आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘वेलुन’लाई सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड,पारसलाई युवा पत्रकारिता पुरस्कार

‘वेलुन’लाई सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड,पारसलाई युवा पत्रकारिता पुरस्कार

मनोरन्जन, समाचार
काठमाण्डौ – वर्षभरीकै सर्वोत्कृष्ट चलचित्र बन्दै लघुचलचित्र ‘बेलुन’ले ‘बेस्ट सट फिल्म अफ द इयर’ अवार्ड पाएको छ । ड्रिमवल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाण्डौको आयोजनामा सम्पन्न भएको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा लघुचलचित्र बेलुनले सर्वोत्कृष्ट अवार्ड पाएको हो । नेपाल फिल्म एकेडेमीद्धारा सार्वजनिक यो लघुचलचित्रमा माओवादीकालको द्धन्द्धमा आधारित कथावस्तु समेटिएको छ । यस्तै उत्कृष्ट युट्युब भिडियो, ब्लक, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले समेत अवार्ड पाएको आयोजक ड्रिम वल्ड अफ फिल्म मेकर्सले जानकारी दिएको छ । यसैगरी तीन जनालाई सम्मान पनि गरिएको छ । नेपालकी पहिलो नायिका भुवनचन्द, आर्ट डाइरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कार पत्रकार पारसमणि पौडेललाई १५ हजार पाँच सय ५५ रुपैयाँसहित खदा र प्रमाणपत्र प्रदान गरी ...
प्रसुन जंग पोखरेललाई जर्जियामा वर्ल्ड राइजिङ स्टारको उपाधि

प्रसुन जंग पोखरेललाई जर्जियामा वर्ल्ड राइजिङ स्टारको उपाधि

मनोरन्जन, समाचार
काठमाडौं– जर्जीयाको राजधानि तिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राइजिङ स्टार(२०२३ शीर्षकको प्रतियोगितामा नेपालका बाल गायक प्रसुन जंग पोखरेल वजयी भएका छन् । उक्त प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व जनाएका पोखरेलले राष्ट्रिय पोसाक टाइटल पनि जितेका छन् । उक्त प्रतियोगितामा विजयी भएर स्वदेश फर्किएका पोखरेललाई शनिबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा नेपालको नाम चिनाउने काम गरेकोमा वधाइ ज्ञापन गर्दै शुभकामनासहित अवार्ड हस्तान्तरण गरिन् । कार्यक्रममा ब्राइट फ्युचर एकेडेमीका सिईओ मोहन कार्की, मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा तथा परिवर्तन इभेन्ट हाउस निर्देशक राज बराइली को सहभागिता रहेको थियो । थाइल्यान्डमा आयोजित टीन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनर्स अप भएका पोखरेल ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छन् । प्रसुन डीएसए सिंगिङ स्टार २०१९ का...
जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण

जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण

मनोरन्जन, समाचार
स्रष्टा जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहाल, सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठ, विशिष्ठ कालाकार लय संग्रौला, उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ, लेखक राजनीतिक विश्लेषक केशवप्रसाद चौलागाईं, स्रष्टा जनक रावल र उहाँकी धर्मपत्नी कल्पना रावल, कृतिका सम्पादक कृष्ण भुसाल, गीतकार तथा निर्देशक गणेश सुवेदी, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीलगायतयले कृतिको लोकार्पण गर्नुभएको थियो । स्रष्टा रावलको २५औं वैवाहिक वर्षगाँठको अवसर पारेर गरिएको कार्यक्रममा रावल दम्पतीले एक–अर्कालाई दुवोको माला लगाइदिनुभएको थियो भने वर्षगाँठको केक...
दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको प्रमाणपत्र प्रदान

दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको प्रमाणपत्र प्रदान

मनोरन्जन, समाचार
दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार काठमाडौंमा एक समारोहकाबीच म्यूजिक खबर म्यूजिक अवार्डमा गीतसंगीतका विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । आयोजित कार्यक्रममा पूर्व उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय राजेन्द्र लिङ्देनले म्यूजिक खबरको दश वर्षे यात्राले कलासंस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताउँदै राजनीतिले देशको नीति बनाइरहँदा कलाक्षेत्रलाई एकै ठाउँमा जोड्दै आर्थिक समृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्न म्यूजिक खबर अगाडि बढेकोमा शुभकामना व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमलाई शुभकामना मन्तव्य दिँदै अवार्डका अध्यक्ष सुमन बैरागीले ...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको प्रथम साधारण सभाबाट अध्यक्षमा बजगाई निर्वाचित

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको प्रथम साधारण सभाबाट अध्यक्षमा बजगाई निर्वाचित

मनोरन्जन, समाचार
काठमाडौ । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा संगीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई निर्विरोध निर्वाचित भएका हुन् ।दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदमा निर्विरोध भएको थियो । जस अन्र्तगत उपाध्यक्षमा मोडल उषा उप्रेति, महासचिवमा संगीतकार दिपक शर्मा, सचिवमा गायिका सुजाता केसी, कोषाध्यक्षमा गायक नारायण बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।यस्तै सदस्यहरुमा भद्र बहादुर वली, महेन्द्र चन्द (माइकल), भुवन बहादुर नेपाली, पुस्कर सुनुवार, रिता केसी, उत्तम प्रसाद अधिकारी, शिलन लम्साल, मनोज परियार, नवराज उप्रेति, सबिन सुबेदी, बेनिशा पौडेल र प्रतिक्षा काफ्ले निर्विरोध निर्वाचित भएका हुन् ।खानेपानी मन्त्री  अब्दुल खानको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा संस्थालाई स...
राष्ट्रपति निर्विवाद एवं निष्पक्ष ढंगले उत्रन आवश्यक

राष्ट्रपति निर्विवाद एवं निष्पक्ष ढंगले उत्रन आवश्यक

राजनीति, समाचार
-डा.डिआर उपाध्याय,काठमाडौं । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेल निर्वाचित हुनु भएको छ । आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ उक्त पदका लागि उम्मेदवार बन्नु भएको थियो । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनु खुसीको कुरा हो । राजनीतिक संघर्षको इतिहास बोकेको व्यक्ति राष्ट्रपति हुनु भनेको देशको इज्जत बढनु हो । राजनीतिक योगदानको हिसाबले राम चन्द्र पौडेल मुलुकको सर्वोच्च पदमा पुग्नु मुलुकका लागी राम्रो कुरा हो । स्वच्छ छवि हुनुभएका पौडेलको मूल्यांकन अब हुने छ । उहाँले राष्ट्राध्यक्षका रूपमा आगामी दिनमा कस्तो भूमिका खेल्दै जानु हुन्छ त्यो भने हेर्न बाँकी छ । गणतन्त्रलाई संस्थागत गरेर अघि बढनु पर्ने बेला भएको छ ।यति बेला केही त...
खातिमाकी रितु जोशी अवार्डका लागि छनोट

खातिमाकी रितु जोशी अवार्डका लागि छनोट

मनोरन्जन, समाचार
फक्स स्टोरी इन्डियाबाट आएको मनोनयनबाट उत्तराखण्डको खातिमाकी रितु जोशी अवार्डका लागि छनोट भएकी हुन् । धेरै मनोनयनलाई पछाडी रितुले यस अवार्डबाट सम्मानित हुने छिन् । रितु पेशाले मोडल र कार्यक्रम आयोजक हुन्, यसअघि पनि रितुले काई सौन्दर्य प्रतियोगिता, मिस पिथौरागढ २०१८, मिस गढवाल फस्ट रनर अप, २०१९, मिस नर्थ राइजिङ इन्डिया २०१९, राष्ट्रिय स्तरको प्रतियोगिता जितिसकेकी छिन् । Glory of Uttarakhand 2019 र योसँगै रितुलाई 15 Success Star of India 2020, Fashion Lifestyle Magazine द्वारा, Forever Star India द्वारा 2020 को Real Superwoman, Satyaja Award 2021, Kalki News 2021 द्वारा कल्कि गौरव सम्मान, जस्ता धेरै अवार्डहरूबाट पनि सम्मानित गरिएको छ। नेशनल वुमन एक्सेलेन्स अवार्ड २०२१ नेशनल एकेडेमी फर आर्ट एण्ड एजुकेशन पुणे महाराष्ट्र, फक्स क्लुज बैंगलोरद्वारा भारतको शीर्ष १०० महिला आइकन २०२२, राष्ट्रिय ज...
दोङलाई रजत सम्मान, गिरीलाई रंग पत्रकारिता पुरस्कार प्रदान गरिदै

