पानीजहाज चलाउने प्रक्रिया अघि बढि सकेको छ, यो कुनै मजाकको विषय होइन : प्रधानमन्त्री के.पी. ओली
पाँचथर, पुस २० ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् ।
पूर्वी नेपालका चार जिल्ला जोड्ने भेडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारणलाइन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिकरूपमा काम हुँदै आएको बताए ।
‘मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ । बिजुलीबाट मुलुक उज्यालो बन्दैछ’–प्रधानमन्त्री ओलीले भने–‘सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँ–गाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइन्छ ।’
निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको छ भन्दै प्रधानमन्त्री ओलीले फुस, खर र परालको छानो रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम अघि बढेको बताए ।
मुलुकमा भूकम्पपछिको पुनःनिर्माण ४५ प्रतिशत पूरा भएको जानकारी दिँदै उनले ...









