आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
कोरियोग्राफर सन्दिप भुजेललाई ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’

कोरियोग्राफर सन्दिप भुजेललाई ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’

मनोरन्जन, समाचार
कोरियोग्राफर तथा नृत्य निर्देशक सन्दिप भुजेल ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान-२०८०’  बाट सम्मानित भएका छन ।राजधानीमा सम्पन्न ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मानूकार्यक्रममा उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको मण्डला ईन्टरटेनमेनट द्वाराआयोजित ‘मण्डला रास्ट्रिय प्रतिभा सम्मान’मा उनले उक्त सम्मान पाएका हुन । समारोहका प्रमुख अतिथी प्रतिनिधि सभाका उप सभामुख इन्दिरा राना मगर , समारोहका विशिष्ट अतिथीहरु प्रतिनिधि सभाका साँसद रेशम लाल चौधरी ,किरण कुमार शाह ,रेखा यादवको हात बाट कोरियोग्राफर भुजेललाई सम्मान प्रदान गरिएको थियो ।डेढ दशक भन्दा लामो समय देखि नृत्य मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल साथै आफनो कलाले दर...
सराना श्रेष्ठ निर्देशित अंगदान विषयक ‘पुनर्जन्म’ सार्वजनिक(भिडियो)

सराना श्रेष्ठ निर्देशित अंगदान विषयक ‘पुनर्जन्म’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले निर्माण गरेको अंगदान र अंग प्रत्यारोपण सम्बन्धि चेतनामूलक बृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शन गरिएको छ । शुक्रबार राजधानीको कुमारी हलमा आयोजित एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा उक्त वृतचित्र प्रदर्शन गरिएको हो । १५ मिनेट लामो उक्त वृत चित्रको निर्देशन सराना श्रेष्ठले गरेकी हुन । सराना वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी सुपुत्री हुन । समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वस्थ्य समाज निर्माणका लागि उपचारात्मक सेवाले मात्र संभव नहुने भएकाले रोग लाग्नै नदिन यस किसिमका जनचेतना जगाउने वृत चित्रहरुले पनि ठूलो भूमिका खेल्ने बताए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपणको क्षेत्रमा उल्लेखनिय काम गरिरहेको स्मरण गर्दै यसको सेवा देश भरि बिस्तार गर्न र तत्काल विरामीको चापको आधार...
रोट्रयाक्ट क्लव अफ वीरगंज तथा रोटरी क्लव अफ ज्ञानेश्वरद्वारा शैक्षिक सामाग्री वितरण

रोट्रयाक्ट क्लव अफ वीरगंज तथा रोटरी क्लव अफ ज्ञानेश्वरद्वारा शैक्षिक सामाग्री वितरण

शिक्षा, समाचार
वीरगंज ,पर्सा । रोट्रयाक्ट क्लव अफ वीरगंज र रोटरी क्लव अफ ज्ञानेश्वर द्वारा आज ब्याग तथा स्टेशनरी वितरण कार्यक्रम आयोजना गरीएको थियो। वीरगञ्ज महानगरपालिका वडा नं ३० प्रसोतिपुर मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज ब्याग तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको छ। स्कूलमा पढाइ गर्ने कक्षा बाल शिक्षा देखि कक्षा पांच समको बिद्यार्थी लाई ब्याग र स्टेशनरी वितरण गरिएको छ। कक्षा बाल शिक्षा देखि कक्षा पांच २५० दुइ सय पचास जना बिद्यार्थी लाई ब्याग तथा स्टेशनरी वितरण गरिएको कुरा रोट्रयाक्ट क्लव का आयुष गुप्ताले जानकारी गराएका छन। कार्यक्रममा रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष आरटीएन दिपक तुल्स्यान, चार्टर्ड सेक्रेटरी रोटरी क्लव अफ ज्ञानेश्वर आरटिएन सृष्टि त्रिपाठी, डिष्ट्रिक्ट रोटरी तथा रोटर्याक्ट रिलेसन चेयर आरटीआर आयुष गुप्ता , रोटर्याक्ट क्लब अफ वीरगन्जका अध्यक्ष सन्नी सर्राफ, सचि...
विश्व किर्तिमानी सौगात विष्ट अध्ययनका लागि मनास्लु वर्ल्ड कलेजमा भर्ना

