आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
अरमान तामाङको ‘भावना’ सार्वजनिक

अरमान तामाङको ‘भावना’ सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं, अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले संगीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्‍यापमा युवापुस्ता आउनु राम्रो रहेको बताउनुभयो । उहाँले अरमानको पहिलो प्रयास भए पनि निकै राम्रो भिडियो तथा गायन रहेकाले यसले सकारात्मक सन्देश दिएको जिकिर गर्नुभयो । यस्तै विशेष अतिथि सुशील नेपालले भिडियोको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिँदै युवापुस्ताहरू गायनमा आउनु राम्रो रहेको बताउनुभयो । अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र संगीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनले निर्देशन गर्नुभएको भिडियोमा अरमानलाई रिया लामाले साथ दिनुभएको छ । दिनेश पराजुलीको सिनेमाटोग...
सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

मनोरन्जन, समाचार
काठमाडौँ । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा सिजन मिडियाले आफ्नो अहम भूमिका स्थापित गरेको तथ्य सुनाउन पाउँदा हामी गौरवान्दित छौ । लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ । यसबाट उनीहरुको मेहनत र उपलव्धीलाई थप हौसला प्रदान गर्दै आएको छ । सिजन मिडिया आफ्नो १५ औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको सगौरव घोषणा गर्दछौ । सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफ...
गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं, साउन १८ । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ संगीतकार शम्भुजित बास्कोटाको रचना र संगीत रहेको गीतमा चाद सिंहको एरेञ्ज छ । गम्भीर विष्टको निर्देशन/कोरियोग्राफ रहेकोे गीतको भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा राकेश खड्कालगायतको अभिनय छ ।  टिमको मिहिनेतका कारण गीत र भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको थियो । यस्तै, दीपाश्रीले यो गीतमार्फत यस वर्षको तीज आएको जस्तो आभास आफूले पाएको सुनाउनुभयो । तीजको गीत भन्नासाथ आफू फुरुङ भएर नाच्न जाने गरेको समेत बताउनुभयो । शम्भुजित बास्कोटासँग करिब आधा दशक चलचित्रमा काम गरेको अनुभवको कारण...
प्रमोद भट्टराई ‘प्रतीक’को‘चुपचाप मन पराएँ’ सार्वजनिक (भिडियो)

प्रमोद भट्टराई ‘प्रतीक’को‘चुपचाप मन पराएँ’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतको सङ्ग्रह ‘चुपचाप मन पराएँ’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । गीतकार प्रतीकको शुभ जन्मोत्सवको अवसर पारेर गीतकार संघ नेपालको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा सात वटा गीतहरू सङ्ग्रहित उक्त गीति सङ्ग्रह लोर्कापर्ण गरिएको हो । विशिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, तथा विशेष अतिथिहरू संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार डा. नवराज लम्साल, गीतकार विश्व वल्लभ, गीतकार चिन्तामणि शिवाकोटी तथा गीतकार प्रतीकले संयुक्त रुपमा उक्त सङ्ग्रह लोकार्पण गर्नुभएको हो । बैंकिङ क्षेत्रमा क्रियाशिल रहँदा नै मुक्तक, कविता तथा गीत रचनामा रुची राख्नुका साथै डायरीका पानामा आफ्ना भावनाहरु सङ्ग्रहित गर्दै आएका गीतकार भट्टराईद्वारा रचना गरिएको गीतको पहिलो रेकर्डिङ २०७७ सालमा गरिएको थियो । ...
गायक भरत समारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान’ बाट सम्मानित

गायक भरत समारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान’ बाट सम्मानित

