आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
नयाँ बानेश्वरमा खुल्यो ‘इनस्टाइल ब्युटी’, एक महिनासम्म २५ प्रतिशत छुट दिईने

नयाँ बानेश्वरमा खुल्यो ‘इनस्टाइल ब्युटी’, एक महिनासम्म २५ प्रतिशत छुट दिईने

मनोरन्जन, समाचार
नयाँ बानेश्वरको छक्कुबक्कुमार्गमा इनस्टाइल ब्युटी हब खुलेको छ । नायिका रेखा थापाले सोमबार सलोनको उद्घाटन गरेकी छिन् । दुबईमा एक दशक भन्दा बढी समय काम गरेर फर्किएकी लक्ष्मी तामाङले यस सलोनलाई सञ्चालनमा ल्याएकी हुन् ।महिला र पुरुष दुबैका लागि लक्षित गर्दै खुलेको इनस्टाइल ब्युटी हबका निर्देशक इन्द्र तामाङ र राज कार्की रहेका छन् । सञ्चालक तामाङले लामो समय विदेशमा बस्दा सिकेका ज्ञान, सीपको स्वदेशमा उपयोग गर्ने बताईन् । उनले मेकअपबारे बिभिन्न अन्तर्राष्ट्रिय स्तरका तालिम पनि लिएकी छिन् । इनस्टाइल ब्युटी हबले आफ्ना सेवाहरुमा २५ प्रतिशत छुटको अफर ल्याएको छ । यस्तै मेकअप सम्बन्धि तालिमबारे ५० प्रतिशतसम्म छुट हुने घोषणा गरेको छ । यसैगरी वार्षिक रुपमा ५ जनालाई निःशुल्क छात्रबृत्ति दिईने सञ्चालक तामाङले बताईन् । ‘इनस्टाइल ब्युटी हबले विदेशकै गुणस्तर र सेवा प्रदान गर्नेछ ।’ तामाङले भनिन्, ‘हामीले प...
प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई”(भिडियो)

प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई”(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  पछिल्लो समयकि ब्यस्त र चर्चित कलाकार प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नया गीत”हेरें सानूलाई”को म्युजिक भिडियो सार्वजनिक भएकोछ युआर म्युजिकको प्रस्तुतिमा उर्मिला बस्नेत र कृष्ण भट्टराईको स्वर रहेको गीतको भिडियो रिलिज भएको हो । शंकर अधिकारी घायलको गीत र निर्देशनमा निर्माण भएको गीतमा बिकास चौधरीको संगीत,संजय हमालको एरेन्ज,गोबिन्द सोनिको मिक्सिङ मास्टरिंग,अजय अधिकारीको रेकर्डिङ,बिमल ढकालको छायांकन,राजन महर्जनको कोरियोग्राफी,ललित सिंह साउदको सम्पादन रहेकोछ भने, मदन न्यौपानेको मेकअप रहेको गीतलाई गायिका उर्मिला बस्नेतको युटुव च्यानल यु आर म्युजिक बाट रिलिज गरिएको छ । तिम्रो आकर्षणले,आँखामा निद,नघोच यो छाती,तिमीलाई नै लगायत २ दर्जन भन्दाबढि म्युजिक भिडियो दर्जनौं र्याम्प शो टिभिसी र टेलिचलचित्रहरुमा अभिनय गरिसक्नु भएकि प्रतिक्षा काफ्लेको यो हावा चंचल हुन्छ,खतरा होला नि...
विलास खत्रीले जिते थाइलैण्डमा ‘कर्पोरेट ट्रेनर अफ द इयर’ को अवार्ड

विलास खत्रीले जिते थाइलैण्डमा ‘कर्पोरेट ट्रेनर अफ द इयर’ को अवार्ड

आर्थिक, समाचार
थाईलैण्ड ।  प्रख्यात नेपाली हस्पिटालिटी एक्सपर्ट तथा प्रशिक्षक विलास खत्रीले बैंककमा भएको एशिया शिक्षा सम्मेलनमा आयोजित ‘एशिया एजुकेशन अवार्ड’मा प्रतिष्ठित ‘कर्पोरेट ट्रेनर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । अवार्ड समारोह विलासी होटल अमरीमा भएको थियो, जहाँ खत्रीलाई कर्पोरेट प्रशिक्षण क्षेत्रमा उत्कृष्ट योगदान र आतिथ्य उद्योगमा उनको परिवर्तनकारी प्रभावको लागि सम्मान गरिएको थियो। कर्पोरेट ट्रेनर अफ द इयरको रूपमा खत्रीको मान्यताले कर्पोरेट शिक्षा र विकासमा उनको व्यापक विशेषज्ञता र प्रभावशाली भूमिकालाई झल्काउँछ। हाल हयात रिजेन्सी, नेपालमा लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजरको रूपमा सेवा गर्दै आएका खत्रीले ३० वर्षभन्दा बढी समय हस्पिटालिटी क्षेत्रमा समर्पित गर्दै नेपाल भित्र र अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका छन्। प्रशिक्षण र सार्वजनिक भाषणमा उनको नेतृत्वले आतिथ्यदेखि शि...
राज टाइगर र जानु कार्की अभिनित ‘एउटै चाहना’ सार्वजनिक(भिडियो)

