जनता प्रतिनिधि देश प्रति इमान्दार हुनुपर्छ
-डा.डी.आर.उपाध्याय खनाल,
अहिले राजनीतिक दलहरू चुनावको बिषयलाई लिएर ब्यस्त छन । उनीहरु संग कुरा गर्ने फुर्सद नै छैन । आज देश भरी चुनावी प्रचार ब्यापक रुपमा बढी रहेको छ । मंसिर ४ गते चुनाव हँदै छ । निर्वाचनको चटारो सबै दलहरुलाई लागेको छ । अहिले सबै दलहरु चुनावमा नै केन्द्रित छन । जनताको मन जित्नेहरुका लागी यो चुनाव अवसर हो, जनतालाई धोका दिनेहरुका लागी यो चुनाव ठूलो चुनौती हो ।
दलहरु जनता प्रति त्यति गम्भिर भएको देखिएन् । यो ठूलो समस्या हो । देश र जनताको निम्ति राजनीति गर्छु भन्ने हरु नै बेइमान भए । यो नै समस्या हो । जनतामा बिहान बेलुकाको छाक टार्न धौं धौ परिरहेको अबस्था छ । अब मुलुक बनाउन सबै उठ्नु पर्छ । जनताका प्रतिनिधि देश प्रति इमान्दार हुनु पर्छ । जनताका प्रतिनिधि नै बेइमान भए भने देश बिग्रन्छ । आज सत्तारुढ राजनीतिक दलहरू आफ्नै बलबुतामा नभई एक अर्काको बुइ चढेर अघि बढन खोजिरहेका छ...








