आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
श्रीलंकामा समाजसेवी रन्जिता गुरुङ्गलाई विशेष सम्मान

श्रीलंकामा समाजसेवी रन्जिता गुरुङ्गलाई विशेष सम्मान

समाचार, समाज
कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । समाजसेवी रन्जिता गुरुङ्गलाई श्रीलंकाको राजधानी कोलम्वो स्थित होटल जेष्ट मेट्रोपोलमा आयोजित भव्य समारोहमा उक्त सम्मान प्रदान गरिएको हो । एक दशक भन्दा लामो समयदेखि समाज सेवामा सक्रिय गुरुङ्गलाई श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्र,सहोदराथ्वेय पियसतहन फाउण्डेसन श्रीलंकाका प्रमुख दनुस्का जयसिंघे तथा पर्यटन व्यबसायी एवं ईस्ना होलीडेजका प्रमुख निशानत परेराले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए । रन्जिता फाउण्डेसनका संस्थापक अध्यक्ष समेत रहेकी गुरुङ्गले असहाय वालवालिकाहरुको शिक्षा दिक्षाका निमित्त सहयोग गर्दै आईरहेकी छिन भने तराईमा वाढि पहिरोबाट घरवार विहिनका लागि थुप्रै स्थानमा घर निर्माण गरि हस्तान्तरण गर्दै आएकी छिन । थुप्रै परिवार विहिन वालवालिकालाई संरक्षण प्रदान गर्दै आईरहेकी समा...
कोलम्वोमा राजदुतबाट सम्मानित भईन सौन्दर्यकर्मी जेविशा थापा

कोलम्वोमा राजदुतबाट सम्मानित भईन सौन्दर्यकर्मी जेविशा थापा

आर्थिक, समाचार
कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । कोलम्वोको होटल जेष्ट मेट्रोपोलमा आयोजित उक्त समारोहमा नेपालकी सौन्दर्यकर्मी जेविशा थापा सम्मानित भएकी छिन । लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय सौन्दर्यकर्मी थापालाई श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्र,सहोदराथ्वेय पियसतहन फाउण्डेसन श्रीलंकाका प्रमुख दनुस्का जयसिंघे तथा पर्यटन व्यबसायी एवं ईस्ना होलीडेजका प्रमुख निशानत परेराले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए । नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजित उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी,समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । लामो समयदेखि सौन्दर्यकर्मीको रुपमा निरन्तर लागि पर्दै आएकी थापाले दुवईमा समेत सर्वोत्कृष्ट मेकअप आर्टिष्टको रुपमा अवार्ड हात पार्न सफल भएकी छिन । स्वदेशमा भएका विभिन्न संघ संस्थाबाट सम्मानित भ...
श्रीलंकामा नेपाली कलाकर्मीलाई गरे राजदुतले सम्मान

श्रीलंकामा नेपाली कलाकर्मीलाई गरे राजदुतले सम्मान

मनोरन्जन, समाचार
कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । कोलम्वोको होटल जेष्ट मेट्रोपोलमा आयोजित उक्त समारोहमा सहभागी हुन नेपालबाट करिव १ दर्जन वढि कलाकार,पत्रकार,सामाजिक अभियन्ता एवं पर्यटन व्यबसायीहरुको कोलम्बो आएका थिए । श्रीलंका र नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजित उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी,समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई नेपालको तर्फबाट निकिला मिडिया नेटवर्क र श्रीलंकाको तर्फबाट सहोदराथ्वेय पियसतहन फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको थियो ।इस्ना होलीडेज तथा श्रीलंकन एयरलाईन्सको विशेष सहयोग रहेको कार्यक्रममा नेपालबाट कार्यक्रममा सहभागीता जनाउन आएका वरिष्ठ अभिनेता उद्धवराज भट्टराई,वरिष्ठ गीतकार प्रमोद भट्टराई ‘प्रतिक’,सा...
सुजनको ‘भुक्के चप्पल’मा नविना (भिडियो)

सुजनको ‘भुक्के चप्पल’मा नविना (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ । गायक सुजन शिवाकोटीको स्वर रहेको भुक्के चप्पल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शब्द तथा संगीत रहेको छ । निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नबिना शिलवाल (खुईली)को अभिनय रहेको छ । भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयबस्तुलाई समेटेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् । जसको कलरिङ पनि रावल स्वयमको रहेको छ । भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका हुन् । युवा उद्यमी समेत रहेका गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म...
चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला

चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला

मनोरन्जन, समाचार
अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संकृती संरक्षणमा हाम्रो अभियान भन्ने मुल उद्देश्यका साथ अवार्ड संगै नगद राशि सहितको रिवार्ड आयोजना आयोजना गर्दै आईरहेको संस्था सामना म्युजीक क्रियसनले चौथौ संस्करणको राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) २०८० को लागी आवेदन खुल्ला गरेको आयोजक ले बताएको छ । नेपाली लोक गित आधुनिक, पप, राष्ट्रीय गित लगायतका २१ विद्यामा फारम भर्न सकिने आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिईन् । २०७८ चैत्र देखि २०७९ चैत्र मसान्तभित्र बजारमा आएका सिर्जनाहलाइृ समावेश गरिने आयोजकले बताएको छ ।नेपाली मौलिक लोक गित संगितको विकास र विस्तार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ भव्य र सभ्य रुपमा आयोजना गर्न लागिएको आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिइन् ।आवेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियशन प्रा.लि.को कार्यालबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले वत...
ग्लोकल टिन हिरो नेपालको नवौं संस्करणको लागि आवेदन खुल्ला