मनोरन्जन, समाचार
काठमाडौँ । गायक तथा सङ्गीतकार भरत समारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । राजधानीमा आयोजित एक समारोहकाबीच उनलाई उपसभामुख इन्दिरा राना मगर, रेशमलाल चौधरी, रेखा यादव, नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारी लगायतले उक्त सम्मान प्रदान गरे । समारीलाई नेपाली गीतसङ्गीतमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । उनीसँगै गायिका सामना शाह, गीतकार सुमन वैरागी, गायिका शान्ता जिसी, गजलकार सरला गहा थापा लगायत करिब दुई दर्जन कलाकार सम्मानित भएका थिए । नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको व्यक्तिहरूलाई प्रोत्साहन दिने उद्देश्यले गरिएको थियो । ।एक दसक भन्दा लामो समय देखि गीत सङीत को क्षेत्र् मा राम्रो स्थान बनाउन सफल भरत समारी गायक तथा र्यापर हुन्। ...
समाजसेवी कमल ढकालको पहलमा मिर्गौला रोगबाट पीडित दुलाललाई सहयोग

समाजसेवी कमल ढकालको पहलमा मिर्गौला रोगबाट पीडित दुलाललाई सहयोग

समाचार, समाज
दुवै मिर्गौला फेल भएर उपचाररत काठमाडौं टोखा नगरपालिका वडा नं. १ का नवराज दुलाललाई आर्थिक सहयोग प्राप्त भएको छ । काठमाडौं टोखा १० स्थित श्रृजना टोल विकास समितिले दुलाललाई आर्थिक सहयोग गरेको हो । दुलाललाई सहयोग गर्न समाजसेवी एवम् संस्थाका उपाध्यक्ष कमल ढकालको महत्वपूर्ण भूमिका रहेको छ । दुलालको कमजोर अवस्था बारे झोर महाँकालका समाजसेवी दीपेन्द्र तिवारीले ढकालसमक्ष पुर्याएका थिए । दुवै मिर्गौला फेल भएर लामो समयदेखि उपचार गराइरहेका दुलाल हप्तामा दुई पटक डाइलासिस गर्दै आएका छन् । उनलाई अस्पताल जानसमेत समस्या भएको, घरमा श्रीमती पनि बिरामी भइरहने र साना दुई बच्चालाई पढाउनसमेत धौ–धौ भएको भन्दै टोल विकास समितिले सहयोग गरेको हो । सहयोग बुझ्दै दुलालले टोल विकास समितिलाई धन्यवाद व्यक्त गरे । ...
चन्द्रराज शर्माको ‘हामी नदीका दुई किनारा’ लाई पूनः गाए सुरेन्द्र श्रेष्ठले(भिडियो)

चन्द्रराज शर्माको ‘हामी नदीका दुई किनारा’ लाई पूनः गाए सुरेन्द्र श्रेष्ठले(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको नयाँ भिडियो सार्वजनिक भएको छ। यसपालि उनले पुरानो सदाबहार गीत ‘हामी नदीका दुई किनारा’को कभर भर्सन गाएका छन्। पुराना वरिष्ठ संगीतकार चन्द्र राज शर्माद्वारा संगीतबद्ध उक्त गीतका रचनाकार सुर्य राज शर्मा हुन् भने वरिष्ठ गायक सुदेश शर्माले originally उक्त गीत गाउनु भएको थियो, भने गायक सुरेन्द्र श्रेष्ठले आफ्नै पनमा यस गीत लाई गाएका छन्। गीतको भिडियो पनि सुन्दर रहेको छ। https://www.youtube.com/watch?v=HzflG3YZzDU भिडियोमा रुपेन्द्र श्रेष्ठ तथा भिन्तुना जोशी, उजय शाही तथा मथुरा महर्जनले अभिनय गरेका छन् भने छायांकन तथा सम्पादन योवन शाक्य तथा रङ्ग संयोजन आकृष्ट शाक्यले गरेका हुन् भने सज्जा स्वेता शाक्य को रहेको उक्त भिडियो को कथा लेखन तथा निर्देशन विश्वास बज्राचार्यले गर्नु भएको छ। भिडियोको प्रस्तुति सुरमेलोडी रेकर्डिङ स्टुडियो तथा ज्योति mus...
आईटी आर्मीको पहलमा वार्षिक ७५ जना विद्यर्थीहरूलाई छात्रवृत्ति

