आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
गायक विश्वराम कार्कीको‘साइलो’सार्वजनिक(भिडियो)

गायक विश्वराम कार्कीको‘साइलो’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  गायक विश्वराम कार्किको गीत ‘साइलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयमकै स्वर, शब्द तथा संगीत संगै अभिनय पनि रहेको यस गीतको भिडियोलाई बिश्वराम कार्की युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा गायक कार्कीसंगै नायक जय किशन बस्नेत, रामशरण जंगम, दीपा पनेरु, मेगेन्द्र सुवेदी, ज्याक गुरुङ, कृष्ण माया सुनुवार, सुरेन्द्र पौडेल, भिमसेन दाहाल, सपना के सि, कमल श्रेष्ठ, कृष्ण के सि, दिया लामा लगायतको अभिनय रहेको छ । https://youtu.be/DgpsYa6gVLA समाजमा रहेको छुवाछुत प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश सहित सार्वजनिक गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानको रहेको छ भने छांयाकन प्रकाश खडका, सम्पाडण मिलण विश्वकर्माको रहेको छ। गायक कार्कीको यसअघि कट्टा हान्दिन्छु बोलको गीतले बजारमा तहल्का मच्चाईसकेको छ भने सोही गीतको सिक्वेल पनि छिट्टै बजा...
राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

समाचार, समाज
चीन विन्जाओ- राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच समझदारी गरिएको छ । एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन विन्जाओमा सांस्कृतिक तथा ब्यवसायीक फोटो पत्रकारितामा दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध विस्तार गर्नका लागि समझदारी पत्र आदान प्रदान गरिएको हो । उक्त समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यवसायीक क्षमता विकासमा लागि महत्वपूर्ण भूमिका खेल्ने छ । कार्यक्रमलार्ई विन्जाओका मिडिया ग्रुपका निर्देशकले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबीच समझदारी गर्न पाउँदा खुसि लागेको बताउँदै यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पु¥याउनमा महत्वपूर्ण भूमिका खेल्ने र नेपाल सरकार र चीन सरकारबीच भएको मिडिया स...
पोखरामा ‘हट एयर बेलुन फेस्टिभल’ हुदै

पोखरामा ‘हट एयर बेलुन फेस्टिभल’ हुदै

आर्थिक, समाचार
पोखरामा मंसिर ९ देखि पुस १७ (२४ डिसेम्बर २०२४ देखि १ जनवरी २०२५) सम्म “बालून नेपाल, इन्टरनेशनल बलून फेस्टिभल २०२४” आयोजना हुँदैछ। नेपालको पहिलो अन्तर्राष्ट्रिय हवाई बेलुन महोत्सवलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा लिइएको छ। यहाँ १० लाखभन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक सहभागी हुनेछन्। यस महोत्सवले १ लाख ५० हजारभन्दा बढी दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसमा स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटक, ५०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि, ४०+ पाइलट, ३०+ बेलुन, १० भन्दा बढी कलाकार, र २००+ स्टल समावेश छन्। विशेष आकर्षणहरू: सूर्योदय र सूर्यास्त बेलुन उडान: पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य। नाइट बेलुन ग्लो: बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै। आगो खेल (Fireworks): उद्घाटन, क्रिसमस इभ, नयाँ वर्...
राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी

समाचार, समाज
मङ्सिर २६ गते – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ। चीनको विन्जाओ फोटोग्राफर एसोसीयसन ,चिनिया पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल चीन मैत्री संघको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल ( सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनीमा आयोजना गरीएको हो । उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रर्दशनीमा राखिने छ । सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रर्दशनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको हो । उक्त कार्यक्रम सान्तोङ प्रोभिन्सका पूर्व उप प्रचार...
गायक युवराज छन्त्यालले ल्याए ‘बाग्लुङ बुर्तीवाङमा’(भिडियो)

गायक युवराज छन्त्यालले ल्याए ‘बाग्लुङ बुर्तीवाङमा’(भिडियो)

मनोरन्जन, समाचार
लोक तथा दोहोरी गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङमा’ बोलको गीत सार्बजनिक गरेका छन् । सार्बजनिक गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ भने गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन् । त्यस्तै गीतमा सुर्य खड्काको लय, कुमार थापाको एरेन्ज, रेकर्ड, मिक्सिङ रहेको छ । गीतलाई सुजन म्युजिकल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । https://www.youtube.com/watch?v=eaQlHfZig_0 भिडियोलाई शिवान पोखरेलले निर्देशन गरेका छन । भिडियोमा शिबन पोखरेल, अस्मिता राना, सारिका के सी, निर्मल क्षेत्री, उषा सुवेदी, गृवान बानिया, कुल बहादुर ओलि, भिम के सि लगायतको अभिनय रहेको छ । भिडियोलाई गायक युवराज छन्त्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । प्रवासमा रहेर पनि दर्जनौं हिट गीत मार्फत दर्शक श्रोताको माया बटुलिसकेका गायक छन्त्याल यस भिडियोबाट पनि उस्तै माया पा...
नारायण थापाको स्वरमा ‘परिणाम नखोज तिमी’ सार्वजनिक

