आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘मायामा’ सार्वजनिक (भिडियो)

‘मायामा’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मायामा’ सार्वजनिक  भएको छ । टेक विसी र अनु चौधरीको स्वर, भीम विसीको संगीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/pAUSt7hi2Ws विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा दीलिप ओखेडा र अस्मिता जुरेलीलाई फिचरिङ गरिएको छ । महेश महरा र टिमको डिओपी रहेको भिडियोमा मीन रावलको सम्पादन र कलर छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्रेम भावको गीत जति राम्रो छ भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । ...
तृप्ति र करणको स्वरमा ‘तिम्रो झझल्को’ सार्वजनिक  (भिडियो)

तृप्ति र करणको स्वरमा ‘तिम्रो झझल्को’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र करण परियारको स्वर तथा तृप्ति खड्काको संगीत एवं कवि तथा गीतकार हरि उप्रेतीका मार्मिक र कारुणिक शब्दलहर सहितको गीत ‘तिम्रो झझल्को’ हरि उप्रेतीको अफिसियल  युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतको एरेन्ज राजेन्द्र श्रेष्ठले गरेका छन् भने मिक्सिङ र मास्टरिङ नरेश पाण्डेको रहेको छ । सारेगम स्टुडियो, सामाखुसीमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा विजय गुरुङ र नेहा गौतमको जीवन्त अभिनय रहेको छ । भिडियोको निर्देशन विजय गुरुङले गरेका छन् भने राजाराम सिंखडले कोरियोग्राफी गरेका छन् । https://youtu.be/0Vsk94OJEkY सिनेमा अटोग्राफ र ड्रोनमा प्रकाश खड्काको भूमिका रहेको छ । भिडियोको कलरिङ र सम्पादन मिलन विश्वकर्माको रहेको छ भने कलाकारलाई कविता तोलाङ्गीले आफ्‌नो श्रृङ्गार कलाले सिंगारेकी छिन् । करिब सात दर्जन भन्दा बढि गीतमा आफ्...
लिटल आइडल नेपालको पांचौ सस्करण सम्पन्न

लिटल आइडल नेपालको पांचौ सस्करण सम्पन्न

मनोरन्जन, समाचार
लामो समयदेखि विभिन्न प्रतियोगीता तथा सफल ईभेन्टहरु आयोजना गर्दै आएको ट्रेबल फेसन कन्सर्नले पाचौँ लिटिल आइडल नेपाल भव्य रुपमा सम्पन्न भएको छ । वौद्धस्थित बौद्ध हेरिटेजमा एक समारोहका बिच सम्पन्न भएको सो प्रतियोगितामा जुनियर गल्स, सिनियर गल्स, र ब्वाइजका गरि तीन समूहका प्रतिस्पर्धीहरूबीच प्रतिस्पर्धा भएको थियो। बिभिन्न चरणमा सम्पन्न प्रतियोगितामा जुनियर तर्फबाट इभेन्जल मगरले उपाधी जित्न सफल भईन । अल्विशा श्रेष्ठ फष्ट रनरअप भईन भने छिरिङ शेर्पाले सेकेन्ड रनरअपको उपाधी जित्न सफल रहिन । सिनियर तर्फ अभिश्री जोशी श्रेष्ठ विजेता घोषित हुदा एन्जल पोखरेल फष्ट रनरअप र आर्याना लामाले सेकेन्ड रनरअपको उपाधी जितिन। ब्वाइज समूहमा मनन जंग कार्कीले उपाधि जिते भने विश्वास सुवेदी फष्ट रनरअप र हितेशराज यादव सेकेन्ड रनरअप भएका थिए । प्रतियोगितामा जुनियर गल्र्स समूहमा इभेन्जल मगर, सिनियर गल्र्सतर्फ अ...
सफलता एचआइभी शिक्षासदनमा मनाईयो समाजसेवी मेघ सुवेदीको जन्मदिन

