आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सन्दीप लामिछानेको दिल्ली क्यापिटल्स हैदरावादसँग पराजित

सन्दीप लामिछानेको दिल्ली क्यापिटल्स हैदरावादसँग पराजित

खेलकुद, समाचार
नयाँ दिल्ली — चैत्र २२ । सन्दीप लामिछानेको दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा बिहीबार राति सनराइज हैदरावादसँग ५ विकेटले पराजित भएको छ । जितका लागि १ सय ३० रन पछ्याइरहेको सनराइजले ९ बलको खेल बाँकी छँदै ५ विकेटमा १ सय ३१ रन बनाएको थियो । त्यसमा इंग्ल्यान्डका जोनी बियरस्टोले सर्वाधिक ४८ रन बनाए । दिल्लीका लागि सन्दीपले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । उनले दीपक होडाको विकेट लिए । यसअघि दिल्लीले कमजोर ब्याटिङ गर्दै ८ विकेटमा १ सय २९ रन बनाएको थियो । जितपछि हैदरावाद ४ खेलबाट ६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दिल्ली भने ४ अंकमा पाँचौं स्थानमा छ । (एजेन्सी/कान्तिपुर दैनिक)...
आँधीहुरीबाट घरबास गुमाएका का लागि सरकारले आवास बनाइदिने

आँधीहुरीबाट घरबास गुमाएका का लागि सरकारले आवास बनाइदिने

राजनीति, समाचार
काठमाडौँ — चैत्र २२ । प्रदेश नम्बर–२ मा हालैको आँधीहुरीबाट घरबास गुमाएका बारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ । जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात् सुरु हुनुअघि नै आँधीप्रभावित घरबारविहीन परिवारलाई हस्तान्तरण गरिनेछ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समितिसँग आँधीपीडितका लागि सरकारको ताजा योजनाबारे बिहीबार साँझ कुरा गर्दै सरकारको पछिल्लो निर्णयबारे जानकारी दिएका हुन् । मन्त्री बाँस्कोटा नेपाल सरकारका प्रवक्तासमेत हुन् । संघीय सरकारले यस्ता आवासको निर्माणकार्यको समन्वय र सहजीकरणका लागि प्रदेश नम्बर–२ का मुख्यसचिवलाई संयोजनको जिम्मेवारी दिएको छ । यस समितिमा सहरी विकास मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र रक्षा मन्त्रालयका तर्फबाट नेपाली सेनाका प्रतिनिधि ...
प्रदेश–२ मा एसइई परीक्षा पुनः सुरु, केन्द्राध्यक्षबाहेक सबैलाई मोबाइल निषेध

प्रदेश–२ मा एसइई परीक्षा पुनः सुरु, केन्द्राध्यक्षबाहेक सबैलाई मोबाइल निषेध

शिक्षा, समाचार, समाज
काठमाडौँ — चैत्र २२ । परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको प्रदेश नम्बर–२ को एसइई परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको छ । प्रश्नपत्र ‘आउट’ भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसइई परीक्षाअन्तर्गत् शुक्रबार विज्ञान विषयको परीक्षा सुरु भएको हो । प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको हो । प्रदेश–२ मा जम्मा २६३ परीक्षा केन्द्र छन् भने ७० हजार ५६८ परीक्षार्थी परीक्षामा सहभागी भएको प्रदेश–२ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए । मोबाइल निषेध चैत २९ गतेसम्म चल्ने परीक्षालाई मर्यादित बनाउँदै अवान्छित गतिविधि रोक्न केन्द्राध्यक्षबाहेक परीक्षामा खटिने परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी सबैलाई मोबाइल निषेध गरिएको छ । यसअघि, विज्ञान र समाजिक विषयको परीक्षापूर्व नै ...
कांग्रेसका असन्तुष्ट जिल्ला सभातिहरुको भेला ठमेलमा

