आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
अस्पताल भित्रैबाट  बिमारीका आफन्त लुटिए

अस्पताल भित्रैबाट बिमारीका आफन्त लुटिए

अपराध, समाचार, समाज
धरान— १७, माघ । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् । मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका छन् । उनीहरुको चार वटा मोबाइल, एक वटा चाँदीको औँठी एउटा बाला र नगद रु चार हजार ९०० लुटिएको विर्तामोड घर भएका बिमारीका आफन्त अमृतेश ठाकुरले जानकारी दिए । ठाकुरले श्रीमती सम्झना ठाकुरको पित्तथैलीको शल्यक्रिया गरी युनिट १ सर्जरी वार्डमा राखेका थिए । राति चार्ज गरिरहेको बेला उनको मोबाइल हराएको थियो । यस्तै धरानका सनम राईको दुई वटा मोबाइल, ताप्लेजुङकी सीता इजमको दुई वटा औँठी, चुरा, झोला र रु तीन हजार ४०० नगद लुटिएको थियो । मोबाइल, पैसा र गहना लुटपाट भएपछि कुरुवाकै सक्रियतामा लुटेराको खोजी गरी प्रहरीलाई बुझाएका छन् । धनकुटा छिन्ताङ घर भएका राम थापा...
पश्चिमी वायुले देशका अधिकांश भेगमा बदली र वर्षा हुने

पश्चिमी वायुले देशका अधिकांश भेगमा बदली र वर्षा हुने

समाचार, समाज
काठमाडौं— १७, माघ । पश्चिमी वायु पुनः सक्रिय भएका कारण बिहीबार देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गत शुक्रबार देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त मौसमी प्रणाली केही कमजोर भएपछि मंगलबारदेखि क्रमिक सुधार आएको थियो । बुधबार घाम लागेपनि अपराह्नपछि मौसम बद्लियो । बुधबार रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा बदली छ । अपराह्नपछि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । पश्चिमी वायुको प्रभाव बिहीबार रातिसम्म रहने र शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउने महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । ‘गएरातिदेखि प्रवेश गरेको पश्चिमी वायु अहिले क्रमशः मध्य भेग हुँदै पूर्वतर्फ सर्दैछ । यसरी अघि बढ्दा यो प्रणाली कमजोर हुने भएकाले मौसममा...
साधुसन्तले नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको साथ छोड्दै

साधुसन्तले नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको साथ छोड्दै

अन्तराष्ट्रिय, समाचार
लखनउ— १७, माघ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)लाई ‘हिन्दुवादी’ मानिन्छ । तर पछिल्लो समय हिन्दु संघ–संगठनले भाजपा नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउन थालेका छन् । हालै साधुसन्त सम्मिलित परम धर्म संसदले नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारविरुद्ध आलोचना प्रस्ताव पारित गरेको छ । प्रयागराजको कुम्भ क्षेत्रमा तीन दिवसीय परम धर्म संसद आयोजना गरिएको थियो, जसले अयोध्यामा राम मन्दिर निर्माणमा केन्द्र सरकार उदासिन रहेको आरोप लगाउँदै २१ फेब्रुअरीबाट आफैंले मन्दिर निर्माण सुरु गर्ने घोषणा गरेको छ । वसन्त पञ्चमीका दिनबाट साधुसन्तहरु अयोध्यातर्फ प्रस्थान गर्ने र २१ फेब्रुअरीबाट मन्दिर निर्माणमा जुट्ने घोषणा गरिएको हो । मन्दिर कुन ठाउँमा बनाउने भन्ने प्रष्ट पारिएको छैन । शंकराचार्य स्वरुपानन्द सरस्वतीले राम मन्दिर निर्माणको घोषणा गरेका हुन् । परम धर्म संसदका आयोजक तथा गंगा...
प्रमुख विपक्षी कांग्रेसद्धारा प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै संसद अवरुद्ध

प्रमुख विपक्षी कांग्रेसद्धारा प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै संसद अवरुद्ध