ग्लोकल टिन हिरो नेपालको नवौं संस्करणको लागि आवेदन खुल्ला

समाचार, समाज
गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलेको घोषणा गरिएको छ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ । ग्लोकल टिन हिरो, ग्लोकल प्रालीको एक कार्यक्रम हो, जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ। ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म हो । जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि रा...
काश फाउन्डेसनले गर्यो रक्तदान शिविर

काश फाउन्डेसनले गर्यो रक्तदान शिविर

अन्तराष्ट्रिय, समाचार
कास फाउन्डेसनले रक्तदान शिविर आयोजना गरेको छ । संस्थापक काजल सचदेवको सहयोगमा थालेसेमिया पीडित बालबालिकाले जीवन पाएका छन् । रायपुर : युनाइटेड इन्डिया इन्स्योरेन्स कम्पनी लिमिटेड, रायपुर वेलफेयर फाउन्डेसन सोसाइटीले थलासेमिया भएका बालबालिकाका लागि रक्तदान शिविर आयोजना गरेको थियो, जसमा ३१ युनिट रक्तदान भएको कास फाउण्डेशनकी संस्थापक काजल सचदेवले बताउनुहुन्छ, आजकल गर्मीका कारण थलासेमिया रोग लागेको छ । बालबालिकालाई रगत नहुँदा रक्तदान नै उनीहरुको जीवनको आधार हो ।यस्ता बालबालिकालाई हरेक १५ दिनमा रगत दिनुपर्छ ।रगत नपाएमा यस्ता बालबालिका कमजोर हुन्छन् ।काश फाउन्डेसनले यी बालबालिकाका लागि प्रत्येक महिना रक्तदान शिविर आयोजना गर्दछ । रगतको अभाव नभएका यस्ता बालबालिकाहरु दिनहुँ केन्द्रमा निशुल्क रक्तदान गर्न आउने गरेका छन् भने कास फाउन्डेसनले उनीहरुको अन्य समस्या पनि समाधान गर्दै आएको छ । स...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेमा हुने

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेमा हुने

मनोरन्जन, समाचार
सेलिब्रेटी नेपालको आयोजनामा गत वर्षको बैशाखमा गोरखाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो । महोत्सवमा २६ वटा फिल्महरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए । नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरु मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा फिल्म दर्ता खुल्ला गरिएको थियो । महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु स्क्रिनिङ हुनेछन् । महोत्सवमा स्क्रिनिङ हुने फिल्महरुमध्ये उत्कृष्टलाई अवार्ड समेत प्रदान गरिने सापकोटाले जानकारी दिए । स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको...
सगरमाथा म्युजिक अवार्डको पाचौं संस्करण हुने

सगरमाथा म्युजिक अवार्डको पाचौं संस्करण हुने

मनोरन्जन, समाचार
पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ । सहारा ग्रुपले सहारा राइड सेयरिङ एप, सहारा टेक्नोलोजी सञ्चालन गर्दै आएको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने म्रल नाराको साथ हुन लागेको अवार्डमा २०७९ वैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत सङ्गीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो । जुरी र भोटको आधारमा अवार...
‘म्यान अफ दि वल्र्ड’का लागि नेपालको प्रतिनिधित्व गर्ने कटवाललाई ओलीले दिए शुभकामना

‘म्यान अफ दि वल्र्ड’का लागि नेपालको प्रतिनिधित्व गर्ने कटवाललाई ओलीले दिए शुभकामना

मनोरन्जन, समाचार
काठमाडौै । मोडल विशाल कटुवाललाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन । विश्वको चर्चित कार्यक्रम ‘म्यान अफ दि वल्र्ड २०२३’मा मोरङका कटुवालले नेपालको प्रतिनिधित्व गर्ने भएकाले उनलाइ शुभकामना तथा बधाई दिएका हुन । विश्वको चर्चित कार्यक्रम ‘म्यान अफ दि वल्र्ड २०२३’मा मोरङका विशाल कटुवालले नेपालको प्रतिनिधित्व गर्ने छन् । आगामी जुन १६मा फिलिपिन्सको मनिलामा हुने उक्त कार्यक्रमका लागि उनी जुन ५ मा फिलिपिन्स जाने कार्यक्रम रहेको छ ।पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशाललाई आफ्नै निवास बालकोटमा वोलाएर नेपालको झण्डा सहित वधाई तथा सफलताको शुभकामना दिनुभएको छ । २८ वर्षिय विशाल पेशाले इन्जिनियर हुन् । इन्जिनियर विशाल कलाकारिता क्षेत्रमा पनि उत्तिकै अब्बल मानिन्छन् । चलचित्रमा समेत अभिनय गरिसकेका विशालका थुप्रै म्युजिक भि...