विश्व किर्तिमानी सौगात विष्ट अध्ययनका लागि मनास्लु वर्ल्ड कलेजमा भर्ना

शिक्षा, समाचार
७ वर्ष ३४० दिनको उमेरमा विश्व किर्तिमान (गिनिज वर्ल्ड रेकर्ड) राख्न सफल सौगात विष्ट मनास्लु वर्ल्ड कलेजमा भर्ना भएका छन् । उनी कक्षा ११मा कानुन विषय अध्ययन गर्नका लागि सो कलेजमा भर्ना भएका हुन् ।मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्न पूर्ण छात्रवृत्ति उपलब्ध गराएको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।  विष्टले विश्वको सवैभन्दा कान्छो निर्देशकको रुपमा सन २०१४मा विश्व किर्तिमान राखेका थिए । चलचित्र ‘लव यु बाबा’ निर्देशन गरेबापत उनले विश्व किर्तिमान राख्न सफल भएका थिए । मनास्लु कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त कृयाकलापका क्षेत्रहरु जस्तै खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरुलाई स्थापनाकालदेखिनै ५०% देखि १००% सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदा...
‘कलियुग कि राधा’भईन सारिका घिमिरे(भिडियो)

‘कलियुग कि राधा’भईन सारिका घिमिरे(भिडियो)

मनोरन्जन, समाचार
सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत/एरेञ्ज रहेको ‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/h5HAj3fHSVw गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको श्रृङ्गार छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फ सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौं क्लबमा समेत पर्न सफल भएका छन् । ...
ब्यूटिसियन संघले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापन पत्र

ब्यूटिसियन संघले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापन पत्र

आर्थिक, समाचार
नेपाल ब्यूटिसियन संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको छ । शुक्रबार गृहमन्त्री श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको हो । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागमा कार्यरत कर्मचारी बन्दना कर्णले संघको आजिवन सदस्य सुष्मा महराले केएल टावरमा सञ्चालनमा ल्याएको फेसियल हाउसमा सेवा लिन जाँदा गरेको व्यवहारका विषयका बारेमा मन्त्रीलाई जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको जनाएको छ । संघका अनुसार फेसियल हाउसमा खुला रुपमा राखिएको सिसि क्यामेराको हवला दिँदै उक्त क्यामेराले सेवाग्राही कर्णको निजी व्यक्तिगत गोपनियतामा आँच आएको भनी महानगरिय प्रहरी वृत गौशलामा उजुरी दिएकी थिइन । प्रहरीले उक्त घटनामा परेको उजुरी अनुसार आपराधिक कार्य नभएको भन्दै असार २८ गते कर्ण कै सहमतिमा प्रहरी कार्यालयमा सहमति समेत गरेको थियो । त्यही विषयलाई लिएर यो पेशमाथी आँच आउने गरी झुठा आरोप लगाई ब्युट...
केही फरक बबिना भट्टराईको ‘बालापनको तीज’(भिडियो)

केही फरक बबिना भट्टराईको ‘बालापनको तीज’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं यस वर्षका तीजका लागि भनेर गायक गायिकाले आफ्ना सिर्जनाहरु दर्शकमाझ पस्किरहेका छन्। तीज आउन डेढ महिना बाँकी रहदा गायक गायिकाहरु तीजका लागि युट्युबमार्फत सार्वजनिक गरिरहेको अवस्थामा गायका बबिना भट्टराईले पनि नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएकी छन्। भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तिज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतलाई बबिनाकै संगीत सुन्न सकिन्छ। सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। https://www.youtube.com/watch?v=Ky_j5u7kq4g ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरुमा समर्पित रहेको छ। सांस्कृतिक सम्पतीको रुपमा सिर्जना गरिएको तीजको कोशेली साना साना नानीहरुको लागी सांस्कृतिक मनोरञ्जन प्रदान गर्नको लागी यो गीत तयार पारिएको गायिका भट्टराईले बताईन् । केशब राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई ...
परामर्श क्षेत्रको विषय व्यवसायीसँग छलफल गरेर मात्र टुंगो लगाउन माग

