आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: News Reporter

भारत विश्वको पाँचौ धेरै संक्रमित भएको मुलुक

भारत विश्वको पाँचौ धेरै संक्रमित भएको मुलुक

समाचार, स्वास्थ्य
शनिबार बिहान कोरोना भाइरस संक्रमित संख्यामा इटालीलाई जित्दै छैठौं स्थानमा पुगेको भारत विश्वको पाँचौ धेरै संक्रमित भएको मुलुक बनेको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार शनिबार साँझ भारतले संक्रमित संख्यामा स्पेनलाई उछिनेको हो। अमेरिकाको जोनस् हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतको कुल संक्रमित संख्या शनिबार साँझ २ लाख ४५ हजार ६ सय ७० पुगेको छ। स्पेनमा भने त्यो संख्या २ लाख ४१ हजार ३ सय १० रहेको छ। संक्रमित संख्या धेरै भएपनि कोरोनाबाट हुने मृत्युको संख्यामा भने भारत यी मुलुकभन्दा धेरै पछाडी रहेको छ। इटालीमा हालसम्म कोरोनाका कारण ३३ हजार ७ सय ७४ जनाको ज्यान गएको छ भने स्पेनमा त्यो संख्या २७ हजार १ सय ३४ रहेको छ। भारतमा कोरोनाबाट हालसम्म ६ हजार ६ सय ४२ जनाको ज्यान गएको छ। सातादिन अगाडि सम्म भारतको दैनिक कोरोना संक्रमण दर करिब ६५ सय रहेकोमा हाल ...
गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना पोजेटिभ

गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना पोजेटिभ

समाचार, स्वास्थ्य
जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना पोजेटिभ देखिएको छ । युवकमा पिसिआर परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको हो । जबरजस्तीकरणी मुद्दाका आरोपी रहेका १७ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुदेव खतिवडाले  जानकारी दिए । डीएसपी खतिवडाका अनुसार जवरजस्ती करणी अभियोगमा ती युवकलाई प्रहरीले दश दिनअघि पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै आरडिटी परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई हिरासतमा राखिएको थियो । कोरोना संक्रमित युवकलाई गोरखा अस्पतालको आइसोलेसनमा राखिने तयारी भइरहेको छ । कोरोना पोजेटिभ देखिएका ती युवकसँग हिरासतमा अर्का एक पुरुष पनि सँगै थिए । गण्डकी प्रदेश जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणका क्रममा गोरखामा एकै दिन आइतबार दश जना संक्रमित फेला परेका थिए । यसअघि गोरखामा संक्रमित भेटिएका थिएनन्...
शिक्षक तथा विद्यार्थीको पिडा समेटिएको यमन श्रेष्ठ निर्देशित ‘स्कूल कहिले खुल्छ ?’ सार्वजनिक

शिक्षक तथा विद्यार्थीको पिडा समेटिएको यमन श्रेष्ठ निर्देशित ‘स्कूल कहिले खुल्छ ?’ सार्वजनिक

मनोरन्जन, समाचार
लकडाउनको समयमा समेत घरमै बसेर समय सान्दर्भिक गीत तथा भिडियो श्रृजना गरि आम दर्शकसामू उत्कृष्ट मनोरन्जन पस्किदै आएका निर्देशक तथा कलाकार यमन श्रेष्ठले पछिल्लो पटक ‘स्कूल कहिले खुल्छ ?’  सर्ट फिल्मको निर्माण तथा निर्देशन गरि सार्वजनिक गरेका छन ।लक डाउनको समयमा सबैभन्दा मारमा परेका विद्यार्थी तथा स्कूलको पिडा समेटिएको उक्त सर्ट मुभीको कथा समेत लेखेका यमनले मोबाईलबाटै छायांकन गरि मनोरन्जनात्मक ढंगले निर्माण निर्देशन गरेका हुन । लामो समयदेखी बन्द रहेको बिद्यालयलाई केही विद्यालयले अनलाईनको माध्यमबाट पढाउने प्रयास गरे पनि ग्रामीण भेगका विद्यालय तथा सामूदायिक बिद्यालयले कसरी बिद्यार्थीलाई पढाउन सकिन्छ भन्ने वहसलाई कलाकार यमनले व्यंग्यात्मक तवरले प्रस्तुत गरेका छन ।सामाजिक सन्जाल फेसबुक, ईन्स्ट्रागाम तथा युट्यूबबाट सार्वजनिक गरिएको उक्त सर्ट मुभीमा कलाकारहरु रिंकु बज्राचार्य श्रेष्ठ, सुन...
किर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘घर यस्तो होस्’ सार्वजनिक

किर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘घर यस्तो होस्’ सार्वजनिक