राजनीति, समाचार
काठमाडौं— १७, माघ । अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । बैठक सुरु हुनसाथ कांग्रेस सांसदहरु उभिएपछि सभामुखले कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । उनले बोले लगतै सांसदहरु उठेका छन् । सांसद रिजालले संसदबाट चिकित्सा शिक्षा विधेयक गलत प्रक्रियाले पारित भएको भन्दै त्यसलाई परिमार्जनसहित पारित गरेर डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताए । ‘गोविन्द केसीको ज्यानको रक्षा गर्नुपर्छ, चिकित्सा शिक्षा विधेयक जसरी यहाँबाट पारित भयो, त्यो गलत भयो, अब त्यसलाई परिमार्जन गरेर गोविन्द केसीको जीवन रक्षा गर्दै, चिकित्सा शिक्षा सुधार हुने बाटो बन्द नगरौं । राष्ट्रिय सभाले त्यो बाटोले लेओस् भन्ने सत्ताको आग्रह रहनुपर्छ’ उनले भने । रिजालले अब संवादबाट यो काम गर्न सकिने भन्दै त्यसको लागि वातावरण बना...

जापानमा नेपाली कामदार पठाउन ‘गोप्य’ छलफल गरिदैं

आर्थिक, समाचार
काठमाडौं— १७, माघ । रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ । यस विषयमा गत माघ ३ गते जापानी पक्षसँग औपचारिक रूपमै छलफलसमेत भएको थियो । सो क्रममा जापानी पक्षले नेपालीलाई जापान लैजाने विषयमा अन्तिम टुङ्गो नलागेसम्म आफ्ना भेटवार्ताका विषय गोप्य राख्न भनेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि यस विषयमा भएका प्रगतिलाई बाहिर ल्याउन चाहिरहेको छैन । स्रोतका अनुसार वैदेशिक रोजगारका अन्य गन्तव्यभन्दा उत्कृष्ट मोडलमा कामदार पठाउने सरकारको तयारी छ । श्रम मन्त्रालयका एक उच्च अधिकारीका अनुसार जापानले आफ्नो देशमा कामदार भित्र्याउन विभिन्न नौ देशसँग छलफल गरिरहेको छ । सोही आधारमा एक मुलुकसँग भएका छलफ...
चिसोका कारण अमेरिकामा  ७ जनाको मृत्यु

चिसोका कारण अमेरिकामा ७ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— १७, माघ । अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको हो । चिसोले करोडौं मानिस प्रभावित भएका छन् । चिसोले अमेरिकाको मध्यपश्चिमी भेग बढी प्रभावित भएको छ । विस्कन्सिन, मिसिगन राज्यहरुका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा पनि आपतकालीन अवस्था घोषणा गरिएको छ । उत्तरी डाकोटाको तापक्रम माइनस ३७ र सिकागोको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ । सिकागोका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्कटिका भन्दा पनि बढी जाडो महसुस गरिएको छ । अमेरिकी मौसम पूर्वानुमान केन्द्रले केही राज्यमा आजबाट पुनः हिमपात हुने प्रक्षेपण गरेको छ । विस्कन्सिन राज्यमा दुई फिटसम्म बाक्लो हिउँ पर्ने अनुमान गरिएको छ । सरकारी अधिकारीहरुले...
प्रधानमन्त्री गृहजिल्ला झापा भ्रमणमा

प्रधानमन्त्री गृहजिल्ला झापा भ्रमणमा

राजनीति, समाचार
झापा— १७, माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन् । उनले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए । प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, महान्यायधिवक्ता अग्नि खरेल सहभागी छन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले आजै अपराह्न नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । त्यसैगरी प्रधानमन्त्रीले आजदेखि चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकाल...
महोत्तरीको रातु नदीमा नदीजन्य वस्तुको अनियन्त्रित दोहन बढ्दो