आईटी आर्मीको पहलमा वार्षिक ७५ जना विद्यर्थीहरूलाई छात्रवृत्ति

शिक्षा, समाचार
काडमाडौं, संवाददाता । देशमा सामाजिक न्याय र सुशासन सहित आम जनताको लोकतन्त्र प्राप्तिका लागी क्रियाशील संगठन आईटी आर्मीको विशेष पहलमा ७५ जना विद्यर्थीहरूले प्रत्येक वर्ष उच्च शिक्षा अध्ययनमा छात्रवृत्ति पाउने निश्चित भएको छ । आईटी आर्मीको तर्फबाट राष्ट्रिय अध्यक्ष चन्द्र भुषण साह तथा सान ईन्टरनेशनल कलेजको तर्फबाट प्रिन्सिपल डा. केशव स्वीडे र कार्यकारी निर्देशक गोपाल भण्डारी बीच भएको सम्झौता – पत्र अनुसार मुख्यतः मानव विकास सूचकांक सहित शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका लगभग हरेक सूचकांकहरुमा कमजोर रहेको मधेश प्रदेशको भूगोलबाट एसईई (SEE) परीक्षामा राम्रो गर्ने ७५ जना विद्यार्थीहरुलाई आईटी आर्मीको सिफारिशमा छात्रवृत्ति प्रदान गर्ने आपसी सम्झौता भएको हो । आइतबार साँझ काडमाडौंक़ो चाबहिल, पहेलो पुल स्थित सान ईन्टरनेशनल कलेजमा भएको उक्त सम्झौतामा प्रत्येक वर्ष २० जना विद्यर्थीलाई पूर्ण छात्र...
जुबली शेर्पाले हात पारिन यो वर्षको ‘मिस नेपाल नर्थ अमेरिका’को ताज

जुबली शेर्पाले हात पारिन यो वर्षको ‘मिस नेपाल नर्थ अमेरिका’को ताज

मनोरन्जन, समाचार
अमेरिका । अमेरिकामा सम्पन्न मिस नेपाल नर्थ अमेरिका प्रतियोगितामा जुबली शेर्पा मिस नेपाल नर्थ अमेरिका २०२३ को बिजेता बनेकी छिन । १८ जना प्रतियोगीहरु वीच भएको प्रतिष्प्रर्धामा जुबली को उत्कृष्ट प्रस्तुतीले यो उपाधि जित्न सफल भएकी हुन । उनी संगै फष्टरनरमा रजिला बास्तोला र सेकेण्डरनरमा इसा सुवेदीले उपाधी हात पारेकी छन । सोलुखुम्बु खुम्जुङकी जुबली नेपालमा डेफोडिल बोडिङ स्कुलको अध्ययन पछि सन २०११ मा अमेरिकामा आएका थिए । उनी अहिले म्यानहृटनस्थित हन्टर कलेजमा पोलिटिकल साइन्स विषयमा अध्ययनरत छन । ‘ मिस नेपाल नर्थअमेरिकाको उपाधि जित्न पाएकोमा धेरै खुसी लागीरहेको छ ‘ मलाई यहासम्म सहयोग गर्ने मेरो अभिभावक र सवै सहयोगीहरुलाई हादिर्क धन्यवाद दिन चाहान्छु । ‘ उनले भने-‘ नेपालमा हुदानै मिस नेपालमा भाग लिने इच्छा थियो तर त्यतिबेला ८ बर्षको मात्र भएकोले संभव भएन । अमेरिकामा आएर मेरो मिस नेपाल हुने सपना ...
आउँदो शुक्रबारदेखि प्रिन्स अभिनित ‘अदृश्य’ प्रदर्शनमा आउने

आउँदो शुक्रबारदेखि प्रिन्स अभिनित ‘अदृश्य’ प्रदर्शनमा आउने

मनोरन्जन, समाचार
आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिद सिंहले चलचित्रको विषयमा जानकारी गराउनुभयो । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कहाँ सस्पेन्स र थ्रिलर कथामा कमै चलचित्र बन्ने गरेका छन् । एकै किसिमको भन्दा फरक प्रस्तुतीकरण दर्शकले पाउनुहुनेछ । मैले पनि चलचित्रको विधाअनुसार आफ्नो स्वरूप तयार गरेको छु ।” यसै चलचित्रमार्फत निर्देशन यात्राको प्रारम्भ गर्नुभएका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताउनुभयो । “हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ । ह...