खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ
काठमाडौं । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ आएको छ । स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो । कृतिमा अमेरिकी बसाईका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिको छ ।
यस उपन्यासमार्फत स्रष्टा दाहालले पूर्वीय धर्म-दर्शनभित्रको ज्ञानलाई प्रवाहित गर्नुभएको छ । साथै यो उपन्यास अमेरिकी समाजको यर्थाथ परक दस्तावेजमा रुपमा आएको छ । स्रष्टा दाहालले त्यहाँ रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत उजागर गर्नुभएको छ ।
बौद्धिक खुराकले भरिपूर्ण रहेको यस उपन्यासमा स्रष्टा दाहाले अमेरिकी बसाई विभिन्न परिवेस, अनुभूति र अनुभवलाई पाठकमाझ पस्किनुभएको छ । कृतिमार्फत स्रष्टा दाहालले हाम्रो धर्म संस्कृतिका साथै देश बाहिरको जनजीवन कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ । यस कृतिको सम्पादन रमेश दाहालले गर्नुभएको हो भने प्रकाशक उषा दाहाल हुनुहुन्छ...