राज टाइगर र जानु कार्की अभिनित ‘एउटै चाहना’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक भएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/ciX0wMHuGiw गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द जति प्रमिल छन् गीत सुन्दर दृष्यहरू कैद गरिएको भिडियो पनि उत्कृष्ट रहेको छ । केशवराज भट्टको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रकाश दाहालको सम्पादन छ । गीतको भिडियो सदिक्षा फिल्मस्को युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...
शंकर लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक (भिडियो)

शंकर लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । शंकर लामिछानेको शब्द र संगीतमा राजेशपायल राईले गाएको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक भएको छ । मंगलवार ओएसआर डिजिटलबाट गीत सार्वजनिक गरिएको हो । लामिछानकै शब्द र संगीतमा रहेको गीतको एरेन्ज बाबुल गिरीले गरेका हुन् । यस म्यूजिक भिडियोलाई विकास प्रसाईले निर्देशन गरेका छन् । गीतको भिडियोमा मिस पविको रुपमा चर्चा कमाइरहेकी पवित्रा साकी , शंकर लामिछाने , लगायतका कलाकारको अभिनय रहेको छ । गीतको अन्त्यतिर भिडियोमा समावेश गरिएको संवाद सहितको दृश्यले धेरैको ध्यान तान्ने देखिएको छ । https://www.youtube.com/watch?v=-I0ibGOE4CU देशप्रेम र इमान्दारितालाई लामिछानेले बलियो रुपमा प्रस्तुत गरेका छन् । सो संवादमा चर्चित कानुन व्यवसायी स्वागत नेपाललाई समेत अतिथी कलाकारका रुपमा देख्न सकिन्छ । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका लामिछानेको यसअघि दर्जनौं गीत बजारमा आएका छन् । छमछम , ...
‘सिजल एण्ड सिस्टर’ले वितरण गर्यो सिन्धुपाल्चोक र काभ्रेका ५०० वढि परिवारलाई राहत

‘सिजल एण्ड सिस्टर’ले वितरण गर्यो सिन्धुपाल्चोक र काभ्रेका ५०० वढि परिवारलाई राहत

मनोरन्जन, समाचार
काठमाडौं ।  ‘सिजल एण्ड सिस्टर फाउण्डेसन’ एक पछि अर्को सामाजिक कार्यहरु र गरिव दुखीहरुको सेवामा निरन्तर लागि पर्दै आएको छ । न्यानो कपडा वितरणलाई निरन्तरता दिदै यो साता पनि गत साउन १०,११ र १२ गतेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय तह बलेफी गाउपालिका, जुगल गाउपालिका तथा भोटेकोशी गाउपालिकामा पीडित बनेकाहरु र मृतक परिवारलाई सहयोग गरेको छ । अमेरिकी संस्था सिजल एण्ड सिस्टर फाउन्डेसनले  बाढी पहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत  बलेफी गाउँपालिका , भोटेकोशी गाउँपालिका , जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै प्रत्येक परिवारलाई एकएक वटा ब्ल्याङ्केट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्यो । संस्थाले यस अघि पनि रोसी गा...
‘एभरेष्ट टुरिज्म अवार्ड’को तयारी तिव्र,माघ २ मा आयोजना हुदै

‘एभरेष्ट टुरिज्म अवार्ड’को तयारी तिव्र,माघ २ मा आयोजना हुदै

मनोरन्जन, समाचार
काठमाडौं । ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ को तयारी तिव्र पारिएको छ । अवार्ड समारोहलाई व्यबस्थित रुपमा समापन गर्न राजधानीमा एक छलफल कार्यक्रमको आयोजना गरिएको थियो । नेपालका विशिष्ठ पर्यटन व्यबसायी, पर्यटनविज्ञ तथा पर्यटनकर्मीहरुको उपस्थिती रहेको उक्त छलफल कार्यक्रम पूर्व उपराष्ट्रपति एवं अवार्ड समारोहका विशिष्ठ एवं प्रमुख सल्लाहकार नन्द बहादुर पुनको विशेष आतिथ्यतामा सम्पन्न गरिएको थियो । छलफलका क्रममा अवार्डको तयारी तथा अवार्डका विषयमा वृहत छलफल कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै संस्थाकी अध्यक्ष सत्यकला तामाङ्ग लामाले भनिन् ,’ जसरी निकै चुनौतीका वीच सम्पन्न गरिएको पत्रकार सम्मेलनलाई सवैबाट सहयोग र साथ रह्यो त्यसैगरि अवार्ड समारोहलाई वृहत र भव्य बनाउन पनि सवैबाट साथ सहयोग प्राप्त हुने विश्वास आफुले लिए...
महिला फिल्म मेकरको सिनेमाटोग्राफी कार्यशाला सम्पन्न

