गोरखा क्षेत्र नं. १ मा राजेन्द्र बजगाईंको पक्षमा जनलहर
आगामी मंसिर ४ गते हुने आम निर्वाचनामा गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार भएका राजेन्द्र बजगाईंको पक्षमा जनलहर देखिएको छ । नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार बजगाईं जनताका माझमा विकासप्रेमी र संकटका सारथीका रुपमा चिनिनुहुन्छ । लामो समय पर्यटन व्यवसायमा रहनुभएका बजगाईं कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्छ । गोरखाको उच्च हिमाली क्षेत्रमा मानवीय संकट पर्नासाथ अधिकांशले बजगाईलाई नै सम्झने गर्दछन् ।।उहाँले धेरैपटक गोरखामा बिरामी र दुर्घटनामा परेकाहरुको उद्धार गर्दै आउनुभएको छ । गोर्खाली युवालाई प्रत्यक्ष रोजगारीको लागि उहाँको भूमिका महत्वपूर्ण रहँदै आएको छ । विकास र समृद्धिका लागि अग्रसर उहाँ गोरखाको विकास तथा निर्माणका लागि एक पील्लरका रुपमा स्थापीत हुनुहुन्छ । गोरखाको भीमसेन गाउँपालिका मसेल वडा नं. स्थित सामान्य कृषक परिवारमा जन्मिनु भएका बजगाईं बाल्यकालदेखिन...