मनोरन्जन, समाचार
डा.डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्द र स्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्याय गायनमा पनि यो गीत मार्फत देखिएका छन् । सवैको घर स्वर्ग जस्तो होस् जसका लागि आवश्यक कुराहरु के-के हुन भन्ने विषय डा. उपाध्यायले गीत मार्फत प्रस्तुत गरेका छन् । https://youtu.be/cu_vdFxSFhs ‘एउटा आदर्श घरको कल्पना गरेर घरका सदस्य सवैले आफ्नो जिम्मेबारी वहन गरुन हरेकको घरमा सुख शान्तिहोस् भन्ने हेतुले मैले यो गीत स्रोतारदर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने । डा. उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘स्वर्गघर’मा समावेस रहेको गीत हो यो । घर यस्तो होस् जहाँशुख शान्तिल...
विश्व महामारीमा पनि अर्बपतिहरु झन धेरै धनी

विश्व महामारीमा पनि अर्बपतिहरु झन धेरै धनी

आर्थिक, समाचार
पछिल्लो तीन महिना सामान्य अमेरिकी नागरिकका लागि कठिन रह्यो, तर अर्बपतिहरुका लागि होइन । गत मार्च १८ यता अमेरिकी अर्बपतिहरु ५.६५ खर्ब डलरले धनी भएको इन्सिटिच्युट फर पोलिसी स्टडिजले बिहीबार प्रकाशन गरेको एक रिपोर्टले देखाएको छ । यो रिपोर्ट फोर्ब्सको विश्वका अर्बपतिको सूचीको आधारमा तयार पारिएको हो । अहिले अर्बपतिको कूल सम्पत्ति ३५ खर्ब डलर पुगेको छ । महामारीको शुरुवात यता उनीहरुको सम्पत्ति १९ प्रतिशतले वृद्धि भएको रिपोर्टमा भनिएको छ । अमेजनका प्रमुख जेफ बेजोस एक्लैको सम्पत्ति ३६।२ अर्ब डलर रहेको छ । यो गत मार्च १८ भन्दा यो बढी नै हो । सोही दिन यता ४.३ करोड अमेरिकीले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् । सेवा र पर्यटन क्षेत्रका कम आय भएका कामदारहरु महामारीबाट बढी प्रभावित बनेका छन् । यसले अमेरिकामा धनी र गरिबबीचको खाडल धेरै ठूलो रहेको देखाउने विज्ञहरु बताउँछन् । यही कारणले पनि अमेरि...
ग्रेस इभेन्ट्सले “ट्यालेन्ट हन्ट २०२०” आयोजना गर्ने

ग्रेस इभेन्ट्सले “ट्यालेन्ट हन्ट २०२०” आयोजना गर्ने

मनोरन्जन, समाचार
नेपालमा पछिल्लो पटक विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर चर्चा कमाउन सफल ग्रेस इभेन्ट्सले “ट्यालेन्ट हन्ट २०२०” आयोजना गर्ने भएको छ । कोभिड-१९ को विश्वव्यापी महामारीले गर्दा लकडाउनका कारण घरमै रहेर सेलिब्रिटी बन्न सक्ने उद्देश्य लिएर “ट्यालेन्ट हन्ट २०२०” को आयोजना गर्न लागिएको ग्रेस ईभेन्टसका प्रमुख सुरज थापाले जानकारी दिएका छन । प्रतियोगितामा अभिनय, नृत्य,गायन, बिटबक्स लगायत आफुमा भएका जुनसुकै कला प्रतिभा प्रस्तुत गर्न सकिनेछ ।ईच्छुक सहभागीहरुले आफ्नो आफुमा रहेको कलाको भिडियो बनाएर आगामी जेठ ३१,शनिवार सम्ममा ग्रेस ईभेन्ट्सको ईमेल तथा पेजमा पठाउन सकिने जानकारी संस्थाका सचिव पवन कोईरालाले बताए ।साईपाल एकेडेमीको सहकार्यमा आयोजीत यस प्रतियागीताले घरमै बसेर पनि अनलाईनको माध्यमबाट आफु भित्र लुकेको प्रतिभा प्रस्फुटन गराई क्षमता अभिवृद्धि गर्न सकिने...
गायक बिनय कार्कीको ‘नाका’ सार्वजनिक (भिडियोसहित)