सफलता एचआइभी शिक्षासदनमा मनाईयो समाजसेवी मेघ सुवेदीको जन्मदिन

समाचार, समाज
काठमाडौं ।  सिजल एन्ड सिस्टर एलएलसी अमेरिकाका संस्थापक तथा वरिष्ठ समाजसेवी अमेरिका निवासी मेघ सुवेदीको जन्मदिन एक कार्यक्रम वीच भव्य रुपमा मनाइएको छ । नेपालमा सामाजिक सेवा कार्यका लागि परिचित सुवेदी संस्थापक रहेको सिजल एण्ड सिस्टर फाउण्डेसनको आयोजनामा संस्थाका नेपाल अध्यक्ष एवं नायक मोडल संजित भण्डारीको विशेष पहलमा समाजसेवी सुवेदीको जन्मदिन किर्तिपुरमा रहेको सफलता एच आइ भी शिक्षासदनमा मनाइएको हो । सुवेदीकै जन्मदिनको अवसर पारेर एचआईभी संक्रमित २७ जना वालवालिकाहरु सहित उक्त शिक्षा सदनलाई करिव १ लाख वरावरको चामल,दाल,चिनी,चिउरा लगायत खाद्यान्न सामाग्रीहरु राहत स्वरुप प्रदान गरिएको थियो । सहयोग वितरण कार्यक्रममा अध्ययनरत वालवालिकाहरुले केक काटेर सुवेदीलाई जन्मदिनको शुभकामना दिएका थिए ।सो कार्यक्रमलाई औपचारिक रुपमा निर्देशक,कार्यक्रम आयोजक तथा समाजसेवी समीर लामाले संचालन गरेका थिए भने व...
अर्घाखाँचीमा क्लिक ईन्टरनेशनलद्वारा ३ सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण

अर्घाखाँचीमा क्लिक ईन्टरनेशनलद्वारा ३ सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण

शिक्षा, समाचार
क्लिक इन्टरनेसनल एजुकेसन, काठमाडौंले अर्घाखाँचीमा विद्यार्थी र शिक्षकहरूलाई न्यानो कपडा वितरण गरेको छ । मालारानी गाउँपालिका वडा नं. ४ का ३ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकहरूलाई न्यानो कपडा विरतण गरिएको हो । तीन वटा विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीलाई गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईमार्फत ट्याक्सुट सेट वितरण गरिएको हो । किरण माध्यमिक विद्यालय निन्युखर्कका २ सय ५० जना विद्यार्थी, १७ जना शिक्षक, जाँलकाँडा आधारभूत विद्यालय थामका ५० जना विद्यार्थी, ७ जना शिक्षक र सार्वजनिक आधारभूत विद्यालय ब्याडपाटाका २० जना विद्यार्थी गरी ३ सय ४४ जना विद्यार्थी र शिक्षकलाई न्यानो कपडा प्रदान गरिएको हो । किरण मा.वि. निन्युखर्क खनमा कपडा वितरण कार्यक्रममा बोल्दै मालारानी गाउँपालिकाका अध्यक्ष भट्टराईले चिसो बढिरहेको समयमा यसरी विभिन्न स्कुलका विद्यार्थी र शिक्षकहरूलाई न्...
तनहुँमा पूर्वविद्यार्थीले गरे चन्द्रावती विद्यालयलाई शैक्षिक सामग्री र आर्थिक सहयोग

तनहुँमा पूर्वविद्यार्थीले गरे चन्द्रावती विद्यालयलाई शैक्षिक सामग्री र आर्थिक सहयोग

शिक्षा, समाचार
तनहुँस्थित चन्द्रावती माध्यामिक विद्यालय भानु ७ चुँदीका पूर्वविद्यार्थीले ३६ बर्षपछि पूर्नमिलन भएर विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । विद्यालयको ६१ औं बार्षिकोत्सवको अवसरमा नेपाल जुनियर रेडक्रस स्वास्थ्य कोषमा २ लाख रुपैया समेत सहयोग गरेका छन् । सोहि विद्यालयबाट अध्ययन गरी बि.सं २०४५ मा कक्षा १० सकेर छुट्टिएका विद्यार्थीहरु पूनः संगठित भएका हुन् । गत शनिबार विद्यालयको बार्षिकोत्सवका अवसरमा एक लाख बराबरको एक सेट प्रोजेक्टर समेत प्रदान गरिएको सोहि विद्यालयका पूर्वविद्यार्थी एवं काठमाण्डौं महानगर प्रहरी बलका निरिक्षक प्रकाश पण्डितले बताए । ‘हामीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देखि शिक्षकहरुसहित १५ जनालाई सम्मान पनि गर्यौं’ पण्डितले भने । कार्यक्रममा प्रतिनिधिसभा सांसद शिशिर खनाल प्रमुख अतिथिको रुपमा सहभागि थिए । पछिल्ला बर्षहरुमा सुचना प्रविधिको विकासले बिछोडिएका...
‘फेसियल हाउस’ले मनायो १७औं वार्षिकोत्सव

‘फेसियल हाउस’ले मनायो १७औं वार्षिकोत्सव

आर्थिक, समाचार
काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा काठमाडौंको त्रिपुरेश्वरस्थित बगनभिल्लामा भव्यतापूर्वक वार्षिकोत्सव सम्पन्न भएको हो ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वुमन कम्युनिटी (यूएलआईकी ) की अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह र फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक उज्ज्वलजंग शाहको उपस्थिति रहेको थियो ।समारोहमा फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक शाहले स्वाग...
नयां बानेश्वरमा खुल्यो ‘पिङ्क पुतली’

