चर्चित मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई सम्मान
काठमाडौं । नाट्यश्वर कला केन्द्र तथा इभेण्ट मेनेजमेंट को आयोजनामा हालै सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड समारोहमा राज मेक अप स्टुडियोका प्रमुख टेकराज पाण्डेलाई सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई चलचित्र उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको हो । सोही समारोहमा लोकप्रिय गायक, सञ्चारकर्मी, सामाजिक अभियन्ता एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र चर्चित रंगसञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ पनि सम्मानित भएका छन् ।
समारोह प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथीहरुका रुपमा अग्रज अभिनेत्री बसुन्धरा भुसाल ,चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतको विशेष उपस्थिति रहे...