कांग्रेसका असन्तुष्ट जिल्ला सभातिहरुको भेला ठमेलमा

राजनीति, समाचार
काठमाडौँ — चैत्र २० । स्वतः प्रतिनिधि बन्ने प्रावधान हटाउनु पर्ने माग सम्बोधन नभएपछि कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला ठमेलस्थित काठमाडौं होटलमा सुरु भएको छ । बिहीबारसम्म चल्ने भेलामा ४३ जिल्लाका सभापतिहरु सहभागी छन् । सात जिल्ला सभापतिहरु आउँदै गरेको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए । भेला राखेकोप्रति पार्टी सभापति शेरबहादुर देउवाले असन्तुष्टि प्रकट गरेका छन् । उनको असन्तुष्टिको कारण संस्थापन पक्षीय जिल्ला सभापतिहरु भने भेलामा सहभागी छैनन् । गत पुसमा सम्पन्न महासमिति बैठकमा सबै जिल्ला सभापतिहरु यो मुद्दामा एकमत थिए । पछिल्लोपटक पार्टीभित्रको खिचातानीका कारण जिल्ला सभापतिहरु पनि दुई कित्तामा विभाजित बन्न पुगेका छन् । संस्थापनपक्षीय भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले मुद्दामा सहमत भए पनि पार्टी केन्द्रीय कार्यसमितिले निर्णय लिइसकेका विषय भएकाले अहिले कि...
सशस्त्र प्रहरी महिला परिवारबाट विनासकारी आँधी प्रभावित जिल्लाका परिवारलाई राहात वितरण

सशस्त्र प्रहरी महिला परिवारबाट विनासकारी आँधी प्रभावित जिल्लाका परिवारलाई राहात वितरण

समाचार, समाज
सशस्त्र प्रहरी महिला संघका अध्यक्ष सरिता कंडेल खनालको नेतृत्वमा गएको टोलीले बारा तथा पर्साका आंधीबेहेरी पिडित परिवारहरुलाई राहत वितरण गरेको छ । सशस्त्र प्रहरी महिला संघले विनासकारी आँधी प्रभावित जिल्लाका परिवारलाई बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर  राहात वितरण लगायत आर्थिक सहयोग  गरेको हो । लामो समयदेखी समाजसेवामा समेत सक्रिय सौन्दर्यविद शिलाष्मा हमाल तथा सशस्त्र प्रहरी महिला संघका अध्यक्ष सरिता कंडेल खनालले प्रमुख जिल्ला अधिकारी तथा गाउपालिका अध्यक्षको रोहवरमा आंधीबेहरीबाट पिडित र हुरी बतासले क्षति पुर्याएका स्थानमा राहत सामाग्रीहरु त्रिपाल, चाउचाउ, विस्कुट चिउरा खानेपानी जस्ता सामाग्रीहरु वितरण गरेर फर्किएकी छिन । यस्तो राहत सामग्रीले पीडितहरुलाई तत्काल केही राहत भएपनि दीर्घकालिन समस्याको समाधानका लागी राज्यले नै तत्काल आवश्यक पहल गर्नुपर्ने समाजसेवी हमालले बताइन । राहत वित...
सरकारविरुद्ध झुटो प्रचारको शृंखला चलेको भन्दै प्रधानमन्त्री दुःखी

सरकारविरुद्ध झुटो प्रचारको शृंखला चलेको भन्दै प्रधानमन्त्री दुःखी

राजनीति, समाचार
काठमाडौँ — चैत्र २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारविरुद्ध झुटो प्रचारको शृंखला नै चलेको भन्दै दुःख व्यक्त गरेका छन् । समाजवाद र अझै बढी लोकतन्त्रको बाटोमा लम्केको सरकारलाई अधिनायकवादतर्फ हिँड्यो भन्दै प्रचार थालिएको उनको भनाइ थियो । योजनाकार र बुद्धिजीवीलाई आग्रह बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गफ गर्न नभइ काम गर्नका लागि बनेको जिकिर पनि गरे । पाँच वर्षभित्र मुलुकबाट भोकमरी अन्त्य गर्नेगरी योजना बनाउन उनले योजनाकार र बुद्धिजीवीहरुलाई आग्रह पनि गरे । निर्यात बढाउने योजना समतामूलक समाज निर्माण गर्न तीव्रगतिले सरकार लागेकाले अधिनायकवादको नाराले कोही नअल्झने उनको भनाइ थियो । सरकार गरिबी न्यूनीकरण गर्ने दिशामा जुटेको भन्दै उनले १५औं आवधिक योजनाको अन्त्यसम्ममा देशबाट निरक्षरता पू...
जिल्ला प्रशासन कार्यालयले गृहलाई बुझायो क्षतिको प्रारम्भिक विवरण, १८ सय ९५ घरमा क्षति

जिल्ला प्रशासन कार्यालयले गृहलाई बुझायो क्षतिको प्रारम्भिक विवरण, १८ सय ९५ घरमा क्षति