नारायण थापाको स्वरमा ‘परिणाम नखोज तिमी’ सार्वजनिक

मनोरन्जन, समाचार
नारायण थापाको स्वरमा रहेको गीत ‘परिणाम नखोज तिमी’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिङरमास्टरिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । मेलोडी नेपाल रेकर्डिंङ स्टुडियोमा रेकर्ड भएको यो गीत आभूषण इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘समाज एवं घर(परिवारभित्र हुने आर्थिक उतार–चढाब, त्यसले निम्त्याउने समस्या र महत्वाकांक्षालाई गीतमार्फत उधिन्ने कोशिश गरेका छौं । एउटा प्रेमिका वा श्रीमतीले परिवार समाजभित्र देखेको भोगेको आर्थिक असन्तुलन, गुनासोलाई एक सच्चाप्रेमीबाट अभिव्यक्त प्रेमभाव र सम्बोधन नै गीतको मुख्य सार हो’, गायक थापा भन्नुहुन्छ । https://youtu.be/j9Q3mFkykD8 ‘सोह्रै शृंगार, तिमीलाई नै, कुनै दिन त, रातभरि, आज मृत्युले मलाई’लगायत करिब पाँच दर्जनभन्दा पढी गीतमा स्वर दिनुभएका भएका ग...
गायिका सुमी पराजुलीको ‘माया गर्ने तरीका’(भिडियो)

गायिका सुमी पराजुलीको ‘माया गर्ने तरीका’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  गायिका सुमी पराजुलीको नयां गीतको भिडियो सार्वजनिक भएको छ । गायिका पराजुली तथा गायक प्रताप दासको स्वरमा रहेको ‘माया गर्ने तरीका’.. बोलको गीतको भिडियो गायिका स्वयंकै युट्यूब च्यानल सुमी पराजुली ‘SUMI PARAJULI’ बाट सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको रचना र  संगीतमा तयार भएको गीतको भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । https://youtu.be/5zNFxWQ2pVU रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाई तथा सम्पादन विकास दाहालले गरेका हुन । मोडल कविता नेपाली तथा मोडल रमेश विश्वकर्मा फिचर्ड भिडियोलाई दर्शक श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको गायिका पराजुलीले बताईन । चुम्मा चपक्कै, सोल्टी, लुकामारी जस्ता लोकप्रिय गीतहरु गाईसकेकी गायिका पराजुलीले थुप्रै गीतहरु दर्शक श्रोता समक्ष प्रस्तुत गरिसकेका छिन । ...
सौगातजंग थापा र अनु चौधरीको ‘वाचा तोड्दिन म’ सार्वजनिक(भिडियो)

सौगातजंग थापा र अनु चौधरीको ‘वाचा तोड्दिन म’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  गायक सौगात जंग थापा र गायिका अनु चौधरीको स्वरमा ‘वाचा तोड्दिन म’ बोलको गीत सार्वजनिक भएको छ ।गीतकार नवीन कुमार शाहीको शव्दमा रहेको गीतलाई गायक थापा स्वयंले संगीत दिएका छन ।अनुजा सिंह र ज्ञानु नेपाली फिचर्ड भिडियोलाई चक्र बहादुर बरालले छायांकन गरेका हुन भने अमृत चापागाईले सम्पादन गरेका हुन । https://youtu.be/MVQuL5CojQ0 खगेन्द्र गिरीले सहायक निर्देशन गरेको भिडियोलाई श्रृजन बराल(ऋषी)ले निर्देशन गरेका हुन । भिडियो नविन कुमार शाही को आफ्नै नामको युट्यूबबाट सार्वजनिक भएको छ । ...
चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर

चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर

मनोरन्जन, समाचार
काठमाडौं २१ मंसिर । बिभिन्न स्थानहरुमा भएको बिशेष प्रदर्शनमा अत्याधिक रुचाईएको चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । बरिष्ट टिभि पत्रकार मनोहरी थापा निर्माता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन, मदन घिमिरेको निर्देशन रहेको छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो । ...
फेसियल हाउस अव नेपालगंजमा पनि

फेसियल हाउस अव नेपालगंजमा पनि

आर्थिक, समाचार
नेपालगंजमा फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । नेपालगंज शाखाको उद्घाटन नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संचालिका सुष्मा महराले संयुक्त रूपमा गरेका हुन् । नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै आएको छ ।  देशभर शाखा विस्तार गर्ने योजना अनुसार यो नयाँ शाखा खोलिएको फेसियल हाउसका संचालक महराले जानकारी गराईन् । काठमाडौंमा मुख्य कार्यालय रहेको फेसियल हाउसले पोखरा, चितवन, धनगढी,सुर्खेत लगायतको शहरहरुमा शाखा विस्तार गरी सकेको छ । यो शाखा विस्तारले नेपालगंजका स्थानीय ग्राहकहरूलाई विश्वस्तरीय फेसियल, स्किनकेयर, हेयरस्टाइलिङ, र सौन्दर्यसम्बन्धी अन्य सेवाहरू सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ । फेसियल हाउसकी संचालिका स...