गायक बिनय कार्कीको ‘नाका’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
गायक तथा निर्देशक गौरब गिरि सङ्ग भ्वाइस अफ नेपाल -२ बाट चर्चा कमाउन सफल गायक बिनय कार्की को फिचरिङ्गमा ‘नाका’ गीत सार्वजनिक भयको छ । न बाहिर निस्किन सक्छौ न केही गर्न सक्छौ । यहि बिषय लाई लियर गीत ‘नाका’ तयार गरियको छ । उक्त गीतमा सङ्गीत सम्योजन गायक एरेन्जर बिनय कार्किकै रहेको छ । लकडाउन पालना गरेर उत्कृष्ट तवरले भिडियोको तयारी गरिएको छ । भिडियोको निर्देशन भने गायक गौरब गिरिले गरेका छन । उक्त गीतको भिडियोमा अशोक केसि , चक्र बम , शिशिर नाथ, सुबाश तिमल्सिना , कृष्ण धनुक, राजु लामा , सन्दिप शाह , आर।के। परियार को अभिनय रहेको छ भने अर्जुन पोखरेल को भिडियो सम्पादन रहेको छ । अडियो भिडियो निर्माण आरोही ईन्टरटेनमेन्ट बाट गरिएको छ । https://www.youtube.com/watch?v=B46EyhVLwco&feature=share&fbclid=IwAR1TAqS1k_sLWJCDHpByWFvPPLJ_o4NBYfR47PBpTfDbFEwBHR8V_vgWJsM ...
नवराज बिक ‘हत्याकाण्डको दोषीलाई  कड़ा कारवाहिको माग गर्दै सामाजिक न्यायको लागि जनआवाजको र्याली

नवराज बिक ‘हत्याकाण्डको दोषीलाई कड़ा कारवाहिको माग गर्दै सामाजिक न्यायको लागि जनआवाजको र्याली

समाचार, समाज
१४ औ छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा बुधवार रुकुम घटनामा मारिएका नमराज बिक लगाएत ६ जना को हत्याकाण्डको दोषीलाई कारवाहिको माग गर्दै काठमाडौंको चाबहिल चोकमा सामाजिक न्यायको लागि जन आवाज चर्कियो । पश्चिम रुकुमको चौरिजहारीमा भएको नवराज बिक ‘हत्याकाण्डको दोषीलाई कड़ा भन्दा कड़ा कारवाहिको माग गर्दै कपनबाट सुरु गारियको र्याली काठमाडौं चाबहिलमा गयर कोण सभा मा परिणत भएको थियो । सामाजिक न्यायको लागि जन आवाजको नेतृत्व गेरेका महिन्द्र सुनार ,जन युद्धका एक बिर्कट कमान्ड ,अमर बिक, जनजाति प्रतिष्ठानको सदस्य लम्जम शेर्पा ,दलित आयोग का पुर्व सदस्य सचिव सिताराम घले परियार एककृत बिश्वकर्मा समाज केन्द्रीय उपाध्यक्ष संगम गहतराज ,समाज सेवी रमेश सुनार,राजकुमार दर्नाल लागयत वक्ता हरूले यो एउटा जाति को मात्र नभइ सिंगो न्याय प्रेमी जन समुदायको लडाइँ भएको बताएका थिए । आज नेपाली समाज माथि गम्भीर प्...
गायक विनय कार्कीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक (भिडियोसहित)

गायक विनय कार्कीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
गायक विनय कार्कीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो मेरो माया’ सार्वजनिक भएको छ । सविन लामाको शब्द, विनयकै कम्पोज तथा एरेञ्ज, अशोक महर्जनको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गौरभ गिरीको निर्देशन रहेको गीतको भिडियोमा उमेश सोनाम, अस्मि श्रेष्ठ, सन्दिप शाहलाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायाँकन रहेको गीतको भिडियोलाई आरोही इन्टरटेनमेन्टले सम्पादन गरेको हो । विनयले भ्याइस अफ नेपालमा आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत सबैको मन जित्न सफल भएका थिए । गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/CbjNpJv-NPA ...
भारतमा सार्वजनिक यातायात खुलेसंगै काँकडभिट्टा नाकाबाट  दैनिक सयौँ नेपाली स्वदेश प्रवेश

भारतमा सार्वजनिक यातायात खुलेसंगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश

आर्थिक, समाचार
भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित जिल्लासम्म पठाउने काम गरिरहेको नगरप्रमुख विमल आचार्यले बताए । उनले भने, “लकडाउन भइसकेपछि सीमा क्षेत्रमा अलपत्र हुनुभएका नेपालीलाई उद्धार गरी गन्तव्यसम्म सुरक्षितरूपमा पु¥याउनु हाम्रो दायित्व हो । काँकडभिट्टा नाकाबाट यति धेरै नेपाली आउनु भयो कि उहाँहरुलाई राख्न होल्डिङ सेन्टर बनाउनुप¥यो ।” उनले उनीहरुलाई आ–आफ्नो प्रदेश र जिल्लासम्म पुग्नका लागि यातायातको साधनलाई सवारी पाससहित व्यवस्था गरेको बताए । सो काम जिल्ला समन्वय समिति र जिल्ला प्रशासनसँगको समन्वयमा गरेको बताउँदै ७७ जिल्लाकै ...