नयां बानेश्वरमा खुल्यो ‘पिङ्क पुतली’

आर्थिक, समाचार
काठमाडौँ। पछिल्लो समय काठमाडौँमा रेस्टुरेन्टमा बसेर मिठा मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या बढेको छ। संगीत पारखीहरुको लागी नयाँ बानेस्वरमा ‘पिङ्क पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ। काठमाडौँमा पहिलो पटक रेस्टुरेन्टले ग्राण्ड ओपनिङ्ग चर्चित कलाकारहरुको सांगीतिक कार्यक्रमबाट गर्दैछ। नयाँ बानेस्वर एभरेस्ट होटल संगै पिसी कम्प्लेक्समा रहेको रेस्टुरेन्ट ‘पिङ्क पुतली’ मा गायिका अन्जु पन्त,गायक कमल खत्री,गायिका एलिना चौहान,गायिका रचना रिमाल,गायिका अस्मिता अधिकारी,गायक महेश काफ्ले,गायक राहुल रक्स,गायिका सृस्टी राउत,किसन सिजापतिको सांगीतिक प्रस्तुति रहनेछ। डिसेम्बर २४ तारिख देखि जनवरी १ सम्म दैनिक सांगीतिक कार्यक्रमहुने रेस्टुरेन्ट सन्चालकले बताए। ‘पिङ्क पुतली’ मा खानाका बिभिन्न परिकार संगै सांगीतिक मजा लिनको लागी टेबल बुकिङ्ग समेत सुरु भई सकेको छ। बुकिङ्गको लागी...
त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयलाई नगद पुरस्कार सहित सम्मान

त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयलाई नगद पुरस्कार सहित सम्मान

शिक्षा, समाचार
त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयले यस वर्षको SEE 2080 मा उल्लेखनीय सफलता प्राप्त गरेको छ। सामुदायिक विद्यालयहरूमध्ये अग्रणी स्थान हासिल गर्दै, विद्यालयले ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा आफ्नो शैक्षिक क्षमताको उत्कृष्टता प्रदर्शन गरेको छ। यो ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न मिति २०८१/०९/०२ गते ललितपुर महानगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रममा  प्रधानमन्त्री  केपी शर्मा ओली र नगर प्रमुख  चिरिबाबु महर्जनज्यूले विद्यालयका प्रधानाध्यापक  हरि प्रसाद खनाललाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो।  विद्यालयकी विद्यार्थी प्रिन्सी कर्णले 3.96 GPA हासिल गरी विद्यालयलाई गौरवान्वित बनाएकी छिन्। यस उपलब्धिका लागि विद्यालयले नगद पुरस्कारस्वरूप रु ७,५०,०००/- प्राप्त गरेको छ भने प्रिन्सी कर्णलाई व्यक्तिगत रूपमा रु २,००,०००/- सहित सम्मान गरिएको छ। विद्यालयका प...
लामाको निर्देशनमा ‘नाचन च्याङबा’ सार्वजनिक(भिडियो)

लामाको निर्देशनमा ‘नाचन च्याङबा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलको स्वर तथा रचनामा सजिएको म्युजिक भिडियो ” नाचन च्याङबा” सार्बजनिक भएको छ।  उक्त गितमा स्वर तथा संगीत पौडेलकै रहेका छन भने शब्द तथा निर्देशन समीर लामाको गरेका छन । चर्चित हास्य टेलिसिरियल सक्किगोनिका कलाकार तथा मोडेल सागर लम्साल ,बले,र सोही सिरियलका कलाकार सुस्मिता कुवर छोटिको दमदार प्रस्तुति रहेको गित, छायांकन भने रेशम दर्लामिले गरेका छन ।  तामाङ सेलो भए पनि पछिल्लो समय सेलो गितले बजारमा राम्रो छाप छोडेको हुँदा गितले दर्सक स्रोताको मन जित्नेमा ढुक्क देखिन्छ्न गायिका तथा संगीतकार पौडेल। https://www.youtube.com/watch?v=epNfs0pXwu4 मोडेल तथा कलाकार लम्साल भन्छन् ‘गित राम्रो छ जतिसक्दो राम्रो भिडियो बनाउने कोसिस गरेकाछौ जे होस तामाङ सेलो गितमा मेरो पहिलो प्रस्तुति भए पनि गित अनुसारको भिडियो बनाएका छौ...