाईन फेशन शो’ हुने

मनोरन्जन, समाचार
काठमाडौं प्रणय दिवसको अवसरमा काठमाडौंको धुम्बाराही स्थित,स्काई जोन रेष्ट्रो एण्ड व्यांकेटमा ओसीस स्पा भ्यालेन्टाईन फेशन शो हुने भएको छ । आउदो फाल्गुन १ गते बिहिवार अर्थात फेब्रुरी १३ का दिन पेजेन्ट नेपालको आयोजनामा हुन लागेको कार्यक्रममा विभिन्न गायक तथा सांगीतिक समूहको प्रस्तुति रहनुको साथै डान्स पार्टी समेत रहने छ। उक्त कार्यक्रममा चर्चित गायक सपन श्रेष्ठ, बिनोद ढकाल, सावित्री प्रिथि, रामकृष्ण श्रेष्ठ, जय देवकोटा लगायतको सांगितीक प्रस्तुति रहने छ भने लोकप्रिय हांस्य कलाकार गोपाल ढकाल, छन्दे तथा चर्चित डान्सर रोहीत मगरको आकर्षक प्रस्तुती रहनेछ ।२० जना मोडलहरुको र्याम्प शो रहने उक्त शो मा नायिका तथा मोडल ऐनी कुंवर, नायक संजित भण्डारी तथा मिसेस टुरिज्म एम्बेसडर वल्र्ड,मलेसियाका विजेता एवं मोडल सिलाष्मा हमाल शो स्टपर्स रहेका छन । साझँ ५ बजेबाट शुरु हुने शो को कोरियोग्राफर स्वस्तिका कार्क...
वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लबाट गल्याङ चेम्बर अफ कमर्सद्वारा आयोजित कृषि, पर्यटन, सांस्कृतिक तथा ब्यापार महोत्सबको समुद्घाटन

वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लबाट गल्याङ चेम्बर अफ कमर्सद्वारा आयोजित कृषि, पर्यटन, सांस्कृतिक तथा ब्यापार महोत्सबको समुद्घाटन

आर्थिक, समाचार
गल्याङ माघ १६-नेपाल चेम्बर अफकमर्सका वरिष्ठ उपाध्यक्ष तथा गल्याङ चेम्बर अफ कमर्सद्वारा आयोजित कृषि, पर्यटन, सास्कृतिक तथा ब्यापार महोत्सब २०७६ का प्रमुखअतिथि राजेन्द्र मल्लले कार्यक्रमको समुद्घाटन गर्दै नेपालमा आर्थिक उन्नतीका लागि कृषि, पर्यटन र जलबिद्युत पुर्वाधारमा लगानी आवश्यक रहेको बताउदै स्याङजा जिल्ला कृषिको लागि उपयुक्त स्थान भएको हुदा सिंचाईको उचित प्रबन्ध गर्नु आवश्यक रहेको बताए । दुई तिहाई जनसंख्या कृषिमा आधारित रहेको हुदाँ देशलाई आवश्यक पर्ने करिव चालिस लाख टन चामलमा तिस लाख टनमात्र उत्पादन भईरहेकोमा यसमा आत्मनिर्भर हुने गरी कार्य गर्नु पर्ने आबश्यकता रहेको औंल्याए । साथ,ै मल्लले स्याङजामा कृषिको लागि आवश्यक माटो परिक्षण, कृषि विशेषज्ञको सेवा, कृषि कलेजको स्थापना, सहुलियतपुर्ण पाँच प्रतिशत दरमा कृषि ऋणको सहज उपलब्धता तथा उत्पादनमुखि कानुनि सुधारमा तत्काल जोड दिनु पर्ने बताए ...
रशलाईट मिडियाद्धारा फेशन शो आयोजना, क्यान एजुकेशन फाण्डेशनलाई एक लाख र योङ्ग्छेन फाण्डेशनलाई पचास हजार सहयोग प्रदान

रशलाईट मिडियाद्धारा फेशन शो आयोजना, क्यान एजुकेशन फाण्डेशनलाई एक लाख र योङ्ग्छेन फाण्डेशनलाई पचास हजार सहयोग प्रदान