समाचार, समाज
काठमाडौँ — चैत्र २० । जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृहमन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका कारण १८ सय ९५ घरमा क्षति पुगेको छ । जिप्रका बाराले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई तयार पारेर बुझाएको प्रारम्भिक विवरण अनुसार ९ सय ४० घरधरीमा पूर्ण क्षति भएको पाइएको छ। जसमा तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत सामेल छ। साथै ९ सय ५५ घरमा भने आंशिक क्षति मात्रै पुगेको छ। हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको फेटा गाउँपालिकामा पुर्‍याएको छ। त्यहाँको भरवलियामा १३० घर पूर्णरुपमा क्षति भएका छन् भने ६० घरमा आंशिक क्षति पुगेको छ। यस्तै पुरैनियामा ५५ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने २५ घरमा आंशिक क्षति भएको छ। फेटाकै गम्हरियाको ९ घरमा पूर्ण क्षति र ६ घरमा आंशिक क्षति पुगेको छ। सोही गाउँपा...
नायिका शान्ता तामाङ्ग मौलीक कला सम्मानबाट सम्मानित

नायिका शान्ता तामाङ्ग मौलीक कला सम्मानबाट सम्मानित

मनोरन्जन, समाचार
मोडलिङ्ग क्षेत्रमा सक्रियता संगै मिसेस नेपाल आईकनको विजेता हुदै विगत केहि वर्ष देखी सफल सौन्दर्य प्रतियोगीता आयोजकको रुपमा समेत चर्चा कमाएकी नायिका एवं महिला व्यबसायीको रुपमा समेत परिचित शान्ता कुमारी तामाङ्ग बनेपामा सम्पन्न नाट्यश्वर म्यूजिक अवार्ड समारोहमा मौलीक कला सम्मानबाट सम्मानित भएकी छिन । नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको हातबाट उनलाई उक्त सम्मान प्रदान गरिएको थियो । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा काभ्रेको बनेपामा आयोजित अवार्ड समारोहमा लामो समयदेखी आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान दिने वरिष्ठ व्यक्तित्वहरु अभिनेत्री बसुन्धरा भुषाल, अभिनेत्री चैत्यदेवी, संगीतकार सिताराम पोख्रेल, नायिका पूर्णिमा लामा, संगीतकार रेखा पौडल लगायतलाई सम्मान गरिएको थियो । कला क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर तथा प्रशंसा गर्दै नायिका एवं समाजसेवी शा...
तीन सय बिघा वन ठेकेदारको लापरवाहीले गर्दा बग्यो

तीन सय बिघा वन ठेकेदारको लापरवाहीले गर्दा बग्यो

समाचार, समाज
टीकापुर— चैत्र २० । हाइग्रिभा–सिद्धी शाही प्रकाश जेभी सामाखुशी काठमाडौँले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौँ मूल्यको वेतको जङ्गल बगिसकेको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विसं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म करीब ६०० मिटर काम पनि पूरा गरेको छैन । ‘समयमै तटबन्ध गरेको भए त्यस क्षेत्रको करीब ३०० बिघा वन जोगिन्थ्यो, पोहोर पूरा गरेको भए आठ बिघा वेत वन जोगिने थियो,’ सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले भने, ‘यस वर्ष पूरा भएन भने जङ्गल त जान्छ नै बस्ती पनि खतरामा पर्नेछ ।’ तत्काल काम शुरु नगरे निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारवाही चलाउन र यसैवर्ष तटबन्धको बाँकी काम पूरा गर्न सिँचाइ आयोजनालाई अनुर...
फुल्हम रेलिगेशनमा, वाट्फोर्डसँग ४–१ ले पराजित

फुल्हम रेलिगेशनमा, वाट्फोर्डसँग ४–१ ले पराजित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २० । इंङ्गलिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डसँग ४–१ ले पराजित हुँदै फुल्हल रेलिगेशनमा परेको छ । फुल्हमले ३३ खेलबाट १७ अंक मात्रै जोडेको छ । ३२ खेलबाट १४ अंक जोडेको हडर्सफिल्ड टाउन यसअघि नैं रेलीगेशनमा परिसकेको छ । ३१ खेलबाट २८ अंकसहित १८ औं स्थानमा रहेको कार्डीफ सिटी पनि रेलिगेशनको खतरामा छ । शिर्ष डिभिजनमा रहने गणितिय संभावना कायम राख्न फुल्हमले गएराती वाट्फोर्डलाई हराउनुपर्ने थियो । तर पराजित भएपछि १७ औं स्थानको बर्न्लेसँग उसको दुरी १६ अंकको भएको छ । जबकी प्रिमियर लिगमा फुलहमले अब बाँकी सबै ५ खेल जितेपनि उसको १५ अंक मात्रै थपिन्छ । गएराती भएको अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सले म्यान्चेष्टर युनाईटेडलाई पराजित गरेको छ । आफ्नै मैदानमा वुल्भरह्याम्पटनले म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराएको हो । वुल्भरह्याम्पटनका लागि डिएगो जोटाले एक गोल गर्...