परामर्श क्षेत्रको विषय व्यवसायीसँग छलफल गरेर मात्र टुंगो लगाउन माग

शिक्षा, समाचार
शैक्षिक परामर्श व्यवसायीले संघीय शिक्षा ऐनमा परामर्श क्षेत्रको विषय व्यवसायीसँग छलफल गरेर मात्र टुंगो लगाउन माग गरेका छन्। बिहीबार नेपाल शैक्षिक परामर्शसंघ (ईक्यान) अध्यक्ष शेषराज भट्टराई, आईरिन अध्यक्ष हेमन्त भट्टराई, जालसान अध्यक्ष रमेश देवकाेटा,नेपाल युरोप विजनेश एसोसियसनका अध्यक्ष नारायण रेग्मि  लगायतकाे टोलीले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई कार्यकक्षमै भेटेर संघीय शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रकाे विषय छलफल गरेर मात्र टुंगो लागउन माग गरेका हुन्। यसक्षेत्रलाई अझ व्यवस्थित गर्न यस व्यवसायलाई उद्योगको रुपमा स्विकार गरी छुट्टै ऐन मार्फत नियमन गर्न व्यवसायीले माग गरेका छन्। प्रस्तावित शिक्षा ऐन २०८० को दफा ६५ को उपदफा ०५ र ०६ का प्रावधानहरू व्यवसायको समग्र हित विपरित भएको इक्यानका महासचिव दीपकराज भुषालले बताए। उनले भने,‘परामर्श व्यवसायीसँग ...
‘माइत जाने हो’ भन्दै आए प्रताप र रिज्योना(भिडियो)

‘माइत जाने हो’ भन्दै आए प्रताप र रिज्योना(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । तीज नजिकिदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा बिष्णु तामाङको संगीत तथा संगीत सम्योजन रहेको छ । https://www.youtube.com/watch?v=kSd3MzYHYL4 गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ। विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, बिजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले रुचाएका छन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन । ...
संगीता अधिकारीले दिईन एनआरएनए जापानको अध्यक्षमा उम्मेद्वारी

संगीता अधिकारीले दिईन एनआरएनए जापानको अध्यक्षमा उम्मेद्वारी

आर्थिक, समाचार
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदका लागि संगीता अधिकारी सुवेदीले उमेद्वारी घोषणा गर्नुभएको छ । यही ३० जुलाईमा हुने निर्वाचनमा उहाँले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘मैले जुन अनुभव हासिल गरेको छु, त्यसले मलाई अब संस्थालाई सबल नेतृत्व दिन म समर्थ छु भन्ने आत्मविश्वास दिलाएको छ ।’ उहाँले आफूले दुई वर्षे कार्यकालमा उपाध्यक्षका रुपमा निर्वाह गरेको भुमिकाको न्यायोचित मुल्यांकनले पनि आफूलाई भावी नेतृत्वका लागि लायक ठहर गर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘ब्याबसायीक रुपमा कार्य गरेको अनुभब लगायतका आधारमा म नेपाल र नेपालीलाइ मात्र बुझेको छैन जापान र यहाभएका हामी नेपालीहरूका समस्यालाई नजिकबाट बुझेको छु । तिनिहरूलाई समाधान गर्दै हाम्रो समुदायको उज्वल भविष्य देखाउने ९भिजन० लिएर म आएको छु । जापानमा नेपालीको नयाँ पुस्ता तयार भइरहेको छ । हामी पछाडीको...