मनोरन्जन, समाचार
काठमाडौं – देश तथा विदेशमा विभिन्न कार्याक्रम गरेर चर्चामा रहेको रशलाईट मिडियाको आयोजनामा क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ फेशन शो तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शुक्रवार रसियन कल्चर सन्टेर कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो ।उक्त कार्यक्रमको प्रमुख अतिथी श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव रहेका थिए। त्यस्तैगरी बिषेश अतिथिमा युवा नेता एवं समाजसेवी क्षितिज भण्डारी, नेपाल राष्ट्रिय मोडलिङ्ग संघका अध्यक्ष दिनेश शाही, क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष सम्झना लामा, छमछमीका निर्णयक महेश गोदार लगायतका अन्य विभिन्न पेशा तथा व्यवसाय गरेको व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता रशलाईट मिडिया प्रालिकी अध्यक्ष गायिका तथा मोडल रमिता भण्डारीले गरेका थिए। उक्त फेशन शो मा, जयन सुब्बा मानन्धर शो स्टाटर्स ,स्मृति पोख...
गोपाल ढकाल छन्देले हात पारे सर्वोत्कृष्ट हांस्य अभिनेता अवार्ड

गोपाल ढकाल छन्देले हात पारे सर्वोत्कृष्ट हांस्य अभिनेता अवार्ड

मनोरन्जन, समाचार
काठमाडौं। ख्यातिप्राप्त हांस्य अभिनेता गोपाल ढकाल छन्देले सर्वोत्कृष्ट हांस्य अभिनेताको अवार्ड पाएका छन् । तनहुँको भिमादमा जन्मेका गोपाल ढकाल (छन्दे) ले धनगढीमा पावर इन्टरनेशनल मिडिया नेपाल (पिम) नेपाल फिल्म फेस्टिवल २०७६ मा नेपाली कथानक चलचित्र लभ यु हमेशावाट सर्वोत्कृष्ट हांस्य–अभिनेता अवार्ड पाएका हुन्।पिम फिल्म फेस्टिवलमा छन्देलाई हांस्य सम्राज्ञी बसुन्धरा भुसाल, संगीतका बादशाह शंभुजीत बांस्कोटा लगायतले अवार्ड प्रदानगरेका हुन्। फिल्म फेस्टिवलमा उद्योग पर्यटन तथा वातावरणमन्त्रि माया भट्ट ,पीम नेपालका अध्यक्ष माधवराज खरेल , पिम नेपाल फिल्म फेस्टिवल २०७६का अध्यक्ष कमला जोशी लगायतले ढकाललाइ बधाई दिएका थिए । करिव १७ वर्षदेखि अनावरत रुपमा कलाकारिता क्षेत्रमा लागेका हांस्य अभिनेता गोपाल ढकाल छन्देले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारेका छन्। हालै मात्र थाईलैण्डमा ग्लोबल ईन...
जेसीआई इमाडोलको अध्यक्षमा पत्रकार सोनितराज ढुंगेल

जेसीआई इमाडोलको अध्यक्षमा पत्रकार सोनितराज ढुंगेल

समाचार, समाज
जुनियर च्याम्बर इन्टरनेशनल (जेसीआई) इमाडोलको अध्यक्षमा पत्रकार सोनितराज ढुंगेल निर्वाचित भएका छन् । इमाडोल स्थित इन्द्रेणी बैँक्वेटको हलमा सोमबार भएको नवौँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमबाट ढुंगेलको नेतृत्वमा १० सदस्य कार्यसमिती गठन भएको हो । यस्तै कार्यकारीणी उपाध्यक्षमा कृती भट्टराई र इच्छा गुरुङ निर्वाचित भएकी छिन् भने उपाध्यक्षमा सन्जु कुइकेल, कृपा तिवारी, सुमी ढुंगाना, मेनुका बस्नेत निर्वाचित भएका छन् । उक्त हलबाट कानुनी सल्लाहकारमा राजु सुवेदी, महासचिवमा सुदन थापा, कोषाध्यक्षमा बिना दाहाल, तालिम संयोजकमा प्रकाश आचार्यलाई अध्यक्ष ढुंगेलले मनोनित गरेका छन् । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा नेपाल जेसीसमा पूर्व अध्यक्ष राजु केसी, एरिया सीका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटा, राष्ट्रिय कार्यकारीणी उ...
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा गायिका सरानाको आवाजमा “पानी छायां ” सार्वजनिक(भिडियो सहित)

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा गायिका सरानाको आवाजमा “पानी छायां ” सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र छोरी सराना श्रेष्ठले एकै गीतमा आवाज भरेका छन् । ‘पानी छायाँ’ बोलको गीतको भिडियो काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ । मदन र सरानासँगै कलाकार हरिवंश आचार्य, केदार घिमिरे, सन्दिप क्षेत्री, भिडियोका निर्देशक सुव्रतराज आचार्य, गीतकार राजेन्द्र थापा, निर्देशक दीपाश्री निरौला लगायतले ‘सिग्नेचर स्टेप’ गर्दै भिडियो सार्वजनिक गरे । भिडियोमा मदनकृष्ण श्रेष्ठ र सरानाको साथमा कोविश पाण्डे, आर्शिना भट्टराइको अभिनय छ । भिडियोमा राजिव समरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियो : https://youtu.be/Ltvq9890O6s ...
ललितपुर -५ मा बृहद सरसफाई कार्यक्रम सम्पन्न