दोङलाई रजत सम्मान, गिरीलाई रंग पत्रकारिता पुरस्कार प्रदान गरिदै

मनोरन्जन, समाचार
“नेपाली हुनमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ विगत ६वर्ष देखि आयोजना हुदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३ को समापन कार्यक्रम यहि आईतवार ललितपुरको स्क्वायर होटेलमा सम्पन्न हुँदै छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको प्रमुख आतिथ्यता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शुशीला श्रीपाली ठकुरीको विशिष्ठ आतिथ्यता तथा नेपाली कला संस्कृति तथा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न हुन गईरहेका कार्यक्रममा बरिष्ठ गायक एवं संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्न लागिएको आयोजक पक्षले जानकारी दिएको छ । यस्तै पिम नेपालले यस वर्षको रंग पत्रकारिता पुरस्कार बरिष्ठ रंग पत्रकार विदुर गिरीलाई प्रदान गर्न लागिएको बताइृएको छ । कला संस्कृति, पर्यटन तथा समाजसेवामा सम...
प्रोफेसनल मेकअप आर्टिष्ट उप्रेतीलाई ‘सौन्दर्यविद सम्मान’

प्रोफेसनल मेकअप आर्टिष्ट उप्रेतीलाई ‘सौन्दर्यविद सम्मान’

मनोरन्जन, समाचार
काठमाण्डाै – नाट्यश्वर कला केन्द्र तथा इभेण्ट मेनेजमेंटको आयोजनामा हालै सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड समारोहमा मेकअप आर्टिष्ट गिता उप्रेतीलाई सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रशिक्षक तथा चर्चित मेकअप आर्टिष्ट उप्रेतीलाई ‘सौन्दर्य विद सम्मान’ प्रदान गरिएको हो । सोही समारोहमा लोकप्रिय गायक, सञ्चारकर्मी, सामाजिक अभियन्ता एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र चर्चित रंगसञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ पनि सम्मानित भएका छन् । सौन्दर्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्यक्तित्व गीताले लामो समयदेखि टेलिचलचित्रहरु,म्युजिक भिडियोमा समेत मेकअप आर्टिष्टको रुपमा काम गर्दै आईरहेकी छन् । समारोह प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । अवार्ड समारोहमा विभिन्न ६४ विधामा अवार्ड प्रदान ...
जीवन शाहीको निर्देशनमा ‘के बन्न सक्छौ तिमी’ सार्वजनिक(भिडियो)

जीवन शाहीको निर्देशनमा ‘के बन्न सक्छौ तिमी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
निर्देशक जीवन शाहीको निर्देशनमा रोमाञ्चक र मनोरञ्जक भिडियो सार्वजनिक भएको छ । ‘के बन्न सक्छौ तिमी’ बोलको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युटथ्युब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा सुगम पोखरेल र स्मीता दाहालको स्वर रहेको छ भने शब्द लेखेका किरण माइकल घिमिरेले यसको संगीत समेत गरेका छन् । बाबु एम प्रधानले गीतको एरेञ्ज गरेका छन् । https://www.youtube.com/watch?v=HW50GvJekDc भिडियोमा स्मारिका ढकाल र राकेश श्रेष्ठको काल्पनिक रोमान्स देख्न सकिन्छ । निर्देशक शाहीले राकेशको सपनालाई संयोगान्त बनाएर कथा बुनेका छन् । मुकेश हुमागाईंको टिमले छायाँकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन र कलर करेक्सन गरेका छन् । ...