महिला फिल्म मेकरको सिनेमाटोग्राफी कार्यशाला सम्पन्न

मनोरन्जन, समाचार
नेपाली फिमेल फिल्म मेकर्स (एनएफएफ) ले यही कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म चावहिलस्थित फिल्म विकास बोर्डमा महिला फिल्म निर्माताहरूका लागि आयोजना गरेको सिनेमाटोग्राफी कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशालाका लागि १३० जना इच्छुक फिल्म मेकरहरूबाट आवेदन प्राप्त भएको आयोजक संस्थाले जनाएको छ । फिल्म निर्माण सम्बन्धि प्राथमिक ज्ञान तथा कार्यशालाबाट लाभ उठाउने सम्भावनालाई आधार बनाएर गरिएको छनौट प्रक्रियापछि १२ जनालाई कार्यशालामा सहभागी गराइएको थियो ।प्रशिक्षार्थीहरूलाई शिशिर बिसंखे, अमर महार्जन तथा भारतबाट आएका  बर्खा मुखिया, उज्जल बस्ताकोटी, चक्र बहादुर महर्जन, रोमी तण्डुकार, सञ्जीव रत्न शाक्य तथा मुनमुन धरालियाजस्ता अग्रणी उद्योग विशेषज्ञहरूले मार्गदर्शन गरेका थिए । कार्यशालामा सोनी एफएक्स सिक्स तथा एफ एक्स नाइन फिल्म क्यामेराको प्रयोगसहित सिनेमाटोग्राफीका विभिन्न पक्षहरू...
छैटौं सगरमाथा म्युजिक अवार्ड सम्पन्न

छैटौं सगरमाथा म्युजिक अवार्ड सम्पन्न

मनोरन्जन, समाचार
 छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथा लाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को बाँकी विधाका अवार्ड सम्मान समारोहमा प्रसिद्ध गीतकार रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । “नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान” भन्ने नाराको साथ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार सम्पन्न समारोहमा गीतकार तथा पूर्वमन्त्री एसपी कोइराला, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, लायन उद्धव सिलवाल, कुशप्रसाद मल्ली, कार्यक्रम संयोजक मनोज थापालगायतले नगद १७ हजार ६९६ रुपैयाँसहित गीतकार रिजाललाई सम्मान प्रदान गरिएको छ । अवार्ड कार्यक्रममा सगरमाथा कला पत्रकारिता रजत सम्मानबाट पत्रकार रमण घिमिरेलाई आठ हजार,...
वर्ल्ड वाइड मिडियाको सम्मान तथा शुभकामना साँझ सम्पन्न

वर्ल्ड वाइड मिडियाको सम्मान तथा शुभकामना साँझ सम्पन्न

समाचार, समाज
वर्ल्ड वाइड मिडियाले ज्येष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ कार्यक्रम सम्पन्न गरेको छ । शंखरापुर नगरपालिकामा एक विशेष कार्यक्रमबीच ज्येष्ठ नागरिक, सानुनानी दंगाल र आशालाल श्रेष्ठ, पत्रकार कृष्ण भुसाल, कलाकार राजकुमार शाह र गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठलाई विशेष सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा नगरप्रमुख रमेश नापित प्रमुख अतिथि हुनुहुन्थ्यो, भने उपनगर प्रमुख समिता श्रेष्ठ, पूर्वनगर प्रमुख सुवर्ण श्रेष्ठ, र विभिन्न समाजसेवीलगायत अन्य अतिथि उपस्थिति थियो । सो अवसरमा कलाकारहरू बिन्दु परियार, चेतन राई, कृष्णराज भण्डारी, रञ्जित लामा, रमेश पाठक, तुलासा बिक, कविता मगर, सोना थापामगर एवं स्थानीय कलाकारहरू आ-आफ्नो प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा गायक रामकृष्ण श्रेष्ठ, सिम्रन परियार र सन्तोषी कार्कीको नयाँ गीत ‘सिठ्ठी बजाउँदै’ पनि सार्वजनिक गरियो थियो । उक्त गीतका शब्द विष्णु...