ललितपुर -५ मा बृहद सरसफाई कार्यक्रम सम्पन्न

समाचार, समाज
ललितपुर, १० माघ -ललितपुर महानगरपलिका वडा नं ०५ का अध्यक्ष विकास श्रेष्ठको नेतृत्वमा शुक्रबार बृहद सरसफाई कार्यक्रम सम्पन्न भएको छ । ललितपुर ०५ लाई 'स्वच्छ, सफा हराभरा र धुवा-धुलोरहित वडा बनाउने अभियान' अन्तर्गत आज आयोजित सो कार्यक्रमको उद्घाटन संघिय सांसद पम्फा भुषालले गरिन् । कार्यक्रमको उद्घाटन गर्दै सांसद भुषालले नगर क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउन स्थानिय तहसँगसंगै, सामाजिक एवम् व्यवसायिक संघ-संस्था तथा प्रतिष्ठान, नगरबासी, सरकारी कार्यालय लगायतको संयुक्त पहल आवश्यक रहने औल्याउदै ललितपुर ०५ नम्बर वडाले वातावरणिय स्वच्छताका लागि देखाउदै आएको तदरुकताको तारिफ समेत गरिन् । तत्पश्चात उनी फोहर संकलन कार्यमा सरिक रहदै झाडु लगाउने, फोहर टिप्ने जस्ता गतिविधीमा संलग्न समेत भईन । त्यसो त सांसद भुषालका अलवा नेकपाका ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण ब्यन्जनकार, प्रदेश सांसद राजकाजी श्र...
गायक दिनेश गौतमको ‘म मरि सकेपछि’ गीतको भिडियो सार्वजनिक( भिडियो सहित)

गायक दिनेश गौतमको ‘म मरि सकेपछि’ गीतको भिडियो सार्वजनिक( भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । गायक दिनेश गौतमको आवाजमा रहेको 'म मरिसकेपछि...' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको उत्कृष्ट एरेन्ज छ ।  भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, शिलाष्मा हमाल र दिपेन्द्र कार्कीको अभिनय छ । गम्भीर बिष्टको कोरियोग्राफीमा उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । त्यस्तै यसमा कलरिष्ट रेनिश फागो रहेका छन् । भिडियोमा शिक्षक र विद्यार्थीबीचको प्रेम सम्बन्धलाई देखाइएको छ । भिडियोलाई नेप्सिने फिल्म स्टुडियोले उत्पादन गरेको हो ।  माया गर्नुको के अर्थ आँशु झरिसकेपछि, जे जे गर्नुछ गरे हुन्छ म मरिसकेपछि जस्तो शब्दहरु रहेको यो गीत पुरुषोत्तम बस्नेतको प्रभाव एल्बममा समावेश छ । अडियो र भिडियोमा धेरै मिहेनत गरिएको गायक गौतम...
सन्तोषीलाई मिसेस ब्युटी क्विन २०२० को ताज

सन्तोषीलाई मिसेस ब्युटी क्विन २०२० को ताज

मनोरन्जन, समाचार
२०७६ साल माघ ३ गते, शनिवार काठमाडौं । सिजन मिडियाले सञ्चालन गरेको ‘ लेटमिइन मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बनेकी छिन् । विजेता कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतकी ४० वर्षीया सन्तोषी शाहीले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् भने मिसेज मल्टी मिडिया अवार्ड पनि हाल पार्न सफल भइन । यस्तै ‘फस्ट रनरअपमा सविता शर्मा भइन भने उनले मिसेज पपुलरको अवार्डपनि हातपार्न सफल भइन र ‘सेकेण्ड रनरअपमा सीता अर्चना पौडेल चयन भएका छन् भन उनीले पनि वेष्टवाकको अवार्ड पनिहात पार्न सफल भइन साथै दुवैले बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेका छन् ।थर्ड रनर अपमा रञ्जना निरौला, र ‘फोर्थ रनर अपमा देवकला पुन छनोट भएका छन् । यस्तै ‘सवटाइटल अवार्ड’ हातपार्नेमा देवकला पुन व्यूटीफूल आइज, सिर्ज...