महोत्तरीको रातु नदीमा नदीजन्य वस्तुको अनियन्त्रित दोहन बढ्दो

अपराध, समाचार
बर्दिवास— १७, माघ । पछिल्ला दिनमा खासगरी यो वर्षको प्रारम्भसँगै जिल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा धमाधम बग्रेल्ती क्रसर उद्योग खुलेका र नदीबगर तथा नदीउकास क्षेत्रमा अनियन्त्रित उत्खनन भइरहेको गुनासो बढेको छ । “रातु नदीमा बाढी आउँदा हाम्रो खेत घर बढार्छ, हामीले चम्को लगाउन ढुङ्गा खोज्दा कानून देखाइन्छ”, बर्दिवास–६ कृष्णपुरका सामाजिक कार्यकर्ता निल लुम्रेले भन्नुभयो, “यी अजङ्गका खाल्डा बनाएर ठाउँ नै कुरुप बनाउनेलाई चैँ कानून रहेनछ ?” नदीबगर क्षेत्रमा बग्रेल्ती क्रसर खुल्दै जानु र यिनको अनियन्त्रित दोहन बढ्दा पनि अनुगमन नहुनु र नियन्त्रण नगरिनुले हाम्रै प्रतिनिधि र प्रहरी प्रशासनको संरक्षण पाएका त हैनन् भन्ने आशङ्का बढाएको लुम्रेको थप भनाइ छ । पछिल्ला दिनमा यस्ता गुनासा बढेसँगै थालिएको अनुगमनकै क्रममा बर्दिवास नगरपालिकाको कार्यालयले भने स्थानीयतहको निर्वाचन सम्पन्न...
निखिललाई टक्कर, कमब्याकमा भने ठक्करः बिराज भट्ट

निखिललाई टक्कर, कमब्याकमा भने ठक्करः बिराज भट्ट

मनोरन्जन, समाचार
काठमाडौं— १७, माघ । निदाउँदा देखेको सपनालाई मानिसहरु झट्टै बिर्सिन्छन् । तर, दिनमा खुल्ला आँखाले देखेको सपनाले उनीहरुलाई हरदम पछ्याइरहन्छ । चलचित्रको नायक बन्ने सपना बिराज भट्टले खुल्ला आँखाले देखेका थिए । त्यसैले यो सपना पूरा गर्न उनले निकै मिहेनत र संघर्ष गरे । अन्ततः नेपाली चलचित्रमा आफूलाई स्थापित गराउन सफल पनि भए । संघर्षका दिनहरुमा उनलाई रोक्न खोज्ने मान्छेहरुलाई विराजले मूर्ख देख्थे । ‘जसले मलाई कलाकार नबन, यसमा लागेर काम छैन भन्थे, उनीहरु मलाई मूर्ख लाग्थे’, बिराज भन्छन्, ‘मेरो क्षमता मलाई थाहा थियो । अरुको कुरा किन सुन्ने ?’ सानो उमेरमा नै चलचित्रको नायक बन्ने भूत सवार भएको थियो बिराजलाई । तर, चलचित्रसँग सम्बन्धित वा चलचित्र बुझेको मान्छे कोही चिनेका थिएनन् । परिवारले समेत उनलाई कलाकार बन्नका लागि सुरुवाती दिनमा सहयोग गरेको थिएन । उनी आफ्नै जिद्दी यो क्षेत्रमा लागेका ह...
लागुऔषध गाँजासहित एक पक्राउ

लागुऔषध गाँजासहित एक पक्राउ

अपराध, समाचार, समाज
वीरगञ्ज— १७, माघ । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागुऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन् । जाँच गर्दा निजले झोलाभित्र लुकाई पाँच किलो तयारी गाँजा भारततर्फ लैजान लागेकाले पक्राउ गरिएको निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खड्काले बताउनुभयो । गाँजासहित पक्राउ परेका हजामलाई कारवाहीका लागि इनर्वास्थित प्रहरी चौकीमा पठाइएको छ ।रु तीन हजार प्रतिकिलोका दरले तस्करले सो गाँजा खरीद गरी भारतमा रु १५ देखि २० हजार प्रतिकिलोमा बेच्न सकिने भएकाले यस्को तस्करी बढेको बताइएको छ । (रासस)...