नेपाली कांग्रेसले संसद अवरुद्ध

काठमाडौं— १७, माघ ।

अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

बैठक सुरु हुनसाथ कांग्रेस सांसदहरु उभिएपछि सभामुखले कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । उनले बोले लगतै सांसदहरु उठेका छन् ।

सांसद रिजालले संसदबाट चिकित्सा शिक्षा विधेयक गलत प्रक्रियाले पारित भएको भन्दै त्यसलाई परिमार्जनसहित पारित गरेर डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताए । ‘गोविन्द केसीको ज्यानको रक्षा गर्नुपर्छ, चिकित्सा शिक्षा विधेयक जसरी यहाँबाट पारित भयो, त्यो गलत भयो, अब त्यसलाई परिमार्जन गरेर गोविन्द केसीको जीवन रक्षा गर्दै, चिकित्सा शिक्षा सुधार हुने बाटो बन्द नगरौं । राष्ट्रिय सभाले त्यो बाटोले लेओस् भन्ने सत्ताको आग्रह रहनुपर्छ’ उनले भने ।

रिजालले अब संवादबाट यो काम गर्न सकिने भन्दै त्यसको लागि वातावरण बनाउन सभामुखलाई आग्रह समेत गरे । अब संवादको बाटोमा अगाडि बढौं, चिकित्सा शिक्षा परिमार्जन गर्ने बाटोमा सरकार अघि बढोस्’ रिजालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here